प्रेम दिवश बिशेष : हजुरआमाको लभ स्टोरी

ENGLISH

प्रेम दिवश बिशेष : हजुरआमाको लभ स्टोरी

भावना पाठक

14 February, 2017 | Bhawana Pathak | comments

bhabu3आज प्रेम दिवस ,आज बास्तविक प्रेमिल जोडी अनि फेसबुके प्रेमिल जोडी,चिनजानका प्रेमिल जोडी लगायत प्रेममा आस्था राख्ने -नराख्ने सबैले एक पर्व जसरि मनाउदै छन | प्रेम दिवस, ठ्याक्कै दशैँ-तिहार ,छठ.ल्होछार भन्दा पनि पनि चमक धमक सहित मनाइदैछ |

कुन-कुन डे देखि सुरु भएको यो पर्व आज समाप्त हुदैछ | अनि भोलि सम्म आजको दिन सम्झना गर्छन पर्सि देखि यो प्रेम भन्ने रोग कसैलाई नलागोस अनि प्रेम पर्व कहिले नआओस भन्न पछि पर्दैनन् ,बिचरा प्रेम ,यसको के दोष ,आज भोलि यसलाई यति फिक्का बनाएका छन मानिसले पर्वको रुपमा बिकशित हुदैछ |

प्रेम गर्नलाई कुनै दिन चाहिन्छ भन्ने छैन | एक दिनको चुप्पा-चुप्पी,बर्षको बाकी दिन ठुस्का-ठुस्किमा बिताउनु भन्दा बर्षको सबै दिन सामान्य तरिकाले बिताए हुनी नि |

आज कलको प्रेम देख्दा म मेरो हजुर आमालाई सार्है सम्झन्छु | मेरो हजुर आमा जस्तो हरेक हजुर आमाको प्रेम आजकल हुदो हो त …|

म हजुर आमाको अघिल्तिर बसेर जहिल्ल्यै एउटा गीत गाउथे …साहिलाले साहिलिलाई घिच्यायो बनको बाटो लाल्टिन बालेर….यो गीत मैले गाउको कोहि मान्छेको मुख बाट सुनेको थिए | तर यो गीत सुन्ना साथ हजुरआमा तातीन थाल्नुहुन्थ्यो | मलाई त यो गीतको बारेमा केहि थाहा थिएन ..हजुरआमाको यो गीत संग सम्बन्ध छ भनेर |

मेरो हजुर बुबालाई सबैले साहिला भनेर जिस्काउथे अथवा बोलाउथे | मेरो हजुर आमाको नाम हजुरबुबा संग जोडिएर साहिली बनाइएको होला | हजुर आमा बनमा घास काट्दै हुनुहुन्थ्यो रे पारीपाखामा , हजुरबुबा वारि पाखामा ..हजुर आमाको गीत सुनेर हजुरबा उतै पुग्नुभएछ र तानेर ल्याउनुभएछ | यसरी सुरु भएको थियो उहाहरुको प्रेमिल जीवन |

घरमा ल्याएर चोटामा थुनेर राखेको रे राख्न त तर नि बाठी हजुर आमा भागेर पुग्नुभएछ त्यहि बनमै अनि गाउका सबै मिलेर रातिमा लाल्टिन बालेर खोजेर ल्याएको हुनलाई गाउका मान्छेले जिस्काउन यस्ता गीत बनाएका रे |

१६-१६ को उमेर थियो हजुर आमाको त्यो बेला हजुर बुबा त अलि ठुलो हुनुहुन्थ्यो होला सायद | पछि -पछि यो कुरा निकाल्यो भने मज्जाले हास्नुहुन्थ्यो हजुरआमा | बिहे भनेको लेखेको हुन्छ भन्थे हो रहेछ ..यहि जवाफ हुन्थ्यो उहाको..अनि तपाइलाई हजुबुबाको माया लाग्थ्यो त भनेर सोद्धा ..पहिला पहिला त डर लाग्थ्यो कहाँ माया लाग्नु पछि नानि जन्मेसी माया लाग्न थाल्यो (ठुली फुपू अर्थात् जेठी छोरी) अनि तेरो बाउ जन्म्यो,कान्छी जन्मी अनि सानो बाउ जन्म्यो अनि कहाँ जानु उहाको भन्दा पनि छोरा छोरीको माया बढी लाग्न थाल्यो |

हामी आइमाइको जीवन नै आफ्नो घर परिवारमा हुन्छ | छोरा छोरी लोग्ने यो नै संसार हो यहि भन्नुहुन्थ्यो उहा | चार-चार ओटा छोरा छोरी जन्माइसकेपछि त यो घर त्यो लोग्ने त मेरो लागि संसार नै भयो नि | समय बित्तै गयो गाउका सबैले भन्थे तँ भाग्यमानी छस ..साहिला दाइले यो विधिको माया गर्नुहुन्छ ..छोराछोरी हुर्कदै गए ..जग्गा जमिन टन्नै ..लाउन खान दुख थिएन ..उ बेलामा अहिले जस्तो पैसामा बिक्दैन थियो केहि कुरापनि जसको घरमा बस्तु भाउ अन्न पात धेरै छ त्यहि धनि ..गहत,मस्यांग,बोडी त कति खाउ-खाउ ..टाढा टाढा बाट आउथे मकै लिन मान्छेहरु ..अहिले जस्तो पैसा भन्दानी सटही बढी चल्थ्यो उ बेला काममा साट्नु पर्थ्यो |

सबैले तेरो हजुर बाउलाई मकै साइलो मलाई साहुनी बज्यै भन्थे | यसरि चल्दै थियो नानीको बिहे गर्ने बेला भो ९ बर्षकी थिइ उसको बिहे गर्दियौ ..तेरो बाउ पढ्न जान्थ्यो . कान्छी ३ बर्षकी थिइ सानो बाउ ३ महिनाको थियो |

घास काट्न जानुभाको थियो तेरो हजुरबुबा आउनुभएन..निकै बेर सम्मानी आउनु भएन ..बल्ल बल्ल आउनुभो अध्यारो मुख लाएर ..सन्चो नभएको जस्तो माने मैले ..धामीलाइ बोलाए तैनी उस्तै छ | एकछिन पछि एइया-एइया भन्न थाल्नुभो …अनि अरु एकछिनमा जानुभो छोडेर |

नापत्याने गरि लुटियो ,खोसियो सबै खुसि ..लाला बाला थिए हुर्काउन कम्ति गार्हो भएन मलाई | पहिला पो हजुर बा जसो भनेनी गर्न सक्थे सबैले मान्थे अब त सबै साना साना काम गर्न नसक्ने बिस्तारै सुरु भो दुखका दिन |सबैले भन्थे साहिली भाउजु बिहे गर भनेर …मेरो कन्चट तातिन्थ्यो | कहिले सोचिन दोस्रो बिहे गर्ने अहिले जस्तो दोस्रो बिहे पनि गर्दैन थिए आइमाइले..तर मलाई हेपेर त्यसो भन्थे |

मैले उहाले मलाई गरेको माया र छोरा छोरीको खुसिमानै जीवन भर पुग्ने प्रेम देखेको थिए | जब म छोरा छोरी खुसि भएको देख्थे कतै बाट आफ्ना यी छोरा छोरी खुसि भएको देखेर उहा पनि हासिरहनु भएको छ होला भन्ने सोच्थे |

मैले मेला पात केहि नभनी दुइछाक खुवाउन छोडिन | तेरो हजुर बाको ठुलो सपना थियो छोरालाई पढाउने | छोरी त बिहे गरेर पथाउनुपर्थ्यो छिट्टै यस्तै चलन थियो त्यसलाई हामीले नकार्न सकेनौ | छोरालाई पढाउने भन्दा भन्दै उहा बित्नुभो | तेरो बाउ भर्खर स्कुल जान थालेको थियो | त्यहि रोकियो मैले उहाको त्यो सपना भने पुरा गर्न सकेन |

कान्छीको बिहे गर्दिए जसो तसो गरेर | तेरो बाउ आमाको बिहे त अलि ढिलै गरेको हो | अहिले पनि मैले उहालाई गर्ने मायामा कमि छैन | बाहुनले सराध्ये गर्दा पनि कतै लर्बराएर मन्त्र पढ्न भुल्छन कि जस्तो लाग्छ ..मन्त्र पढ्न भुल्यो भने त बर्ष दिनमा पाउने एउटा पिण्ड पाउनुहुन्न उहाले | उहा जहाँ भएनी आत्मा शान्ति पाओस भन्ने लाग्छ |

यस्तो थियो त्यो बेलाको प्रेम ..यस्ता हजारौ प्रेम गर्ने मान्छे छन् जसको प्रेम संगै हुदा मात्र नभई मृत्यु पश्चात पनि जिवन्त रहन्छ | अहिले पनि गाउका मान्छे भन्छन साहिली भाउजुलाई बिहे गर छोरा छोरी भनेर जीवन बित्दैन भन्यो भने अगुल्टो बोकेर लखेट्नु हुन्थ्यो | बिहेको कुरा कहिले मनमा लिनुभएन |

कहिले काही हामि अहिले पनि जिस्काउथेउ किन बिहे नगरेको त भर्खर २५ बर्ष हुनुहुथ्यो हजुर बा बित्दा ..पोइ मात्र सबै कुरा हैन नि म त्यो बेला छाडा भएर गति छाडेर हिडेको भए आज मेरो छोराछोरीको के हाल हुन्थ्यो | बिहे दोहोराएर किन गर्ने सबै कुरा थाहा भैगो ..लोग्ने संग बिहे गर्दा यस्तो हुदो रहेछ ,लोग्नेको साथमा बस्दा यस्तो हुदोरहेछ,छोरा छोरी जन्माउदा यस्तो हुदोरहेछ,जीवनको सबै भन्दा ठुलो पिडा लोग्ने संग छुट्दा यस्तो हुदोरहेछ ..भन्ने थाहा भएपछी किन बिहे गर्ने |

अब त मात्र छोरा छोरीको खुसि र मायामा जीवन बिताउने हो | यहि इच्छा थियो उहाको पनि | २५ बर्षमा बिधवा भएर ८३ वर्षा सम्म बच्नुभो हजुर आमा एक बर्ष अघि उहाको निधन भयो |

अघिल्लो दिन मात्र फोनमा कुरा गरेको थियौ …कहिले आउछौ घर …निरास लागिसक्यो …यहि हुन्थ्यो उहाको गुनासो ..दाइ भाइ कहाँ छन बहिनि कहाँ छे ..यहाँ तरकारी टन्नै छ त्यहा किन्नुपर्छ ..दहि दुध छ लिन आओ ..जहिले यहि भन्नुहुन्थ्यो | हामि चार जना पढ्नको लागि काठमाडौँ थियौ | भाई त्यो बेला घर गाको थियो | अहिले त कान्छो नाती घरमै छ मलाई केहि पिर छैन ..यहि खुसि थियो हजुर आमाको | रातिको खाना खाएर सुतेको मान्छे …१ बजे तिर पानि खाने भोक लाग्यो भन्नुभयो रे ..खाना खाएर एक छिन पछि अलि गार्हो भो भन्दै हुनुहुन्थ्यो रे..भाइले बाहिर ल्यायो मष्ठामा राख्ने बित्तिकै हजुरआमाको प्राण गयो |

जीवनमा प्रेम नै प्रेमले बाच्नुभएको उहा मृत्यु पनि प्रेममै भयो | बिना कष्ट प्राण गयो | सानो बुबाको ३ बर्ष अघि मृत्यु भाको थियो दुर्घटनामा परेर त्यो पिडा थियो हजुर आमालाई त्यसले गर्दा टोलाउने गर्नुहुन्थ्यो अलि सिरियस भएर बस्नुहुन्थ्यो अरु रोग कहिले केहि पनि लागेन उहालाई |

प्रेम नै प्रेमले भरिएको जीवन र प्रेमले सहज भएको मृत्यु ..| आज पनि सम्झना आउछ हजुरआमा सधै भन्नुहुन्थ्यो…नाती नातिनाको बिहे गर ..नातिनी बुहारी चाहियो ..नातिनीको गोडाको पानि नखाई मर्ने भए ..यो कुनै पुरा गर्न सकेनौ हामीले ..तर हजुर बुबाको सपना र खुसीको लागि तपाइले जीवन भर प्रेम गर्नुभो ..त्यसै गरि तपाइको खुसीको लागि हामि पनि जीवनभर प्रयास गर्नेछौ |

यस्तो प्रेम हुन्छ कोहि कसैको ..जसको लागि आजको दिनको जरुरि हुदैन | जब मान्छेले यो दिवशको प्रतिक्षा गर्छ तब प्रेम खल्लो हुन्छ | प्रेममा रमाउने त छदै छन् आजभोलि बिहे भाको मान्छेको पनि टुंगो हुदैन कि जीवन यहि मान्छे संग बित्छ कि बित्दैन |

प्रेमले मान्छेलाई खुल्ला बनाउछ ,स्वतन्त्र बनाउछ .आत्मविश्वासी बनाउछ त्यो हो प्रेम ..शंका ,भय ,र अबिश्वाश आजकलको प्रेमको नमुना हो | जसलाई प्रेममा बिश्वाश छैन उसलाई यो दिनको आवश्यक पर्छ ताकी प्रेम दिवसको नाममा आफुले सके सम्म माया देखाउने | जसले प्रेमलाई जीवन ठान्छ बिश्वाश गर्छ उसलाई सबै दिन सबै समय प्रेमिल हुन्छ |

हामीले प्रेम दिवसलाइ त आयात गर्न सक्यौ ..तर बनावटी माया पनि आयात गर्यौ |मिलन र बिछोडलाई सामान्य मानिने संक्रितिलाई पनि आयात गर्यौ |जसले प्रेमलाई बस्तु र पर्व संग तुलना गर्न बाध्य भएका छौ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif