२९९ डलर लगानी गरे सगुनको सेयरधनी हुनसक्ने

ENGLISH

TECH

२९९ डलर लगानी गरे सगुनको सेयरधनी हुनसक्ने

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

10 February, 2017 | Sandeep Bhattarai | 200 Views | comments

सगुन

नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर (नेरु करिब दुई अर्ब) बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ ।

बिहिबारदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले बिहिबारपत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री गुरु गरेको सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा २९९ डलरमा १३ कित्ता सेयर किनेर सगुनको मालिक बन्न सकिनेछ, त्यसभन्दा माथि भने व्यक्तिको इच्छाअनुसार सेयर खरिद गर्न सकिनेछ ।

बिक्रीका लागि छुट्याइएको सेयर सगुनको वेबसाइट www.sagoon.com/invest मार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । नेपाल बाहिर रहेका नेपालीले सो सेयर खरिद गर्न पाउनेछन् तर, कानुन अभावका कारण नेपालमा रहेका नेपालीले भने उक्त सेयर खरिद गर्न नपाउने कम्पनीले जनाएको छ ।

सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम नेपाली प्रविधि र लगानीले समाजका विभिन्न पक्षमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

“सगुनका समर्थक तथा शुभेच्छुकका लागि हाम्रो सपनामा विश्वास गर्नुभयो । धितोपत्र कारोबार आयोगको स्वीकृतिपछि अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहुनेछ” – उहाँले भन्नुभयो ।

अमेरिकन जब्स एक्ट २०१२ अनुसार कुनै पनि ‘मिनी आइपिओ’ ले पाँच करोड डलरसम्म वार्षिक रुपमा पैसा उठाउन पाउँछन् । तर सगुनले यस वर्ष रु दुई अर्ब बराबरको सेयर खोलेको छ, जुन कुल सेयरको जम्मा २१ प्रतिशत हो । सेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता किन्नुपर्ने हुन्छ ।

अहिलेसम्म चार हजार बढी व्यक्तिबाट ३५ लाख डलर बराबरको सेयर खरिद गर्न इच्छा जाहेर गरेका सगुन नेपाल च्याप्टरका संयोजक अखिल सिटौलाले जानकारी दिनुभयो । सगुनका अनुसार सन् २०१४ मा सगुनको भ्यालु प्रतिकित्ता सेयर ० दशमलव ५ डलर थियो भने सन् २०१५ मा ३।७५ र अहिले यसको भ्यालु प्रतिसेयर २३ डलर पुगेको छ । यसैअनुसार सगुनले रु दुई अर्बको सेयर जारी गरेको हो । हाल नेपाल, भारत र अमेरिका कार्यालय रहेको सगुनले प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि सेयरकर्ताको लगानी बढाउन र सेवालाई थप प्रभावकारी बनाउन शाखा विस्तार गर्ने तयारी गरेको छ ।

लगानीकर्ता खोज्दै सामाजिक सञ्जाल सगुन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली जनप्रगतिशिल मन्च कतार

नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न...

नेपाली

कोरियाको हिलो महोत्सवमा नेपालीले पनि लिए मज्जा

कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ ।...

मलेसिया

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको...

नेपाल

यू-१९ विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै (लाइभ स्कोर)

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा अहिले नेपाल र...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif