एनआरएनए मध्यपूर्वको क्षेत्रीय सम्मेलन कतारमा

ENGLISH

NRN GLOBAL

एनआरएनए मध्यपूर्वको क्षेत्रीय सम्मेलन कतारमा

श्रममन्त्री सहित उच्च सरकारी अधिकारी कतार आउंदै

9 July, 2016 | Sandeep Bhattarai | 1265 Views | comments

nrnaतोयानाथ उपेक्षित, – गैरआवासीय संघ मध्यपूर्वको क्षेत्रीय सम्मेलनमा भाग लिन श्रममन्त्री दिपक बोहरा सहित उच्च अधिकारीहरु एक जम्बो टोली कतार आउंदैछ । यसरी कतार आउनेहरुमा अध्यागमन विभागका महानिर्देशक केदार न्यैपाने, वैदेशिक प्रवर्द्दन बोर्डका प्रमुख, नेपाल कर्मचारी संचय कोषका पदाधिकारी, सीविआईका डिआईजी लगायत हुनेछन ।

संसारभरीबाट एनआरएनका पदाधिकारी सहभागि हुने विशेष र ऐतिहासिक सम्मेलनले प्रशस्तै नेपाली श्रमिकहरु काम गर्नेे मध्यपूर्व र त्यसमध्ये पनि मुख्य थलो कतारमा भेला भएर उनीहरुका मुद्धाहरुलाई नजिकबाट अध्यान गर्न मध्यपूर्व संयोजक डिबि क्षेत्रीले बताएका छन । एनआरएनका संस्थापक लगायत अध्यक्ष शेष घलेको नेतृत्वका मानिसहरुको विशाल भेलाले नेपालमा गर्न सकिने लगानी, भित्र्याउन सकिने पर्यटन, र मध्यपूर्वमा नेपाली उत्पादनको त्यसको बजारको सम्भाव्यताको खोजी समेत छलफलका विषय बन्नेछन । यसैगरी मध्यपूर्वमा रहेका नेपाली कुटनैतिक नियोग र तिनको काम कारबाही तथा मजदुर मैत्रि रहे नरहेको समेत रिर्पोटिङ हुनेछ ।

आगामी जुलाई २१ र २२ मा पाँचौ मध्यपूर्वको भेलाले “पूर्ण सामाजिक सुरक्षा सहितको सम्मानित रोजगार, समुन्नत राष्ट्र निर्माणको आधार” नारा तय गरेको छ । उक्त सम्मेलनमा भाग लिन चाहाने खाडीका एनआरएनहरुका लागि अनलाईन आवेदन खुलिसकेको छ । आगामी जुलाई को १५ सम्म कतार जानेहरुले आवेदन गर्न सक्नेछन ।

आयोजक समितिले श्रममन्त्रीको साथमा प्रवर्द्दन बोर्डका प्रमुख, अध्यागमन प्रमुख र सीआइबी पदाधिकारी बोलाउनुले खाडीमा नेपाली कामदारले भोग्नु परेका समस्याको साथमा ठगि र तस्करीका बारेमा पनि लामो बहस हुने बुझिएको छ ।

यो पनि हेर्नुस – एनआरएनएको नवौँ क्षेत्रीय सम्मेलन अमेरिकामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK