न्युयोर्कमा ‘नेपाल एक्जिबेसन एन्ड इन्टरनेसनल ट्रेड सो’ आयोजना गर्ने

ENGLISH

NRN GLOBAL

न्युयोर्कमा ‘नेपाल एक्जिबेसन एन्ड इन्टरनेसनल ट्रेड सो’ आयोजना गर्ने

22 July, 2016 | arjun baral | 1395 Views | comments

usa and nepalवल्र्ड विजिनेस म्यानेजमेन्ट एन्ड कन्सल्ट्यान्टले नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार व्यवसाय विस्तार गर्ने उद्देश्यले आउँदो असोज १४ देखि १६ गतेसम्म न्युयोर्कमा ‘नेपाल एक्जिबेसन एन्ड इन्टरनेसनल ट्रेड सो’ आयोजना गर्ने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा कन्सल्ट्यान्टका निर्देशक कृष्ण लामिछानेले उक्त व्यापारिक मेलामा नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अमेरिकाले भन्सार छुट गरेका विभिन्न ६६ प्रकारका वस्तुलाई प्रदर्शनमा राखिने जानकारी दिनुभयो ।

कपडा तथा गलैँचा, हस्तकलासम्बन्धी सामग्री, छालाजन्य वस्तु कपडा, झोला, जुत्ता, मफलर, टोपी, नेपाली शैलीमा निर्माण गरिएका सुनका गरगहना नेपाली उत्पादनका रुपमा प्रदर्शनीमा समावेश गरिनेछ ।

दुई वर्षदेखि वस्तु उत्पादन गरेका, खुद्रा वा थोक व्यापार गरेका, सरकारी कर तिरेका, स्वदेशी तथा विदेशी मेलामा सहभागी भई अनुभव हासिल गरेका, बैंकिङ प्रक्रियाबाट कारोबार गरेका उद्योगीलाई प्रदर्शनीमा सहभागी गराइनेछ ।

प्रदर्शनीमा नेपालबाट जाने व्यवसायीलाई ३०० तथा विश्वका अन्य स्थानमा बसेका नेपाली व्यवसायीलाई ७२ कक्षको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नेपाल महिला उद्यमी महासङ्घका सुमित्रा पलाञ्चोके श्रेष्ठले मुलुकका विभिन्न उत्पादन प्रवद्र्धन गरी नेपालका कुन उत्पादनको अन्तर्राष्ट्रिय तहमा कस्तो माग छ, त्यसका बारेमा अध्ययन गर्न प्रदर्शनीले सहयोग गर्ने बताउनुभयो ।

विभिन्न स्थानमा अन्तर्राष्ट्रियस्तरको टिमुरको छोप आपूर्ति गर्दै आएको नेपाली मन उद्योगका सञ्चालिका बसुमाया तामाङले अन्तर्राष्ट्रिय तहमा नेपालको प्रतिष्ठा बढाउने र नेपाली व्यवसायीको व्यापार वृद्धिका साथै पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो ।

नेपालमा सफलता हँसिल गरेसंगै गाजलु अब अमेरिकामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK