बडा दशैंको शुभकामना– सबैले सुख र शान्ति पाउन्

ENGLISH

बडा दशैंको शुभकामना– सबैले सुख र शान्ति पाउन्

यादव देवकोटा 

9 October, 2016 | Sandeep Bhattarai | comments

बडा दशैंको शुभकामना

नेपालीहरूको ठूलो चाड बडादशैं घरघरमा भित्रिसकेको छ । काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुबाट आआफ्नो घर फर्कनेहरुको ताँती छ । शहरबजारमा किनमेल गर्नेको भीड छ । हुने–नहुने सबैले आआफ्नो क्षमता अनुसार मन खोलेर खर्च गरिरहेका छन् । दशैं नै यस्तो पर्व हो जसले सबैको मुहारमा खुसी ल्याउँछ, शान्ति र समृद्धि अनि सुख प्राप्तिको आशा जगाउँछ । त्यसैले मलुकका हरेक भूभागमा दशैंको चहलपहल बढेको छ ।

राम्रो लगाउने, मीठो खाने र पारिवारिक भेटघाटमा रमाउने सुखद क्षणको मौका बडा दशैंले दिएको छ । सत्ताको लुछाचुँडीमा केन्द्रित देशको राजनीति पनि दशैंको मौसमबाट प्रभावित छ । अब हरेक क्षेत्रमा दशैंपछिको थेगो झुण्डिएको छ । राष्ट्रको प्रमुख चाडपर्व बडादशैंले सवै नेपालीलाई उत्साहित र उमङ्गित पारेको छ । ‘फेष्टिभ मुड’बाट प्रभावित नभएको कुनै क्षेत्र छैन । एकआपसमा विजया शुभकामनाको आदानप्रदानको लहर चलेको छ । यो नै हाम्रो राष्ट्रिय चाडको विषेशता हो । दशैंको मौलिक, सांस्कृतिक र धार्मिक पक्षलाई हेर्दा असत्यमाथि सत्यको विजयको प्रतीक मानिन्छ । दशैंले मुलुकभित्र मडारिएको असत्य पराजित होस् भन्ने सबैको चाहना छ ।

मुलुक धार्मिक–संस्कृतिक अतिक्रमणको शिकार भैरहका बेला बडादशैंको यो अवसरले आफ्नो धर्म–संस्कृति र परम्पराप्रति गौरव गर्ने समस्त नेपालीलाई आफ्नो मौलिक संस्कृतिको रक्षाका निम्ति सचेत र सजग हुनुपर्ने संवेदनशील अवस्था सिर्जित हुँदैगएको स्थितिबोध गराएको छ । नेपालको भूगोल, इतिहास, राजनीति, अर्थव्यवस्थादेखि लिएर सामाजिक, धार्मिक, भाषिक, सांस्कृतिक हरेक क्षेत्र अतिक्रमण, अपव्याख्या, विचलन, अवन्नति र विध्वंशात्मक प्रहारको सुनियोजित अभियानको चपेटामा पर्दैगएको सन्दर्भमा दशैंले त्यसको विनाश गरी आफ्नोपनको रक्षा गर्न बल प्रदान नगरोस् भन्नैपर्छ ।

हाम्रा आफ्ना मौलिक पहिचानहरूमाथि अनेक कुनाबाट प्रहार गर्ने र यो देशको सार्वभौमिकता, अखण्डता र एकतामाथि धावा बोल्ने धृष्टतापूर्ण गतिविधिका दुष्परिणामहरू जताततै देखापरिरहेका छन् । विधर्मीहरूले नानाथरी भ्रमात्मक प्रचार गरेर नेपालको मौलिक संस्कृति नष्ट गर्ने जुन षडयन्त्र गरिरहेका छन् त्यसले तीब्र गति लिइरहेकाले धर्मपरिवर्तन र रूपान्तरणको वेग तीब्रतर बन्दैगएको छ । ९० प्रतिशत नेपाली जनताको अभिमतविरुद्ध लादिएको धर्मनिरपेक्षता यथार्थमा हाम्रो मौलिक संस्कृति र पहिचानलाई समाप्त गर्ने र यो देशको स्वतन्त्र पहिचानलाई नै समाप्त गर्ने दुर्भावनापूर्ण दिशातिर लक्षित छ । बडादशैं जस्तो राष्ट्रिय चाडपर्वको विरोध र बहिष्कारको बीजारोपण गर्ने विधर्मीहरूको दुस्प्रयासको प्रभाव भलै नेपाली समाजमा न्यून नै रहे पनि राजनीतिक विचलनका दुष्परिणामहरूले सांस्कृतिक विचलनलाई मलजल गरिरहेको कुरालाई नकार्नसकिने अवस्था छैन । सांस्कृतिक विचलनलाई प्रोत्साहन दिने कुनै पनि प्रकारका गतिविधिले मुलुकलाई अस्तित्वविहीन अवस्थातिर धकेल्ने कुत्सित धेय राखेको तथ्यलाई सवै नेपालीले समयमा नै बुझेर राष्ट्रको मौलिक पहिचान र अस्मिताको रक्षाका लागि आफूलाई समर्पित गर्नुपर्ने दिन आइसकेको छ ।

हुन त बडादशैंको प्रभावका कारण मुलुकका गम्भीर र जटील राजनीतिक मुद्दाहरु पनि ओझेलमा परेका छन् । सबैको मुखमा ‘अब दशैंपछि’ भन्ने थेगो झुण्डिएको छ । तर, ओझेलमा परेका राजनीतिक समस्या र राष्ट्रिय मुद्दाहरूले दशैंको लगत्तैपछि कुन रूप र गति लिने हुन् भन्ने कुतुहलता सर्वत्र व्याप्त छ । देशले आफ्नै प्रतिनिधिहरूले बनाएको भनिएको संविधान पाएको एक वर्ष व्यतित भए पनि संविधानको कार्यान्वयन नै अहिले जटिल समस्या बनेको छ । प्रदेशको सीमांकन फेरबदलदेखि लिएर हिन्दीलाई नेपालको सरकारी कामकाजको भाषा बनाउनेसम्मका निर्देशित आकांक्षाहरूले मुलुकलाई ‘सुकि दे गाँड भन्दा थपिदे गाँड’को अवस्थामा पुर्याएको छ । वर्तमान सरकारले नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई भुटानीकरण गर्दै नयाँदिल्लीको पोल्टामा हालेको असङ्गत र अनपेक्षित हर्कतले पनि राजनीतिक गैर राजनीतिक हरेक क्षेत्रलाई उत्तिकै उद्वेलित पारिरहेको छ । सत्ता विपक्षी दलहरूको त के कुरा सत्ता साझेदार दल नेपाली काग्रेस, माओवादी केन्द्र र राप्रपा भित्रैबाट पनि विरोधका लहरहरू उठिरहेका छन् । गठबन्धन सरकार स्वयं नै मुलुकलाई तहसनहस पार्ने अभियानमा जुटेको छ । तराई क्षेत्रलाई दुई मधेश प्रदेश बनाउने र हिन्दीलाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न सरकारलाई सकस पर्ने र त्यसो नगर्दा दिल्लीको आशीर्वाद र संरक्षण प्राप्त नहुने भएकाले ‘मधुमास’को एक सय दिन नपुग्दै सरकार संकटमा पर्नथालेको छ ।

मुलुकको राजनीति मात्र हैन, धर्म–संस्कृति र परम्परा पनि धमिलिंदै गएको अहिलेको समयमा राष्ट्रिय चिन्तनधार नै धुमिल छ । यी सब पक्षलाई यथावत कायम राख्न सकिएन भने यसको मूल्य हरेक नेपालीले नराम्रोसंग चुकाउनुपर्ने हुन्छ । बडादशैंको यो पुनित अवसरमा हामी सवै नेपालीमा सांस्कृतिक जागरणको लहर अनि राष्ट्रिय भावनाको विकास होस् भन्ने अपेक्षाका साथ समस्त नेपाली जनको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना अर्पण गर्न चाहन्छौं ।

आज दशैंको सातौं दिन घरघरमा फूलपाती भित्र्याइँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

tq

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारीको घोषणा

विजय थापा,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी...

flag-of-nepali-congress

स्थानीय निर्वाचन वैशाखभित्रै सम्पन्न गर्न कांग्रेसको माग

सत्ता साझेदार दल नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको...

raprapra

राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि कमल...

ss

क्यान्सर रोगी बढाउँदै सूर्तिजन्य पदार्थ

सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि...

ad

MOST POPULAR

kp-oli-2

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

sita

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

sushil

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

kuwati

कुवेतमा दक्ष र अर्धदक्ष नेपाली युवालाई रोजगार

कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले दक्ष र अर्धदक्ष...

FACEBOOK

ad
ad