न्यूरोड मोबाइल महोत्सवमा ग्राहकहरुको अत्यधिक चहलपहल

ENGLISH

TECH

न्यूरोड मोबाइल महोत्सवमा ग्राहकहरुको अत्यधिक चहलपहल

१० करोड रुपैंयाभन्दा बढिको कारोबार

31 December, 2016 | Sandeep Bhattarai | 207 Views | comments

मोबाइल महोत्सव

नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा ग्राहकहरुको अधिक चहलपहल देखिएको छ ।

महोत्सव शुरु भएको तेस्रो दिनसम्म ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोनहरु भारी छुटमा अफरसहित किनिरहेका छन जहाँ १० करोड रुपैंया भन्दा बढिको कारोबार भएको छ ।

मोबाइल महोत्सवमा ग्राहकहरुले आफूले चाहेको मोबाइल फोन सूपथ मूल्यमा किन्न पाएको अनुभव सुनाए । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा भव्यरुपमा शुरु भएको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिजका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको छ ।

यहि पुष १९ गतेसम्म आयोजना हुने मोबाइल महोत्सवमा ग्राहकहरुको सहभागीता उल्लेखनिय हुँदा उत्साहित भएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । “यो मोबाइल महोत्सवमा मोबाइल किन्ने मात्र नभई ग्राहकहरुलाई विभिन्न आकर्षक अफर पनि दिएका छौं, जसले हाम्रो अनुमान भन्दा पनि बढि ग्राहकहरुको भिड देखियो” उनले भने, “महोत्सवमा नयाँ प्रविधिसहितका मोबाइल फोनहरुमा ग्राहकहरुको रुचि अधिक देखिएको छ ।”

संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा क्षेत्रमा आयोजना भईरहेको मोबाइल महोत्सवमा सडकलाई पनि सजाईएको छ भने ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न मोबाइल ब्राण्डहरुले उपहार योजनाका साथमा विभिन्न छुट पनि प्रदान गरिरहेका छन् ।

महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड क्षेत्रमा प्रवेश गर्ने हरेक ग्राहकहरुले उपहार प्राप्त गर्ने जानकारी दिए । उनले भने, “हामीले हात खाली नहुने अफर ल्याएका छौं जसमा ग्राहकहरुले विभिन्न सामाग्री तथा उपहारहरु प्राप्त गर्नेछन् ।”त्यसैगरी आयोजकमध्येका एक व्यवसायी संदिप श्रेष्ठले व्यवस्थितरुपमा न्यूरोड मोबाइल महोत्सव आयोजना गरिएको भन्दै महोत्सवभर ग्राहकहरुलाई पुरै सन्तुष्ट पार्ने प्रयास भएको बताए । “हामी हरेक ग्राहकहरुको चाहना पुरा गर्ने गरि महोत्सवलाई अगाडि बढाईरहेका छौं,” उनले भने, “यो अहिलेसम्म आयोजना भएका मोबाइल महोत्सवमध्ये सबैभन्दा ठूलो इभेन्ट हो र यसले न्यूरोड क्षेत्रको व्यवसायीलाई पनि एकिकृत गर्न सहयोग पुर्याएको छ ।”

नेपालको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा सडकलाई विभिन्न व्यानर, तुल र बत्तिहरुले सजाईएको छ भने विभिन्न मोबाइल ब्राण्डहरुले गेम खेलाउने तथा अफरहरुको बारेमा जानकारी प्रदान गरिरहेका छन् । महोत्सवअवधिभर स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिईएको छ ।

महोत्सवको अवसर पारेर अन्तर्राष्ट्रिय मोबाइल ब्राण्ड जोप्पो र लिएगो मोबाइल ब्राण्डहरुले औपचारिकरुपमा बिक्री शुरु गरेका छन् ।मोबाइल महोत्सवको अवसर पारेर न्यूरोड भूगोल पार्कमा दैनिकरुपमा विभिन्न किसिमका मोबाइल गेमहरुको प्रतिस्पर्धा भईरहेको छ, जहाँ ५ हजार भन्दा बढि युवाहरुको सहभागीता रहेको छ । त्यसैगरी महोत्सव क्षेत्रमा विभिन्न मोबाइल कम्पनीहरुले मनोरन्जनात्मक खेलहरु खेलाईरहेका छन भने विभिन्न स्थानमा फुड स्टल, बालबालिकाहरुको लागि किड्स जोनको पनि व्यवस्था गरिएको छ ।

महोत्सव अवधिभर हरेक अवलोकनकर्ताहरुले हात खाली नजाने गरि खेलमार्फत विभिन्न उपहार प्राप्त गर्न सक्नेछन भने माइक्रोसफ्टको एउटा स्मार्टफोन किन्दा अर्को स्मार्टफोन अफर पनि राखिएको छ । त्यसैगरी ग्राहकहरुले मोबाइल खरिदमा विभिन्न ब्राण्डका स्मार्टफोनहरु दैनिकरुपमा लक्की ड्रमार्फत प्राप्त गर्नेछन् भने अन्य विभिन्न उपहारहरु पनि दैनिकरुपमा बितरण गरिनेछ ।

नेपाल मोबाइल व्यवसायी संघ मोबाइलको क्षेत्रमा आबद्ध व्यवसायीहरुको सबैभन्दा ठूलो र पुरानो संस्था हो । यस संघमा हाल ५०० भन्दा बढि रिटेलरहरुको आबद्धता रहेको छ ।

मोबाइल एक्स्पोमा दैनिक २० हजार अवलोकनकर्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

यू-१९ विश्वकप छनोट : नेपाल सामू मलेसियाद्वारा ९० रनको लक्ष्य प्रस्तुत

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा मलेसियाले नेपाललाई ९०...

नेपाली जनप्रगतिशिल मन्च कतार

नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न...

नेपाली

कोरियाको हिलो महोत्सवमा नेपालीले पनि लिए मज्जा

कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ ।...

मलेसिया

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif