गगन थापा सान फ्रान्सिस्को आउने

ENGLISH

NRN GLOBAL

गगन थापा सान फ्रान्सिस्को आउने

11 July, 2016 | Sandeep Bhattarai | 2370 Views | comments

मणि नेपाली, क्यालिफोर्निया – नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण युवा जगतमा अत्यन्त लोकप्रिय युवा नेता तथा प्रखर वक्ता गगन थापा क्यालिफोर्नियाको सान फ्रान्सिस्को आउने खबरले यस क्षेत्रमा सनसनी नै फैलेको छ।

thapa

नेपाली जनसम्पर्क समिति अमेरिका, उत्तर क्यालिफोर्निया च्याप्टरले आगामी शनिवार जुलाई १६, २०१६ मा उहाँको सम्मानमा एक स्वागत तथा अन्तरक्रिया कार्यक्रम राखेको छ। दोस्रो संविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका नेपाली काग्रेसका युवा नेता गगन थापालाई अमेरिकामा जल विद्युत सम्बन्धी सेमिनारमा सम्मानित अतिथीको रुपमा निमन्त्रणा गरिएको हो र उहाँ सो बिषयमा विज्ञ भएकोले अन्तरक्रिया , “नेपालको सम्वृद्दी, जल विद्युत र हाम्रो भूमिका” बिषयक रहने कुरा कार्यक्रम संयोजक नारायण खनालले बताउनु भयो।

सो अवसरमा सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले समसामायिक बिषयमा बोल्नु हुनेछ । गगन थापा नेपालका राजनीतिज्ञ तथा नेपाली कांग्रेसका नेता हुन्। प्रखर वक्ता थापा जनआन्दोलन-२ बाट राजनीतिक बृत्तमा चिनिएका हुन् ।सोलुखुम्बुमा पुर्ख्यौली घर भएका गगन थापाको जन्म बि .स २०३३ सालमा काठमाडौंको प्रसूति गृहमा भएको हो। उनका मातापिता महेन्द्रकुमार थापा र रामेश्वरी थापा हुन्। गगनको बाल्यकालका केही समय सिन्धुपाल्चोक जिल्लामा बित्यो। उनका पिता महेन्द्रकुमार थापा नेपाल विद्युत प्राधिकरणमा इन्जिनियर थिए। गगनका एक दाजु र दुई भाइ छन्।

अब्बल दर्जाका विद्यार्थी भनेर चिनिने गगन थापा कक्षा नौं देखी नै राजनीति सुरु गरेका थिए। २०४६ सालको जनआन्दोलन देखी नै गगन सक्रिय भएका हुन। गगन थापाले नेपाली कांग्रेसका नेता अर्जुन नरसींह केसी की छोरी अञ्जना के.सीसंग २०६५ वैशाखमा विवाह गर्नुभयो। समाजशास्त्रमा स्नातकोत्तर अध्ययन गरेका थापाले २०५९ साल देखि २०६१सालसम्म नेविसंघको महामन्त्री भएर काम गर्नुभएको थियो। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला कांग्रेस पार्टी गतन्त्रको आवाज प्रखर रूपमा उठाउने युवाको रूपमा परिचित हुन्। यस क्रममा उहाँ दर्जनौ पटक हिरासतमा पर्नुका साथै राजकाज मुद्दा समेत् खेपी सक्नु भएको छ।।

गगन थापालाई एक संघर्षशिल युवाको रुपमा वाल्यकाल देखी नै निकै नजिकबाट नियालेको बताउँदै पश्चिम अमेरिका नेपाली महासंघ वानाका अध्यक्ष तथा नेपाली सामुदायिक केन्द्र एनसिसी समितिका संयोजक उत्तम कार्कीले गगन थापाको आगमन हुने कुराले आफू निकै खुशी भएको बताउनु भयो। एक प्रभावशाली सभासदको रुपमा सदा चर्चाको शिखरमा रहेका थापाले सो अन्तरक्रियामा सोधिएका प्रश्नहरुको सटिक जवाफ दिनुहुने अपेक्षा गरिएको आयोजक संस्था नेपाली जनसम्पर्क समिती अमेरिका, उत्तर क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पाले बताउनु भयो।

सो कार्यक्रम बर्क्ली स्थित नर्थ बर्केली सिनियर सेन्टर, १९०१ हर्ट्स एभिन्यु मा बेलुका ५:३० बजे सुरु हुनेछ।

यो पनि हेर्नुस – नेपाली सेलिब्रेटी एटलान्टा आइपुग्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK