बुद्धको टाटुकै कारण जेल

ENGLISH

WORLD

बुद्धको टाटुकै कारण जेल

11 January, 2017 | arjun baral | comments

tatooनाओमी कोल्मन नाम गरेकी एक बेलायती महिलाले हातमा खोपिएको टाटुकै कारण जेल जान परेको छ ।

उनी सोमबार भारतबाट कोलम्बोस्थित भण्डारनाइके अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकी थिइन्। आध्यात्मिक यात्रा गर्ने उद्धेश्यले उनी घुम्दैफिर्दै श्रीलंका आइपुगेकी थिइन्। तर, कोलम्बो एअरपोर्ट ओर्लिने बित्तिक्कै प्रहरीले उनलाई पक्राउ पर्नुको कारण थियो, उनको टाटु।

उनको दोष त्यही टाटु हो, जुन उनको पाखुरामा थियो। उनले पाखुरामा भगवान गौतम बुद्धको टाटु खोपाएकी थिइन्। तर, प्रहरीले उनीलाई धार्मिक आस्थामा चोट   पुर्याएको अभियोगमा समात्यो।

उनलाई अध्यागमन कक्षमा राखियो जहाँ उनलाई स्वदेश फिर्तीको प्रक्रिया चलाइयो। यतिमात्र होइन, यी ३७ वर्षीया बेलायती महिलालाई एक रात जेलसमेत चलान गरियो। ‘उनलाई श्रीलंकामा आतिथ्यता दिन सकिदैन,’ प्रहरी स्रोतले भन्यो, ‘हाम्रो धार्मिक आस्थामा दख्खल दिइन्, उनीलाई यहाँबाट केही दिनमै फिर्ता पठाइनेछ।’

कोल्मनका अनुसार, विमानस्थलमा सुरुमा खासै समस्या देखाएनन्। उनको राहदानीमा स्टाम्प लगाइयो, अर्थात्, श्रीलंकाले उनको आगमनलाई स्वीकार गर्यो।

तर केहीबेरमा दुईजना ट्याक्सी चालक र सादा पोशाकका प्रहरीले समातेर लगे। ‘मैले बुद्धको टाटु खोपेको अभियोगमा प्रहरी हिरासतमा राखियो,’ उनले भनिन्।
उनी पेशाले मेन्टल हेल्थ नर्स हुन्। उनको पाखुरामा बुद्ध र त्यसको अलिक तल हिन्दू धार्मिक आस्थाको टाटु छ। कमलको फूलको पृष्ठभूमिमा उनले बुद्धको चित्र कुँदेकी छिन्।
उनले प्रहरीसमक्ष बयानमा आफूले श्रद्धाले टाटु खोपाएको बताएकी थिइन्। तर प्रहरीले उनको जवाफ चित्त बुझाएको छैन। ‘मैले ध्यान तथा आध्यात्मिक आस्थाले यी टाटु खोपाएकी हुँ’ उनले भनिन्, ‘नेपाल, भारत, थाइल्याण्ड र क्याम्बोडियामा मैले आध्यात्मिक यात्रा र शिविरमा भाग लिएकी छु, कसैले आपत्ति जनाएका थिएनन्।’

प्रहरीले उनीलाई सोमबार राति कोलम्बोनजिकै नेगम्बो जेलमा राखेको थियो। यसअघि उनीलाई अदालतमा पेश गरिएको थियो। उनी त्यहाँबाट माल्दिभ्स जान चाहन्छिन्। तर, स्थानीय सरकारले आफ्नो देश फर्किनुपर्ने जिकिर गरेको उनले बताइन्।

कोल्मन पक्राउको विषयमा कोलम्बोस्थित ब्रिटिस हाई कमिसनलाई पनि जानकारी दिइएको छ। ‘हामी उनको लागि उपयुक्त सहयोग गर्नेछौं,’ कमिसनका एकजना अधिकारीले भने।
श्रीलंकाली सरकारले बुद्ध धर्म र आस्थाप्रतिकूल कडा निगरानी गर्दै आएको छ। श्रीलंका सिन्हाली जनजातिको वर्चस्व भएको टापु हो, उनीहरु बुद्ध धर्मका अनुयायी हुन्।
श्रीलंकामा बुद्ध धर्मको आस्थामा चोट पु¥याउने जो कोही पनि कार्वाहीमा पर्छन्। गत मार्चमा पनि एकजना बेलायती पर्यटकलाई भगवान बुद्धको बारेमा अनादरपूर्वक बोलेको अभियोगमा प्रवेशाज्ञा दिइएको थिएन।

त्यस्तै, दुई वर्षअघि तीनजना फ्रान्सेली पर्यटकलाई पनि जेल चलान गरिएको थियो। उनीहरुलाई बुद्धको मूर्तिमा चुम्बन गरेको अभियोग लागेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

tq

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारीको घोषणा

विजय थापा,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी...

flag-of-nepali-congress

स्थानीय निर्वाचन वैशाखभित्रै सम्पन्न गर्न कांग्रेसको माग

सत्ता साझेदार दल नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको...

raprapra

राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल...

ss

क्यान्सर रोगी बढाउँदै सूर्तिजन्य पदार्थ

सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

kuwati

कुवेतमा दक्ष र अर्धदक्ष नेपाली युवालाई रोजगार

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले दक्ष र अर्धदक्ष...

FACEBOOK

ad
ad