राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुने

ENGLISH

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुने

15 February, 2017 | samjhana | comments

unnamed-1राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ आयोजना गर्ने भएको छ ।

हरेक वर्षको बैशाख १३ मा मनाईने राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर गर्न लागिएको सो अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने एनएफपीजेले जनाएको छ । अवार्ड वितरणका विषयमा नेपालकै सबैभन्दा पुरानो फोटो स्टुडियो फोटो कन्र्सन र एनएफपीजेबीच मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्झौता भएको छ ।

अवार्ड कार्यक्रमको मुख्य प्रायोजकको रुपमा फोटो कन्र्सन रहने भएको छ । सो अवार्ड कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकाहरुलाई फरक फरक विधामा पुरस्कृत गरिने बताइएको छ । अवार्ड कार्यक्रमा ‘डिवि थापा फोटो पत्रकारिता लाईफ टाइम एचिभमेन्ट अवार्ड’बाट एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।

सो पुरस्कारको राशी ५० हजार नगद, ट्रफी र सम्मानपत्र रहने अवार्ड कार्यक्रमका संयोजक तथा एनएफपीजेका सचिव प्रदिपराज वन्तले जानकारी दिए । सो कार्यक्रममा वर्षको उत्कृष्ट फोटो पत्रकारिता अवार्ड, टुरिजम एण्ड कल्चल फोटो पत्रकारिता अवार्ड, स्पोर्टस् फोटो पत्रकारिता अवार्ड, डेल्ली लाईफ फोटो पत्रकारिता अवार्ड, एड्भेन्चर फोटो पत्रकारिता अवार्ड, महिला फोटो पत्रकारिता अवार्ड, राजनीतिक फोटो पत्रकारिता अवार्ड, स्वतन्त्र फोटो पत्रकारिता अवार्ड, अनलाईन फोटो पत्रकारिता अवार्ड, मोफसल फोटो पत्रकारिता अवार्ड र आर्थिक फोटो पत्रकारिता अवार्डबाट एक÷एक जना फोटो पत्रकारलाई सम्मानित गरिने बताइएको छ ।

यसरी सम्मानित हुने फोटो पत्रकारलाई जनही २५÷२५ हजार नगद पुरस्कार, सम्मान पत्र र ट्रफी प्रदान गरिने संयोजक वन्तले जानकारी दिए । पुरस्कार प्राप्त गर्नका लागि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रिका, समाचार अनलाईनलगायतका सञ्चारमाध्यममा सक्रिय रुपमा कार्यरत फोटो पत्रकारहरुले खुल्ला रुपमा एनएफपीजेको कार्यालयमा आवेदन दिनसक्ने बताइएको छ । आवेदन फारम फागुन ९ गतेदेखि ३० गतेसम्म खुल्ला हुने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

bhattrai-katar

दुर्घटनामा परी कतारमा अर्घाखाँचीका भट्टराईको मृत्यु

रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९...

Messi-documentary-24042017110838-1000x0

फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्रीको प्रिमियर सो अमेरिकामा

स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली...

kp-oli-1

ओलीको प्रश्न-यो लोकतन्त्र हो कि छाडातन्त्र ?: सरकार ध्रुवेहात्ती जस्तै

एमाले अध्यक्ष केपी ओलीले संविधानविपरीत काम नगर्न सरकारलाई चेतावनी...

dan

जापानमा सम्पन्न रक्तदान कार्यक्रममा २० जनाको सहभागिता

जापानमा रहेका विदेशी नागरिकका लागि सहयोग पुर्याउने उद्देश्यले शन्तनिरंकारी...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif