आलोचना गर्ने संचारमाध्यमबिरुद्ध खनिए राष्ट्रपति ट्रम्प

ENGLISH

ENTERTAINMENT

आलोचना गर्ने संचारमाध्यमबिरुद्ध खनिए राष्ट्रपति ट्रम्प

17 February, 2017 | Bhawana Pathak | comments

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम आफ्नो आलोचना गर्ने संचारमाध्यमहरुबिरुद्ध खनिएका छन् । निर्वाचन अभियानेदेखि नै ट्रम्पको योजनाबिरुद्ध लागेका संचार माध्यमहरु लागेका थिए ।

Trump

बिहिबार आफ्नो कार्यकालको सुरुवाती हप्ताहरुको समीक्षा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो बचाउ गर्दै सञ्चारमाध्यमको चर्को आलोचना गर्नुभयो ।

स्थानीय समय अनुसार बिहिबार साँझ ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले आफ्नो सरकारभित्र अराजकता देखिएको भन्ने आरोप अस्वीकार गर्दै बरु सञ्चारमाध्यमले बेइमानी गरेको आरोप लगाउनुभएको हो ।

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले मुसलमान बहुल सात देशका मानिसहरुमाथि लगाइएको विवादस्पद प्रतिबन्धलाई कायम राख्न अर्को साता संशोधित निर्णय आउने पनि उनले जानकारी दिनुभयो

पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा मस्कोसँगको सम्पर्कबारे सञ्चारमाध्यमले प्रशारण गरेका समाचारहरु उल्लेख गर्दै आक्रामक रुपमा प्रस्तुत हुनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले लगाएको यात्रा प्रतिबन्ध र एकजना उच्च तहका सल्लाहकारलाई पदबाट हटाउनुलाई आलोचकहरुले ह्वाइट हाउसमा देखिएको भद्रगोल भनि टिप्पणी गरिरहेका छन्।

७६ मिनेट लामो पत्रकार सम्मेलनका क्रममा उहाँले पत्रकारहरुको बेइमानीको स्तर नियन्त्रण भन्दा बाहिर गएको बताउँदै आफूले आफ्नो चुनावी अभियानका क्रममा गरेका बाचाहरु पूरा गरेको र पहिलो साता आफ्नो प्रशासनले एकदमै सहज रुपमा काम गरेको दावी भने गर्नुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

bhattrai-katar

दुर्घटनामा परी कतारमा अर्घाखाँचीका भट्टराईको मृत्यु

रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९...

Messi-documentary-24042017110838-1000x0

फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्रीको प्रिमियर सो अमेरिकामा

स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली...

kp-oli-1

ओलीको प्रश्न-यो लोकतन्त्र हो कि छाडातन्त्र ?: सरकार ध्रुवेहात्ती जस्तै

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी...

dan

जापानमा सम्पन्न रक्तदान कार्यक्रममा २० जनाको सहभागिता

जापानमा रहेका विदेशी नागरिकका लागि सहयोग पुर्याउने उद्देश्यले शन्तनिरंकारी...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif