राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ । घानामा जन्मिएका अन्नान पछिल्लो समय स्विट्जरल्याण्डमा बसोबास गर्दै आउनुभएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।

पहिलो अश्वेत अफ्रिकी नागरिक कोफी अन्नानको ८० वर्षको उमेरमा निधन

ENGLISH

WORLD

पहिलो अश्वेत अफ्रिकी नागरिक कोफी अन्नानको ८० वर्षको उमेरमा निधन

19 August, 2018 | Reeta Shrestha | 10080 Views | comments

राष्ट्रसङ्घका पूर्वमहासचिव तथा नोबेल पुरस्कार विजेता कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ । घानामा जन्मिएका अन्नान पछिल्लो समय स्विट्जरल्याण्डमा बसोबास गर्दै आउनुभएका अन्नानले सन् ११९७ देखि २००६ सम्म राष्ट्रसङ्घको प्रमुखका रूपमा दुई कार्यकाललाई सफलतापूर्वक पूरा गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घका भूतपूर्वमहासचिव कोफी अन्नानको स्विटजरल्याण्डको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राष्ट्रसङ्घका पूर्वमहासचिव अन्नानको निधनबारे उनको परिवारले पुष्टि गर्दै भनेको छ, अन्नानले विश्वव्यापी राजनेताको छवि बनाएर आफ्नो देहत्याग गरेका छन् ।

सन् २००१ मा अन्नानलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो । अन्नान पछिल्ला दिनहरूमा श्रीमती नेन र तीन सन्तान अमा, काजो र नीनासहित स्विट्जरल्याण्डमा बस्दै आएका थिए ।

उनले जीवनभर मानव समानता तथा शान्तिपूर्ण विश्वका लागि कटिबद्ध रहेर मृत्युपर्यन्त काम गरेका थिए । संयुक्त राष्ट्रसङ्घको सबैभन्दा उच्च पदमा पुग्ने अन्नान पहिलो अश्वेत अफ्रिकी नागरिक थिए ।

ट्रम्पले नै किन जिते ? जितका पाँच कारण

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK