एनआरएन अभियान किन सुस्तायो !

ENGLISH

एनआरएन अभियान किन सुस्तायो !

सानुबाबू शिलवाल

13 December, 2016 | Krishna Adhikari | 308 Views | comments

sanuएनआरएन यि सबालहरुमा किन मौन ?
झन्डै झन्डै १४ बर्षको ठिटो एनआरएन अर्थात गैर आबाशिय नेपालि सस्था यहाँनेर आएर चाहि नराम्ररि चिप्लियो र चिप्लिएर पछाडीको हड्डि भाचिएको छ र अब यसले राम्रो डाक्टर फेला पारेन र अप्रेशन बिग्रियो भने जिबनभर हिडडुल गर्न नसक्ने गरि यो या त थला बस्छ या त हड्डीकै पिडाले उसको ज्यान हुर्मत खेर जान सक्नेछ । जिबनमा पढौला, केहि गरौला र गरि खाउला र परिवार बनाउला, बच्चा बच्चि बनाएर एउटा सुन्दर परिवारको निर्माणको उसको सपना चक्नाचुर मात्रै भएन, हिड्न नजान्दा भाचिएको हड्डीले ज्यान नै लिने ठाउसम्म पुर्याउदा सुध्रिने, सुधारिने, उपचार गर्ने वा मालिस गरि हड्डी सोझ्याउन ढिलो भैसक्ने छ।

एनआरएन क्यास बोकेर मात्रिभुमि जाउ भन्छ, प्रबासमा क्यास बनाउन सकेका २।४ जना बाहेक अरु प्रबासि नै छैनन। ९८% प्रबासि त एक पटक नेपाल पुगेर फेरि प्रबास नै फर्कदा उ वा उनि वा उनका परिवारको गत बर्षसम्म जम्मा गरेको क्यास निख्रिसकेको हुन्छ र यिनले फेरि नेपाल जाने कल्पना केहि समयका लागि श्रम सङ्ग सौदाबाजि गरि दिनको १२ घन्टा नधस्सिए प्रबासका यिनका बिल भुक्तानि र आर्थिक ब्यबहार चौपट्ट हुने खालको छ भने पछि कुन प्रबासिको क्यासको कुरा गर्दैछ एन आर मात्रिभुमिमा लगानिका लागि? बिगतमा शहकारिकरण जस्तो सबैको सहभागिताको लगानिमा जे जति उठाइए ति रकम एन आर एन भित्रकै चम्मु दलले आफ्नो ब्यबसायमा वा कहि कतै ढ्याके र चोकेमा ब्याज लगाएर ब्याज पडकाउदै छन।

एनआरएन सबै प्रबासिको सस्था आफु भनेर ठान्छ तर ५० लाख प्रबासिमा उ सङ्ग खाटी, नक्कलि सदस्यलाइ कटाएर हिसाब गर्दा उ सङ्ग ७ हजार जति पनि छैन रियल, खाटि र बुझेका प्रबासिहरु उसका सदस्यता। यो लेख्दै गर्दा १० हजार त अमेरिकामै छन भनेर चम्किने क्रान्तिकारि एन आर एनले यस्को मुन्तिर कमेन्ट ठोक्लान । यत्ति कुरा चाहि अहिले नै भनि हालौ। अमेरिकाको सिम्प्लि भोटिङ्ग नक्कलि प्रबिधिलाइ हटाएर क्रेडिट कार्डबाट आफैले बलजफति अर्काको नाम चोरेर, नक्कलि नाम राखेर बाहेक सशरिर आफै उपस्थित भै भौतिक शरिर नै उभिएर मतदान गर्ने ब्यबस्था गरेका दिन अमेरिकाको एन आर एनको सदस्यता भनेको जम्माजम्मि ५ सयको हाराहारिमा हो। अनि कहा छ त ७५ देशका ५० लाख प्रबासिमा ७ हजारको सदस्यता बोकेर कुन चाहि प्रबासिको नेत्रित्व गर्दैछ त एन आर एन?

प्रबासका केहि मुलुकमा सिला टिपेर बलजफति सख्या पुर्याएर बनाइएका एनआरएनका अधिकाश शाखाहरु सक्रिय छैनन जहा सक्रिय छ अमेरिका, बेलायत, जापान, कतार, बेल्जियम, कोरिया, जस्ता ठाउमा मारामार, कुटाकुट, मुद्दामामिला हुदाहुदा पुलिस बोलाएर आफ्नै सदस्यलाइ लखेट्नु पर्ने अबस्था कसरि सिर्जना भयो त एनआरएनमा? मतलब आन्तरिक सहठन भित्र शान्ति, प्रजातान्त्रिक र पारस्पारिक एबम सहभागितामुक प्रधिनिधित्व र शैलिको पुर्णत अभाब खडकिएको एन आर एनले केहि साहुहरु जो नाम चाहन्थे उनलाइ उचाइमा पुर्याइ दियो तर खाटी प्रबासिहरुमा बितिष्णा जागिरहेको अबस्था बिध्यमान रहदा गुणात्मक क्षमताका ब्याक्तिहरुको नेत्रित्व खट्किरहेको छ यस सस्थामा ।

एन आर एनले आफ्नो आन्तरिक सफाइ, आन्तरिक ब्याक्तित्व र नेत्रित्व बिकासमा कहिले जोड दिन सकेन। यसको प्रतिफल अब एन आर एनमा नेत्रित्व गर्न सक्ने मानिस नै छैन भने भयो। सगठनको बाइलज, बिधानलाइ आफै आफै भित्रियाहरुले गरि खाने थलोमा बिकास गरे, त्यसकारणले सन २००३ देखि २०१७ लाग्न खोज्दा पनि नया क्षमताबान अनुहारहरुलाइ राजनैतिक दलको नाममा, जनजातिको नाममा र पैसाबालाहरुको नाममा, माफिया र मानब तस्करहरुको नाममा सस्थालाइ खल्तिमा हालिरहने कामले यो सस्थाको हड्डी अब मर्मत हुन सक्नेवाला छैन।

यो पनि पढ्नुहोस एनआरएनबारेको कृष्ण अधिकारीको लेख 

एनआरएनले प्रबासिलाइ नगद हैन नलेज बिकास गरि ज्ञान र बौद्दिकता लिएर मात्रिभुमि जाउ कहिल्लै पनि भनेन। जहिले पनि नलेज होइन नगद बोकेर नेपालको खोला र बालुवामा नगद लैजान प्रोत्साहित मात्रै गरेन रित्ता, भोका, सघर्षशिल र हरतहले कडा परिश्रमबाट जेनतेन पुर्बक बाचेका प्रबासिलाइ उनका भएका सिड मनि, सानो स्रोत, ज्ञान, क्षमता प्रयोग गरि सक्दो रुपमा प्रबासमै साना ब्यबसाय प्रबर्दनमा कहिले पनि न त जोड दियो, न त बोल्यो नै, न त उनिहरुको क्षमता अभिब्रिदिमा ध्यान नै दिन सक्यो? प्रबासमै आर्थिक उन्नति नगरे कहा बाट लैजान्छन प्रबासिले नगद मात्रिभुमिको खोलामा खन्याउन?

साना ब्यबसाय, आर्थिक स्वतन्त्रता, आफ्नो साहु आफै बनि आर्थिक सम्ब्रिदि र बचत बोकेर नेपाल लैजान आतुर छन प्रबासि तर खल्ति, बैङ्क खाता र सेभिङ्ग रित्तै छ अधिकाश प्रबासिको भनेपछि कुन चाहि सेतो धन वा कालो धनको लगानि खोजिरहेको छ त एन आर एन? पहिले घर बलियो बने मात्रै समाज बन्ने हो भन्ने एन आर एनले कहिले पनि बुझेन, जब चुनाब आउछ, पैसा डलर नेपालका राजनैतिक दलका ठुला नेतालाइ प्रभाबित बनाइ उनका प्रबासका शाखा र यिनका नेताहरुलाइ किन लाग्ने गर्दछ उर्दि प्रबासिले प्रबास्को आफ्नो नेता छान्ने अधिकारमा? टिकट काटेर नेपाल नै जान नसक्ने प्रबासिले एन आर एनको नेत्रित्वका लागि सपना बुन्न सक्लान त? यि तर्कना मात्र हुनेछन।

एन आर एन भन्छ समाज सेवा गरौ प्रबास बनाउ र मात्रिभुमिलाइ सुन्दर बनाउ तर समाज सेवाको नाममा मानब तस्करि गर्ने, एन आर एनको कार्यक्रममा पैसा खाएर मानिस भित्र्याउने, चलखेल गर्ने, नाम र पदका भोका, गरिब प्रबासिलाइ एक डाइम पनि शुल्कमा सहुलियत दिन नसक्ने, प्रबासिलाइ नै ठगि खाने मेलोमेसोमा यो समाज बनाउने एन आर एनको मक्सद के पुरा होला त? प्रबासिको आर्थिक, सामाजिक, सास्क्रितिक एबम पहिचानमा आआफ्नै मुलुकमा बसेका प्रबासिहरुलाइ अहिलेसम्म कहा प्रोत्साहित गर्यो त एन आर एनले? पाए आफै पद पड्काउने, नेपालका नेता, राजनैतिक दल र सरकारका मन्त्रि एबम अधिकारिहरुसङ्ग ब्याक्तिगत लाभ, पद फाइदा कुम्ल्याउने, फोटो खिच्ने, फेसबुकमा तेर्स्याउने, नेपालमा आफन्त भेटन जादा एन आर एनको ब्रिदि बिकासको क्याप्सन ठोकि फेसबुकमा प्रचार गर्ने, १०।२० हजार रुपैयामा नेपालि पत्रकारलाइ किनि प्रचार गराउने मानिसहरु जसको श्रीमतिले १२ घन्टा दैनिक काम गरिनन भने प्रबासमा यिनका ओभन तातिने छैनन र भट टु तात्ने छैनन अनि यिनै नेपालमा पत्रकार सम्मेलन गरि खरब र अरबका लगानि हाइड्रोपावरमा गर्न सक्छु भनेर प्रोपोगन्डा गरि फेसबुकमा शेयर गर्ने र आफन्त भाइ साथिलाइ गतिलो कमेन्ट हान्न इन बक्समा अनुरोध गर्ने भने पछि यिनले एनआरएन बनाउछन कि एनआरएनको शाख गिराउछन त?

एनआरएनमा हिपोक्रेट्स बढ्न थाले, असाध्यै प्रचारमुखि आत्माहरु बढे एनआरएनमा, अनि यिनबाट एन आर एनले के सिक्ने र पाउने त? हुटिट्याउले प्रिथ्वि धान्ने जस्तो यिनिहरु बिना पहाड नै खस्ला जस्तो।

ससारका प्रबासिहरुले सिकेका, जानेका बुझेका र भोगेका, र ति मुलुकका जिम्मेवार पदमा पुगेका नेपालिहरुबाट क्यास खोज्यो एन आर एन ले कन्सेप्ट कहिले पनि मागेन। क्यास दिगो हुदैन कन्सेप्ट बाडौ र मात्रिभुमिसम्म ति कन्सेप्ट बोकेर दिगो बिकासमा टेवा दिने एजेन्डा एन आर एन ले कहिले पनि अघि सारेन र सार्नै सक्दैन जबसम्म एन आर एनमा हिपोक्रेट्सहरुको बाहुल्यता हुन्छ र क्षमतावान मानिसहरुलाइ बिधानको हाउगुजि देखाएर सधै बन्देज र निषेध गरिनेछ।

कहिले बोल्यो एन आर एनले साना ब्यबसायबाट आर्थिक क्रान्ति? कहिले बोल्यो असल सुशासन, कहिले बोल्यो पर्याबरण, कहिले बोल्यो पब्लिक हेल्थ र हाइजेनिक जस्ता सम्बेदनशिल इस्युहरुमा? प्रबासिले सिकेका नलेज एन आर एनले ताकेको रित्तो खल्तिको नगद भन्दा कैयौ गुणा दिगो र प्रभाबकारि पनि।

एउटा प्रश्न जसका लागि भनेर बनाइएको हो एनआरएन उसै प्रबासिको नेत्रित्व कहिल्लै पनि नबन्ने, कहिल्लै पनि यिनको आबाज, एजेन्डा र आबस्यकतालाइ सम्बोधन गर्न र हुनै नसक्ने हो भने सोझा सिदा प्रबासिका नाममा एक झुन्डलाइ गरि खाने, नाम कमाउने र पहुचवाला बनाउन मात्रै हो भने त आखिर यो सस्था नै आबस्यकता होला र? नत्र यो सस्थाको हड्डीको अप्रेशन गरि हड्डीलाइ चल्नै नदिने टुटे फुटेका बोन र हड्डीका बिकारहरुलाइ नपन्छ्याएसम्म १४ बर्षे एन आर एन ठिटोले पिस अफ माइण्ड प्राप्त गर्ने छैन

नोट : यी लेखकका निजी बिचार हून |

एनआरएनएको दायित्व, चुनौती र आगामी नेतृत्व

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली जनप्रगतिशिल मन्च कतार

नेपाली जनप्रगतिशिल मन्च कतारको पाँचौं महाधिवेशन सेप्टेम्बर १५ मा

नेपाली जनप्रगतिशिल मन्च कतारको महाधिवेशन आयोजक समितीको बैठक सम्पन्न...

नेपाली

कोरियाको हिलो महोत्सवमा नेपालीले पनि लिए मज्जा

कोरियाको छुङ्छङ्नाम्दोस्थित थेछनमा फोर्याङ मड फेस्टिभल भइरहेको छ ।...

मलेसिया

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको...

नेपाल

यू-१९ विश्वकप छनोटमा नेपाल र मलेसिया भिड्दै (लाइभ स्कोर)

सिंगापुरमा जारी यू-१९ विश्वकप छनोट खेलमा अहिले नेपाल र...

ad

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK

ad
http://www.newsnrn.com/wp-content/uploads/world-on-demand-gif-banner.gif