मन्त्रिपरिषदद्वारा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पदमुक्त

ENGLISH

POLITICS

मन्त्रिपरिषदद्वारा प्रमुख कार्यकारी अधिकृत ज्ञवाली पदमुक्त

डा पोखरेल नियुक्त

11 January, 2017 | Sandeep Bhattarai | comments

डा गोविन्दराज पोखरेल

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै उहाँलाई अवकाश दिई डा पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । अघिल्लो मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई पुनः२४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । पुनःनिर्माणको काममा तीव्रता नआएको भन्दै उहाँलाई स्पष्टीकरण सोधिएको थियो ।

नवनियुक्त डा पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षका साथै पुनःनिर्माण प्राधिकरणसम्बन्धी ऐन आउनुपूर्व प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।

बिदाहरु पुनरावलोकन हुने

बैठकले राष्ट्रिय पर्व र चाड बिदाका सम्बन्धमा पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।

बुधबार राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा माग भएको सन्दर्भमा सरकारले समग्र बिदालाई पुनरावलोन गर्ने भएको हो । पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।

मन्त्री केसीको असन्तुष्टि

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आफूले पृथ्वी जयन्ती र एकता दिवसमा बिदा दिन तीन पटकसम्म बैठकमा आग्रह गर्दा पनि निर्णय हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

उहाँले विश्वका धेरै मुलुकमा जस्तोसुकै तानाशाह भएको भए पनि उसले राष्ट्रिय एकीकरणमा भूमिका निर्वाह गरेको छ भने त्यसलाई सम्मान दिइने प्रचलन रहेको चर्चा गर्नुभयो ।

निजामती ऐन संशोधनमा लोक सेवाको परामर्श

बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

पुनःनिर्माण गर्दा स्थानीय जनताको चाहना र भावनालाई सम्बोधन गरेर अघि बढ्न राष्ट्रपतिको सुझाव

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सुरु भयो लिचीको व्यापार

सुरु भयो लिचीको व्यापार

इटहरी चोकमा लिची बिक्री गर्दै ग्रामीण महिला । तस्बिर...

मेरो मधुशाला

साहित्यकार थापाको उपन्यास ‘मेरो मधुशाला’ सार्वजनिक (भिडियो सहित)

साहित्यकार गगन सिंह थापाको चौथो कृति ‘मेरो मधुशाला’ नामक...

गोमा एयरको कार्गो विमान दुर्घटना

गोमा एयरको कार्गो विमान अवतरणको क्रममा लुक्ला विमानस्थलमा दुर्घटना...

एमाले र सत्ता पक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

एमाले र सत्तापक्षबीच सहमति : अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि शनिबार...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif