राप्रपाको अध्यक्षमा थापा निर्विरोध हुने

ENGLISH

POLITICS

राप्रपाको अध्यक्षमा थापा निर्विरोध हुने

16 February, 2017 | Sandeep Bhattarai | 125 Views | comments

कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीको आशन्न महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष कमल थापालाई निर्विरोध निर्वाचित गर्नेबारे चार नेताबीच सहमति भएको छ ।

सो पार्टीका वर्तमान अध्यक्ष थापा, वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनीबीच अध्यक्ष पदमा थापालाई निर्विरोध निर्वाचित गर्नेबारे सहमति भएको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार नेताहरूले सहमतिको आदर्शलाई प्राप्त गर्ने सन्दर्भमा पार्टी विधानमा ‘नीति निर्धारण तथा निर्देशन समिति’ को व्यवस्था गर्ने निर्णयसमेत गरेका छन् । “एकता महाधिवेशनलाई पार्टीका लाखौँ कार्यकर्ता, सहयोगी तथा शुभ चिन्तकको चाहना र भावनालाई सम्मान गर्दै सहमतिका आधारमा महाधिवेशन सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ”– विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी पार्टीको नीति एवम् भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र, पार्टीको आर्थिक नीति एवम् कार्य योजना तथा विधानलाई केन्द्रीय कार्यसम्पादन समितिबाट सर्वसम्मत रूपमा तयार गरिने भएको छ । राप्रपाको प्रथम एकता महाधिवेशन फागुन ६ गतेदेखि राजधानीमा सुरु हुँदैछ ।

राप्रपाः एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति बनाउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली जनप्रगतिशिल मन्च कतार

नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न...

नेपाली

कोरियाको हिलो महोत्सवमा नेपालीले पनि लिए मज्जा

कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ ।...

मलेसिया

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको...

नेपाल

यू-१९ विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै (लाइभ स्कोर)

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा अहिले नेपाल र...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif