अष्ट्रेलियाको नेपालीहरुको साझा घर निर्माणार्थ ५० हजार डलर सहयोग

ENGLISH

NRN GLOBAL

अष्ट्रेलियाको नेपालीहरुको साझा घर निर्माणार्थ ५० हजार डलर सहयोग

26 June, 2016 | Sandeep Bhattarai | 1820 Views | comments

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

aus

अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका सल्लाहकार एबं लुल्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले यो जानकारी सार्वजनिक गर्दै लेख्नु भएको छ, ” विश्वको जुनसुकै कुनामा गए पनि नेपालीले आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई बिर्सन सक्तैनन र यस्लाई आफ्नो पुस्तामा मात्रै कसरी कायम राख्ने भन्ने मात्रै नभएर भावी पुस्तामा समेत यस्लाई कसरी निरन्तरता दिने भन्ने चिन्ता र दायित्व पनि छ यही पुस्तामा । तीब्र गतिमा परिबर्तित र खुला विश्व परिबेशका कारण आफ्नै देशमा कतिपय हाम्रा कला, संस्कृति, रीति, रिवाज आदि लोपोन्मुख अवस्थामा छ भने बिदेशमा यस्ता कुराहरुलाई कायम राख्दै भावी पुस्तामा निरन्तरता दिने कार्य आँफैमा ठूलो चुनौति हो र पनि सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशको सूचिमा पर्ने हाम्रो सांस्कृतिक बैभबका आधारभूत कुराहरुलाई जे जस्तो किसिमबाट भने स्थापित गर्न सकियो भने यो अनेकतामा एकता, सामाजिक सदभाव, नेपाल प्रबर्द्धन, सांस्कृतिक निरन्तरता, प्रबर्द्धन र संरक्षण आदि उद्धेस्य प्राप्ती कार्यमा सहायकसिद्ध हुनेछ ।”

श्रेष्ठ अगाडि लेख्नुहुन्छ, “ठूलो उद्धेस्य प्राप्ती कार्यको लागि फराकिलो सोंच पनि त्यत्तिक्कै महत्वपूर्ण हुन्छ । संकीर्ण सोंच जहिले पनि र जहाँँ पनि समस्याको कारकतत्व बन्छ । पछिल्लो बिज्ञानको रुपमा देखा परेको Neuro-linguistic programming ले सुझाब दिने खुशी र सुखी हुन अधिकाधिक बिकल्पको अपरिहार्यता हाम्रै पूर्बीय दर्शनकै जगमा आधारित छ र यो ठूला र महत्वपूर्ण उद्धेस्य प्राप्ती कार्यमा पनि त्यत्तिक्कै महत्वपूर्ण हुन्छ । उपर्युक्त उद्धेस्य प्राप्ती कार्यमा केन्द्रित भएर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा मात्रै गर्नु भएन, कथंकदाचित यो महत्वपूर्ण परियोजनाले पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्न सकिने संभावना रहेको उद्घोष गर्नु भयो । संभबत नेपाली समुदायको पहिचान स्थापित गर्ने उद्देश्यका साथ सामुदायिक केन्द्र बनाउनका लागि गरिएको यो नै सबैभन्दा ठूलो व्यक्तिगत योगदान हो ।

यो उदघोषसंगै Australian Nepalese Multicultural Center ले भिक्टोरियामा बनाउने लक्ष लिएको सामुदायिक केन्द्रको परिकल्पनाले साकार रुप लिन सक्ने आशा पलाएको छ र यस्का लागि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन र लक्ष्मी भाउजुप्रति Australian Nepalese Multicultural Center को सल्लाहकारको हैसियतमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।”

यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलामीबाट पनि रकम संकलन गरी उक्त कार्यक्रम मार्फत एकैदिनमा १ लाख डलरभन्दा बढी संकलन गरिएको थियो । सो कार्यक्रममा स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो ।

aus1

उक्त कार्यक्रममा एनआरएनका अध्यक्ष शेष घले मेलबर्न बाहिर रहनु भएकोले उहाँको अनुपास्थितिलाई इंगित गर्दै कुटनीतिक भाषामा श्रेष्ठ लेख्नुहुन्छ, “मेलबर्नबासीले यस्तै ठूलो परिमाणको सहयोगको अर्को घोषणा पनि निकट भविष्यमा सुन्न पाउने अडकलबाजीले समेत सार्थक रुप लेवस – हार्दिक शुभ-कामना!!!”

यो पनि हेर्नुस – अष्टेलियातिर पाडे र जिग्रीसहित भद्रगोल टिम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK