गोमा एयरको कार्गो विमान दुर्घटना

ENGLISH

गोमा एयरको कार्गो विमान दुर्घटना

27 May, 2017 | arjun baral | 875 Views | comments

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । नाइन एन ए के वाई कलसाइन  कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । विमान २ बजेर ४  मिनेट जादा दुर्घटनामा परेको हो । दुर्घटनापछि विमानको ककपिट भाँचिएको छ ।

विमान दुर्घटना हुदाँ विमान चालक सहित सहचालक सबै घाइते भएका छन् । घाइते भएका  चालक पारस राई  , सहचालक श्रीजन मानन्धर र  परिचालिका प्रज्ञा महर्जनको उद्धारकार्य भइरहेकाे छ ।

विमान भिरमा पुगेर अड्किएकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । विमानमा अड्केका को-पाइलट सिर्जन मानन्धरलाई पनि अस्पताल लगिसकिएको छ ।

विमानमा अन्य यात्रु नभएकाले कार्गो लिएर गएको हुनसक्ने बताइएको छ । लुक्लामा हिजो रातिबाटै मौसम विग्रेको थियो । कुहिरो लागेकाले भिजिबिलिटी कम हुँदा विमान दुर्घटनामा परेको अनुमान गरिएको छ ।

विमान खसेको ठाउँमा अहिले नेपाली सेना, नेपाल प्रहरी, स्थानीयबासिन्दा र गोमा एयरकै अधिकारीहरु पनि पुगेर उद्धार गरिरहेका छन् ।

हाल गोमा एयर सँग तीन वटा लेट र दुइटा सेस्ना क्याराभान सहित ५ वटा विमान रहेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK