कतारमा साहित्यिक वाचन श्रृंखलाको ७२ औं डबली सम्पन्न

ENGLISH

NRN GLOBAL

कतारमा साहित्यिक वाचन श्रृंखलाको ७२ औं डबली सम्पन्न

दिलिप पराजुली,दोहा

12 August, 2017 | Sandeep Bhattarai | 685 Views | comments

अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार

अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालय कतारले आयोजना गर्दै आएको नियमित डबलीको ७२ औं श्रृंखला सम्पन्न गरेको छ ।

दोहाको टपफम रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त डबलीमा विशिष्ट श्रोताको रुपमा लामो समय देखी दोहाको सामाजिक गतिबिधिमा संलग्न हंसराज ढकाल रहेका थिए भने तीन दर्जन भन्दा बढी साहित्यिक अनुरागीहरुले आ आफ्नो गजल, कविता बाचन गरेका थिए ।

विशिष्ट श्रोतालाई खादा ओडाएर शुरु गरिएको कार्यक्रममा राष्ट्रिय गान समेत गाइएको थियो । कार्यकममा बिभिन्न प्रेम भाव बोकेका गजल तथा कविता बाचन गरेका थिए । निधारित समयमा शुरु गरिएको कार्यकममा सागर भण्डारी, माधब पौडेल, जनक राज सापकोटा, इश्वर राई, शेखर बस्नेत, चक्र कार्की, रुप रसाइली, लिलानाथ घिमिरे, बेचन महतो, हरिबिनोद अधिकारी, बिन्देश्वर ठाकुर, राजेश्वर ढकाल, मणि पौडेल, टिका खड्का, दीप मिलन, दीलिप पराजुली, लेख कार्की र प्रेम प्रसाद भट्टराईले गजल,कविता र गीत बाचन थिए ।

कार्यक्रममा अनेसास कतारका उपाध्यक्ष प्रेम प्रसाद भट्टराई र नबोदित वाचनालयका अध्यक्ष लेख कार्कीले नयाँ सर्जकहरुलाई कार्यक्रमको बारेमा प्रस्ट पारेका थिए भने कार्यकमलाई बसन्त भुजेल संचालन गरेका थिए ।

कार्यक्रमको अन्तिममा विशिष्ट श्रोता हंसराज ढकालले सम्पुर्ण सहभागीलाई बधाई दिदै दोहाको परिवेशमा यो डबली एउटा नमुना बनेर जानेमा आफु ढुक्क भएको बताए । उनले भने साहित्य भनेको आफ्नो संस्कृति र परिवेशलाई हाम्रो आफ्नै दृष्टिकोण र शब्द मार्फत अरुसम्म पुर्याउने हो, जसले समाजलाई सहि दिशा तर्फ मार्ग्निर्देशन गर्ने बताउदै कार्यक्रमको आगामी डबलीमा समय मिले सम्म उपस्थिति जनाउने प्रतिबध्दता गर्दै कार्यकमको समापन गरेका थिए ।

ढकाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् कतारका सदस्य हुन ।

कतारमा साहित्यिक वाचन श्रृंखलाको ५५औं डबली सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दीपिका-रणवीर को किस इन्टरनेटमा भाइरल बन्दै

वलिउड अभिनेत्री दीपिका पादुकोण तथा अभिनेता रणवीर सिंह सम्बन्धका...

आमिरको एक निर्णयले बदलियो यीनको जीवन

मानिस हतारमा निर्णय गर्दछ अनि फुर्सदमा पछुताउँछ । हतारमा...

मञ्जुलाई उपचारका लागि हङकङबाट सहयोग

दुवै मिर्गाैला फेल भएकी मोरङ उर्लाबारी–६ कि २७ बर्षीया...

श्रीमद् भागवत गीता महापुराण

नर्थ क्यारोलिनामा बन्ने भो नेपाल हेरिटेज सेन्टर

नर्थ क्यारोलिनाको ट्रायड नेप्लिज कम्यूनिटी सेन्टरले नेपाल हेरिटेज सेन्टरको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif