तान्जानियामा अलपत्र परेका पााँच नेपालीको एनआरएनएबाट उद्धार

ENGLISH

NRN GLOBAL

तान्जानियामा अलपत्र परेका पााँच नेपालीको एनआरएनएबाट उद्धार

लिनुपर्ने बाँकी तलब कम्पनीको मुम्बईमा रहेको कार्यालयले दिने

18 January, 2017 | Yadab Devkota | comments

NRNA Tanzinaदार ए सलाम , तान्जानिया । विगत एक बर्षदेखि तलब नदिएर फिर्ता टिकट र पासपोर्ट समेत खोसेर राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली संघ तान्जानियाले उद्धार गरेको छ ।

तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धी उद्याग कङारू मिनरल्समा भारतको मुम्बईहुँदै दुई बर्ष अघि रोजगारीका लागि आएका नृपबहादुर टमटा, जगतबहादुर कुँवर र अमराज सार्की, लोगे टमटा र भुवन कुँवरको उद्धार गरिएको हो ।

एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापाले ती नेपाली एक वर्षदेखि अलपत्र परेको घटनाको जानकारी एक महिना अघि आएपछि उनीहरुको तलब, टिकट र पासपोर्टका लागि रोजगारदाता कम्पनीसंग आवश्यक पहल थालेकोृ बताए ।

थापाका अनुसार कम्पनीले टिकट र कम्पनी चलेको बखतको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने भएपछि र बाँकी रकम कम्पनीको भारतको मुम्बईस्थित कार्यालयमा कुरा गर्ने सहमती भएपछि उनीहरुलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको हो ।

त्यस्तै एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितिले कुशलतापूर्वक उद्धारको संयोजन गरी विपतमा परेका नेपालीको सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

यस कार्यको लागि आवश्यक सहयोग र सल्लाह दिने प्रिटोरियास्थित नेपाल दूतावास, राजदुत अमृतबहादुर राई र संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको विशेष सहयोग रहेको पनि कार्कीले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतद्वारा पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी

भारतद्वारा पाकिस्तान र बङलादेशसँगको सिमाना बन्द गर्ने चेतावनी

भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द...

महाकाली नदीको पुल

महाकाली नदीको पुल

कञ्चनपुरको महाकाली नदीमा सूर्यास्तमा देखिएको पुल । यो पुल...

dahal

समृद्ध विश्व निर्माणका लागि समावेशिता, सहकार्य र स्वतन्त्रता अपरिहार्य : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता,...

bichchde

सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला

अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

a

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif