मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

ENGLISH

NRN GLOBAL

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

साँझमा देवकोटा र मल्लको सम्झना

20 November, 2018 | Sandeep Bhattarai | 3515 Views | comments

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था “नेपाली अमेरिकन मैत्री संघ” ( नाफा), ले शनिवार चौधौ “नाफा साहित्यिक साँझ – २०७५” को आयोजना गरेको छ । लक्ष्मीजयन्तीको अवसर परेर आयोजना गरिएको उक्त साँझ नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटा र साहित्यकार विजय मल्लको सम्झनामा गरिएको हो ।

कार्यक्रममा नाफा बालसाहित्य प्रतियोगिता तर्फ काव्या लामिछाने, सान्वी पाण्डे ,जुना रिजाल, आन्या पाण्डे, ओपल शर्मा, आशुतोष अधिकारी, खुशी श्रेष्ठ, आर्यमन पसछें, अनित्या द्वा, अरिना उप्रेती, बेलिस्मा श्रेष्ठ, युजेन थापा, सुहानी पाण्डे, ओजश्वी पसछें र ईसीता लुइँटेलले प्रतियोगी कविता वाचन गरेका थिए । बाचित कविता मध्येबाट एरिना उप्रेती, खुशी श्रेष्ठ र जुना रिजाल क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए । विजेताले क्रमश ७५, ५० र ३० अमेरिकी डलर र प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरि विजय मल्ल कविता प्रतियोगिता तर्फ एकबहादुर क्षेत्री, मित्र पौडेल, अर्चना धाक्वा, बिन्दु तिमल्सिना, अर्जुनध्वज खडका, नारायणदास मल्ल, अप्सरा गिरी भारती, कल्पना रिजाल, अबिमन पसछें, प्रदीप केसी, रोशा पोख्रेल, सुष्मा श्रेष्ठ, लेखनाथ काफ्ले, गंगा मल्ल श्रेष्ठ र विश्वजीत अधिकारीले सहभागिता जनाएका थिए । जसमा गङ्गा मल्ल श्रेष्ठ, अप्सरा गिरी भारती र विश्वजीत अधिकारीले क्रमशः पहिलो दोश्रो र तेश्रो भइ नगद १५० ,१०० र ७५ अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् ।

उपन्यासकार सन्तोष लामिछानेको नाविनतम उपन्यासकार “अल्टिमेट आकाश”को लोकार्पण गरिएको उक्त कार्यक्रममा राजेन्द्र अर्याल, बैंकटेशदास शर्मा, पूर्ण श्रेष्ठ, युवराज तिमल्सिनालगायतले पनि कविता वाचन गरेका थिए। बेलायतबाट कार्यक्रमका लागि आएका कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार कृष्ण बजगाईंले कृतिको समालोचनात्मक टिप्पणी गर्दै नेपाली डायास्पोरिक उपन्यासकारका क्षेत्रमा अल्टिमेट आकाशले महत्वपूर्ण स्थान बनाउन सफल होस् भन्ने शुभकामना पनि व्यक्त गरे । उनले उपन्यास भित्रका पात्रहरू नेपाली युवा विधार्थी रहेकाले उपन्यास पठनीय, रोचक र सन्देश मूलक भएको बताए ।

यसैगरी उपन्यासकार लामिछानेका पिता डा. भरत लामिछानेले कृति माथि टिप्पणी गर्दै उपन्यासको बिषय बस्तु गत सबलता र भाषागत दुर्बलता माथि आफ्नो राय व्यक्त गरे । कार्यक्रमका अर्का विशिष्ट अतिथि वरिष्ठ लोक गायक प्रेमराजा महतले उपस्थित साहित्यकार, कला प्रेमी नेपाली समूदाय देखेर आफूले परदेशमा सानो नेपाल भेटेको बताए । नाफा साँझको आयोजना गरेर आयोजकहरूले परदेशमा नेपाली संस्कृतिको विकासमा टेवा पुर्याउने काम गरेकोमा खुशी हुँदै आफ्ना चर्चित गीत गएर सहभागीलाई नचाएका थिए ।

कार्यक्रममा साहित्यकार दिनार श्रेष्ठले नाफाको कार्यक्रमले सबैलाई नाफा गरेको बताउदै आगामी दिनमा पनि यसले नेपाली भाषा साहित्य र सामाजिक कृयाकलापलाई नयाँ रुपले प्रस्तुत गर्दै लैजाने बताए ।कार्यक्रमका प्रमुख साहित्यकार गोवर्धन पूजाले महाकवि देवकोटा र कथाकार विजय मल्लको साहित्यिक योगदान माथि चर्चा गर्दै प्रतिभा, ब्युत्पति र अभ्यासले सिर्जनात्मक लेखनमा महत्वपूर्ण भूमिका खेल्ने हुदाँ सिर्जनात्मक लेखनमा निरन्तर अभ्यासको खाँचो रहने बताए । उनले विमोचित उपन्यासका उपन्यासकार सन्तोष लामिछानेलाई बधाई दिदै विदेशी ब्यस्त भूमिमा पनि उपन्यास जस्तो बृहत आयतनको बिधामा कलम चलाउने लामिछानेको सबैले मुक्त कण्ठले प्रसंशा गर्नु पर्ने बताए ।

साहित्यकार दिनार श्रेष्ठलाई “सगरमाथा प्रज्ञा पुरस्कार- २०७५” र पर्वत रेग्मीलाई “नाफा विशिष्ट युवा स्वयंसेवक पुरस्कार -२०७५” प्रदान गरिएको उक्त कार्यक्रममा विजय मल्ल साहित्य पुरस्कारका संस्थापकका तर्फबाट विजय मल्लकी छोरी बन्दना मल्ल, नाफा बाल साहित्य पुरस्कारका तर्फबाट सस्थापक धन मल्लले मन्तव्य व्यक्त गरेका थिए भने आफ्नो उपन्यासका बारेमा बोल्दै सन्तोषले आमा धर्ती र बाबु आकाश भन्ने हाम्रो मान्यता अनुरुप आफूले अल्टिमेट आकाशका रुपमा आफ्नै बाबुलाई हेरेको बताएका थिए ।

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

कार्यक्रममा संयोजक कवि आविष्कार भारती र अहर्त द्वाद्वारा संचालित करिव डेढ सय नेपालीको सहभागिता रहेको उक्त कार्यक्रम नाफाका अध्यक्ष साहित्यकार सन्तोष लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।

लक्ष्मीप्रसाद देवकोटाको जयन्तीसंगै कोलोराडोमा कवि गोष्ठी हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK