एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

ENGLISH

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

25 July, 2016 | Bhawana Pathak | 950 Views | comments

slcपरीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ ।

कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिनुभयो । उहाँले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिनुभयो ।

परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै उहाँले एक लाख ४७ हजार विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने बताउनुभयो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको बताउनुभयो ।

एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको छ । परीक्षा साउन १४ देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK