रकम अभावमा जापानमै उपचारमा पिरोलिए बैतडीका भट्ट

ENGLISH

NRN GLOBAL

रकम अभावमा जापानमै उपचारमा पिरोलिए बैतडीका भट्ट

28 June, 2016 | Bipin Acharya | 1640 Views | comments

प्रशस्तै धन कमाएर घरपरिवारलाई सघाउने भन्दै महंगो व्याजको ऋणमा रोजगारीका लागि जापान आएका बैतडी श्रीकेदार गाविस ७ पिपलकोटका ४२ बर्षीय खेमराज भट्ट उपचार खर्च अभावमा समस्यामा परेका छन् । कुक भिषामा जापान आएर टोकियो महानगरपालिका कामाता सहरमा बस्दै आएका भट्ट मुखमा भएको क्यान्सरका कारण थला परेर काम गर्न नसक्दा दैनिकी गुजारा र उपचारमा समस्या भएको हो ।

cancer

गरिवीका कारण महंगो व्याजको ऋणमा जापान आएको बताउने भट्टले जापान आएको पाँच महिनामै मुखको क्यान्सरबाट ग्रसित भई काम गर्न नसक्ने भएपछि दैनिक गुजारा र उपचारमा समस्यामा भएको बताएका छन् । आर्थिक अवस्था कमजोर भएको र उपचारका लागि रकमको व्यावस्थागर्न नसक्दा उपचार प्रक्रिया समेत लम्बिने भन्दै भट्टले जापानबासी नेपालीसँग सहयोगको अपिल समेत गरेका छन् ।

पीडित भट्टले सहयोगका नाममा हालसम्म गैरआवासिय नेपाली सघं जापानबाट डेढमहिना लामो उपचारका क्रममा पाएको ३० हजार जापानीयेन बाहेक अन्य कुनैपनि सघंसस्था वा निकायबाट सहयोग नपाएको बताएका छन् । उनले भोलीका दिनमा बाचेर जापानबासी नेपालीसगै सहकार्य गर्दै जाने भन्दै सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् ।

कुकुको रुपमा काम गरिरहेको समयमा एक्कासी दात दुखेर पिरोलिएका भट्ट गिजा,दात र घाँटीको क्यान्सर भएको थाहापाएपछि टोकियोकै निशियोमोरि अस्पतालमा डेढ महिना लामो उपचार गराएका थिए । घर फर्किएको एकसातामा नबित्दै पुन: उस्तै समस्या बल्झिएपछि निशियोमोरि अस्पतालले अर्कोस्थानमा क्यान्सर भएको भन्दै टोकियोको राष्ट्रिय क्यान्सर सेन्टर रिफर गरेको थियो । उनको आउदो शुक्रवार मुखको उप्रेसन गरिने एएनएकस गु्रप अन्तर्गतको माउण्ट एभरेष्ट रेष्टुरेन्टका सञ्चालक नवराज सुवेदीले जनाए । एएनएकस ग्रुप अन्तर्गतको कामातामा सञ्चालित माउण्ट एभरेष्ट भट्ट कार्यरत नेपाली रेष्टुरेन्ट हो ।

पीडित भट्टलाई अस्पताल लाने तथा बस्ने व्यवस्था हाल सुवेदीले गर्दै आएपनि खर्च महंगो भएको भन्दै धान्न नसकिने भएकाले जापानबासी नेपालीलाई सहयोगको आग्रह गरिएको बताए । यसैबिच सुदुरपश्चिमेली नेपाली समाज जापानले क्यान्सरको अत्यन्तै जोखिम चौथो अवस्थामा रहेको भन्दै सहयोगका लागि आर्थिक सहयोग संकलन अभियान चलाएका छन । संकलित रकम सार्वजनिक रुपमा जानकारि गराइने समेत बताइएको छ । भट्ट हाल अस्पतालमा भर्नारत छन् ।

इकान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुसाङमा पुल निर्माण

छुसाङमा पुल निर्माण

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङस्थित कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल...

aadittiya-song

चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक

काठमाडौं । फोकरक संगीतमा चर्चित व्याण्ड अनुप्रस्थको नयाँ गीत...

greenlie-uae-nrna

ग्रिनलाइले यूएईका पञ्जीकृत सदस्यलाई हवाई टिकटमा पाँच प्रतिशत छुट दिने सहमती

एनआरएनए यूएइका पञ्जीकृत सदस्यलाई ग्रिनलाइले हवाई टिकटमा पाँच प्रतिशत...

इन्डोनेसियामा प्रहरीको कारवाहीमा एक नेपालीको मृत्यु

लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा इण्डोनेसियामा प्रहरी कारवाहीमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK