अमेरिका छिर्न खोज्ने तीन सय नेपाली मेक्सिकोमा अडकिए (भिडियो)

ENGLISH

NRN GLOBAL

अमेरिका छिर्न खोज्ने तीन सय नेपाली मेक्सिकोमा अडकिए (भिडियो)

17 February, 2017 | Sandeep Bhattarai | comments

नेपाली

गैरकानुनी तरिकाबाट मेक्सिको हुँदै अमेरिका छिर्न खोजेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएको समाचार छ ।

हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । त्यसरी मेक्सिकोसम्म पुग्नेमा सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मका रहेका छन् । र अमेरिका छिर्न न्युनतम ४० देखि अधिकतम ७५ लाखसम्म खर्चेका छन् ।

मध्ये अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु त्यहाँ पुगेका हुन् । सुरुमा २० देखि २५ भनिने तर बाटोमा थप रकम माग्दै जानले लागत रकम बढ्ने गरेको पनि जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा कडाई र आप्रवासीप्रति कडा नीति लिएपछि नेपाली र अन्य मुलुकका त्यसरी गैरकानुनी रुपमा प्रवेशी गर्न चाहनेहरुलाई असहज भएको हो ।

महिनौं लगाएर मेक्सिको आएका हुनाले उनीहरुलाई अलपत्र परेको भन्न नसकिने र कोही मेक्सिकोको जेलमा परेका छन् कि भनेर दूतावासले मेक्सिकोको सरकारलाई पत्राचार गर्दा त्यहाँको जेलमा कुनै पनि नेपाली नरहेको जानकारी आएको दूतावासका एक अधिकारले जनाए ।

दूताबासका अनुसार पछिल्लो समय अमेरिकाको विभिन्न राज्यको जेलमा नै २३ जना नेपाली रहेको र तिनीहरु अन्य कारणबाट पनि जेल परेका भए पनि पछिल्लो समय कागजपत्र नभएकाहरु यसरी अमेरिकी जेलमा रहेका हुन् ।

ट्रम्प प्रशासनको कडाईले आप्रवासीमा समस्या हेर्नुहोस् यो भिडियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif