NRNA अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार दाहाल र लम्साललाई

ENGLISH

NRN GLOBAL

NRNA अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार दाहाल र लम्साललाई

22 September, 2015 | Sandeep Bhattarai | 715 Views | comments

prizeलन्डन । गैरआवासीय नेपाली संघ युके र नेपाल पत्रकार महासंघ युके शाखाको सक्रियतामा स्थापना गरिएको एनआरएनए अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१५ पत्रकारद्वय दीपा दाहाल र होम लम्साललाई संयुक्त रुपमा दिइने भएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिको हालै सम्पन्न बैठकले दाहाल र लम्साललाई सो पुरस्कार दिने निर्णय गरेको हो । छनोट समितिका अन्य सदस्यहरुमा पत्रकारद्वय डा. सुरेश आचार्य र भगीरथ योगी रहेका थिए।

अन्नपूर्ण दैनिकमा कार्यरत दाहाललाई नेपालको जाजरकोटमा फैलिएको महामारी र भूकम्पका बेला स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने समाचार लेखेवापत सो पुरस्कार प्रदान गरिएको हो । लम्साललाई टेलिभिजनमार्फत् यूरोपस्थित नेपालीहरुले भोगेको कागजातसम्बन्धी समस्याबारेको रिपोर्ट वापत सो पुरस्कार दिने निर्णय गरिएको हो । यसअघि लम्साललाई गैरआवासीय नेपाली संघको स्पेनमा सम्पन्न यूरोपीयन भेलामा सम्मान पनि गरिएको थियो ।

गैरआवासीय नेपाली संघ बेलायतका नवनिर्वाचित अध्यक्ष मुछेत्र गुरुङले युकेको जनसमुदायबाट संकलित सहयोगबाट स्थापना भएको अक्षयकोषमार्फत नेपालमा कार्यरत पत्रकारहरुलाई सम्मान गर्न पाउनु खुशीको खबर भएको बताए ।गैरआवासीय नेपाली संघले नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष चिरन शर्मा र पत्रकार संगीता मरहठ्ठा रहेको अक्षयकोष सञ्चालन समिति गठन गरेको थियो ।

एकलाख एक हजार रुपियाँ राशीको सो पुरष्कार दाहाल तथा लम्साललाई संयुक्तरुपमा गैरआवासीय नेपाली संघको आगामी विश्वभेलाका क्रममा काठमाडौंमा प्रदान गरिने कार्यक्रम रहेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK