मलेसियामा ग्याङ बनाएर नेपालीमाथि लुटपाट र चन्दा असुल्ने ११ नेपाली पक्राउ

ENGLISH

NRN GLOBAL

मलेसियामा ग्याङ बनाएर नेपालीमाथि लुटपाट र चन्दा असुल्ने ११ नेपाली पक्राउ

17 February, 2017 | arjun baral | comments

malishaमलेसियामा वैदेशिक रोजगारी तथा व्यवसाय गरी बसेका नेपालीहरुसंग जवर्जस्ती चन्दा असुली तथा लुटपाटमा नेपालीहरु ग्याङ नै बनाएर सक्रिय रहेको खुलासा भएको छ ।

मलेसियाली प्रहरीले नेपालीहरुलाई लुटपाट गर्ने र चन्दाअसुली गरेको अभियोगमा ११ जना नेपालीलाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरी मलेसियामा नेपालीहरुसग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायतका गतिविधि गर्दै आएको आरोप लगाइएको छ ।

मलेसियन अपडेटका अनुसार प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको हो । पेनाङ प्रहरीले गत आइतबार त्यहाँको बुकित मातार्जामबाट उक्त समूहमै आबद्ध भनिएका ३ जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीले यसबारे बिहीबार एक पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा २२ देखि ३६ बर्ष उमेर समूहका रहेका छन् भने तीमध्येका नाइके ३६ वर्षीय नेपाली रहेको समाचारमा उल्लेख छ ।

पक्राउ पर्नेहरुमध्ये कतिपय गैरकानुनी हैसियतका छन् । उक्त समूहमा २० जना नेपालीहरु आबद्ध रहेको प्रहरीको प्रारम्भिक अनसुन्धानले देखाएको छ ।

छापा मार्ने क्रममा केही नेपालको झण्डाहरु, धार्मिक सरसामानहरु र धारिला हतियारसमेत बरामद भएको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

bhattrai-katar

दुर्घटनामा परी कतारमा अर्घाखाँचीका भट्टराईको मृत्यु

रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९...

Messi-documentary-24042017110838-1000x0

फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्रीको प्रिमियर सो अमेरिकामा

स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली...

kp-oli-1

ओलीको प्रश्न-यो लोकतन्त्र हो कि छाडातन्त्र ?: सरकार ध्रुवेहात्ती जस्तै

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी...

dan

जापानमा सम्पन्न रक्तदान कार्यक्रममा २० जनाको सहभागिता

जापानमा रहेका विदेशी नागरिकका लागि सहयोग पुर्याउने उद्देश्यले शन्तनिरंकारी...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif