तेरियालाई परदेशीको पत्र

ENGLISH

तेरियालाई परदेशीको पत्र

17 January, 2017 | Sandeep Bhattarai | comments

दिल राना 

दिल राना बहिनी तेरिया,
न्यानो स्नेह

ज्वरोले मेरो शरीर फतक्क गलेको छ, बहिनी। तर पनि, म लेख्न बसेको छु । सबैले तिमीप्रति देखाएको उदारता र तत्परताले मलाई पनि केही लेख्न उर्जा मिलिरहेको छ ।

हाम्रो भेट २ बर्ष अघि टोक्योमा भएको थियो। जतिबेला तिमी भर्खर डिआईडी लिटिल मास्टर्स सिजन ३ को बिजेता बनेकी थियौ। सौभाग्य मान्नुपर्छ, तिमी आमन्त्रित कार्यक्रम सन्चालकको लागि आयोजकले मलाई पनि आमन्त्रन गर्नु भएको थियो ।

म त्यो समय निकै खुशी थिए, र दुःखी पनि उस्तै। खुशी यस कारण थिए कि तिमीसंग भेट भएको थियो । तर, एकल जातीय संस्थाले तिम्रो सम्मान गरेको देख्दा निकै दुःखी भएको थिए । सिंगो नेपालको स्वाभिमानलाई उँचो बनाउने होनाहार प्रतिभालाई एकल जातीय संघसंस्थाले मात्र सम्मान गर्नुपर्दाको त्यो क्षणभन्दा पीडादयिक क्षण अरू के हुन सक्छ ?

अफशोच ! यहाँ यस्तै छ, तेरिया बहिनी । तिमी सानी छौ । फोहोरी राजनीतिले बिगारेको नीति र स्थिति बुझ्न अझै समय लाग्ने छ । भोलि तिम्रो प्रतिभामा पनि राजनीति गर्न खोज्नेछन् तर, हामी त्यसो हुन दिदैनौ । कसैको प्रतिभामाथि जातीय राजनीति गर्ने अधिकार कसैलाई छैन । खुला आकाशमा निष्फिक्री नाचिरहेका चरी झै तिमी पनि स्वतन्त्र रूपमा यो धर्तिमा नाँच्न पाउनुपर्छ ।

हामी तीन दिन संगै रह्यौ । मैले सोचेको थिएँ, अरूमा जस्तै तिमीमा पनि स्टार हुनुको घमन्ड, शान, रबाफ हुनेछ । तर, तिमीमा त्यो पटक्कै थिएन । तिमी कति सरल र अनुशासित थियौ भन्ने जबाफ बुझ्न मलाई समय लागेन । किनकी, सधै मुस्काइरहने तिम्रा अनुहार नै त्यस्का जबाफ थिए ।

तेरिया बहिनी ! हामी भेटिएर छुटेको पनि २ बर्ष बितिसके छ । तिमी फेरि अर्को सफलताको नजिक पुगेको खबरले मलाई धेरै खुशी मिलेको छ । म मात्र हैन, हामी सबै नेपाली खुशी भएका छौ र, हामी सबैलाई बिश्वास छ, तिमीले यसपालीको प्रतियोगिता पनि जित्ने छौ । र, हामी सबै नेपालीलाई खुशी पार्ने छौ। तिमीलाई जिताउनको लागि हामीले गर्नुपर्ने कुनै पनि कसुर बाँकी राख्ने छैनौ ।

म अहिले तिम्रा हरेक सोहरू हेरिरहन्छु । अरूको भूमिमा गएर उनीहरूलाई नै जितेर अघि बढ्ने तिम्रो साहसलाई जति सलाम गरे पनि पुग्दैन । तिम्रा हरेक सफलताले देशको शान सगर झै उचो बनाएको छ । नेपालको स्वाभिमानलाई चौडा बनाएको छ ।

dill-with-teria

तेरिया बहिनी ! तीन साता अघिको तिम्रो एउटा सो हेरेर म त्यतिबेला निकै भाबुक बनेको थिए, जतिबेला तिमीले आफ्ना जजहरूलाई नेपाली टोपी लगाइदिएकी थियौ र, आफ्नो प्रशिक्षक गुरूलाई बुद्धको मूर्ति उपहार दिएकी थियौ । त्यति सानो उमेरमा आफ्नो राष्ट्रियताप्रतिको तिम्रो झुकाब र पाको चेतनालाई कति हो कति सम्मान गरेको थिए ।

देशको स्वाभिमान हराइरहेको बेला तिमी जस्ता एक दुईजना होनाहार प्रतिभाले नै देशको स्वाभिमान उचो बनाइरहेका छौ । बिडम्बना ! त्यही प्रतिभाको सम्मान हुँदैन मेरो देशमा । हुन त प्रतिभा पहिचान गर्न नसक्ने मेरो देशमा कसरी प्रतिभाको सम्मान हुन्छ ?

तेरिया बहिनी ! तिमी जीतको नजिक छौ । तिमी धेरै सम्हालिएर अघि बढ्नु पर्नेछ । डिआईडीभन्दा यस प्रतिस्पर्धामा निकै चुनौती रहने छ । किनकी, सबै प्रतिस्पर्धी उतिकै उत्कृष्ट र सबल छन् । तर, तिमी उनीहरूभन्दा उच्च बिश्वास र उच्च मनोभाव लिएर आफूलाई उनीहरूभन्दा उत्कृष्ट बनाउने छौ ।

खै अरू त के भनेर लेखौ ? तिम्राबारेमा धेरै कुरा त लेखक र पत्रकारहरूले नै लेखिसक्नु भएको छ । प्रशंसा गरौ भने पनि भारतका चर्चित हस्तीहरूले नै धेरै उपमा दिएर तिम्रो प्रशंसा गरिसकेका छन् । म त यति भन्छु, तिमी अरू भन्दा फरक र उत्कृष्ट छौ ।

तेरिया बहिनी ! म धेरै लेख्न सक्दिन । ज्वरोले मेरा औंला कापेका छन् । मलाई आशा छ, यी कापेका औंलाले लेखेका शब्दले तिमीलाई केही मात्र भए पनि साहस र उर्जा दिने छ । तिमीलाई जीतको शुभकामना !

र अन्त्यमा, आफूलाई कहिल्यै एक्लो महसुस नगर्नु । महसुस भए एकचोटि पछाडि फर्केर हेर्नु, त्यहाँ तीन करोड नेपाली उभिएको पाउने छौ ।

उही तिमीलाई माया गर्ने दाजु !

झलक दिखला जाको उपाधी नजिक तेरिया : सबैले भोट गरौं

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif