नेप्लिज वेल्फेयर सोसाइटी बहराइनले बहराइनका पर्यटकीय स्थलको भ्रमण गराउने

ENGLISH

NRN GLOBAL

नेप्लिज वेल्फेयर सोसाइटी बहराइनले बहराइनका पर्यटकीय स्थलको भ्रमण गराउने

अरुण क्षेत्री, बहराइन –

17 February, 2017 | Sandeep Bhattarai | comments

नेप्लिज वेल्फेयर सोसाइटी बहराइन

वैदेशिक रोजगारीको शिलशिलामा कर्मभुमी बहराइनमा रहेका श्रमिक नेपालीहरुलाई भैपरि आउने समस्याहरुलाई समाधान गर्ने हेतुले स्थापना भएको संस्था नेप्लिज वेल्फेयर सोसाइटी बहराइनले यहि आउँदो फेब्रुअरी २४ तारिख शुक्रबारका दिन बहराइनका पर्यटकीय स्थलको भ्रमण गराउने भएको छ।

रोजगारीको शिलसिलामा बहराइनमा रहेका श्रमिक नेपालीहरुले आफूले काम गर्दै गरेको देशको बारेमा धेरै थोरै जानकारी पाउन भन्ने उद्देश्यले बिदाको दिन पारेर उक्त कार्यक्रमको आयोजना गरिएको वेल्फेयर सोसाइटीका अध्यक्ष सालीकराम पन्तले जानकारी दिनु भयो।

बिभिन्न समयमा बहराइनमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गर्दै अाइरहेको नेप्लिज वेल्फेयर सोसाइटीले हरेक समय बेग्ला बेग्लै कार्यक्रमहरु गर्दै अाइरहेको छ। बहराइनबासी सम्पूर्ण नेपाली श्रमिकहरुको साझा संस्थाको रुपमा स्थापित सोसाइटीले छोटो समयमा नै धेरै उदाहरणीय कार्यहरु गर्दै बहराइनबासी नेपाली हरुमाझ लोकप्रिय बन्न सफल भएको छ।

बहराइनको ईतिहास बोकेको मौलिक एवं पुरातात्विक स्थान, प्राकृतिक सौन्दर्य, चिडियाखाना, प्राकृतिक सम्पदा लगायत बहराइनको बिशेष स्थानहरुमा भ्रमण् केन्द्रित रहने सोसाइटीका कोषाध्यक्ष हिमाल घिमिरेले बताउनु भयो । साथै सम्पूर्ण बहराइनबासी नेपालीहरुमा उक्त अवसर मा उपस्थित भएर भ्रमण लाई सफल बनाइदिनुहुन पनि आयोजक कमिटिले अनुरोध गरेको छ।

मिति : – २४ फेब्रुअरी २०१७
स्थान : – बहराइन मा रहेका विभिन्न सम्पदाहरुको भ्रमण
सेवा शुल्क :- २ दिनार मात्र । ( दिनको १ पटकको खाना र १ पटक पानीको)

(नोट्# भ्रमणमा खानाको ब्यवस्था पनि रहेको छ)

(भ्रमणको लागी गाडी मानामा पोस्ट अफिसको पार्किङ बाट बिहान ठिक ९:०० बजे छुट्ने छ। अन्य जानकारीको लागी भ्रमण सम्बन्धि पोस्टरमा समावेश गरिएको सम्पर्क फोन नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ)

सुदूरपश्चिम सेवा समाज बहराइन गठन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

tq

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारीको घोषणा

विजय थापा,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी...

flag-of-nepali-congress

स्थानीय निर्वाचन वैशाखभित्रै सम्पन्न गर्न कांग्रेसको माग

सत्ता साझेदार दल नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको...

raprapra

राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल...

ss

क्यान्सर रोगी बढाउँदै सूर्तिजन्य पदार्थ

सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

kuwati

कुवेतमा दक्ष र अर्धदक्ष नेपाली युवालाई रोजगार

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले दक्ष र अर्धदक्ष...

FACEBOOK

ad
ad