प्रेमिकाले भेट्न नमानेपछि रिसाएका प्रेमीले प्रेमिकाका ११ वर्षमा भाइको अपहरण गरे । अपहरण गरेपछि प्रेमीले भाइलाई खोलामा डुबाएर मारे ।

९ दिनपछि मागे २ लाख फिरौती,  प्रेमिकाले भेट्न नमानेपछि उनका भाइको अपहरण गरी हत्या

ENGLISH

९ दिनपछि मागे २ लाख फिरौती,  प्रेमिकाले भेट्न नमानेपछि उनका भाइको अपहरण गरी हत्या

9 August, 2018 | Reeta Shrestha | 21460 Views | comments

प्रेमिकाले भेट्न नमानेपछि रिसाएका प्रेमीले प्रेमिकाका ११ वर्षमा भाइको अपहरण गरे । अपहरण गरेपछि प्रेमीले भाइलाई खोलामा डुबाएर मारे ।

लाशलाई खोलामा बगाइदिए । अपहरित मृतक बालकको नाम बरिन्दर कुमार भएको बताइएको छ। ती युवकले हत्या गरेको ९ दिनपछि मृतक बालकका अभिभावकसँग २ लाख फिरौती मागे । पैसा नदिए बालकको हत्या गर्ने धम्कीपूर्ण म्यासेज पठाए । प्रहरीले मोवाइल नम्बरको लोकेशनको आधारमा ३ दिनपछि उनलाई दिल्लीबाट पक्राउ गरेको छ । अभियुक्त बिहारका अजमल आलम भएको बताइएको छ । उनलाई अदालतमा पेश गरेर प्रमरीले अनुसन्धानको लागि म्याद थपेको छ।

मृतक बालकका पिता कुन्ने लालका अनुसार उनका २ छोरा र २ छोरी छन् । उनका एक छोरा र १ छोरी स्कुलमा पढ्छन् । जेठा छोरा जागिर गर्छन् । जेठी छोरी घरमै बस्छिन् । २७ जुलाइका दिन बालक वरिंदर स्कुलबाट फर्केपछि खेल्न गएका थिए । उनी साँझ फर्केनन् । खोज्दा बालक नभेटिएपछि उनले प्रहरीमा बच्चा हराएको भन्दै खोजिदिन निवेदन दिए । त्यसपछि प्रहरी लगातार बच्चाको खोजीमा थियो ।

आरोपीले प्रहरीलाई दिएको बयान अनुसार उनले बच्चाको अपहरण गरेको कारण प्रेमिकाले भेट्न अस्वीकार गर्नु हो । त्यही रिसमा उनले बच्चाको हत्या गर्ने योजना बनाएका थिए । यही अनुसार उनले बच्चालाई पंजाबको लुधियानाको सतलुज नदीमा डुबाएर मारे । त्यसपछि लाश पानीमा बगाइदिए । त्यसपछि उनी क्याथलमा गएर बसे । २ दिनपछि उनले बालकका पिताले प्रहरीमा उजुरी गरेको थाहा पाएपछि दिल्लीमा अर्की गर्लफ्रेण्डकहाँ गएर लुके ।

९ दिन प्रतिक्षा गरेपछि उनले बालकका पितालाई फिरौती माग्दै म्यासेज पठाए । उनले ९ दिनपछि नयाँ सिमकार्ड किनेर त्यसलाई प्रेमिकाको मोवाइलमा राखेर बच्चा चाहिए २ लाख आफ्नो खातामा राखिदिनु भन्दै म्यासेज गरेका थिए । म्यासेज आउनेबित्तिकै प्रहरीले नम्बर ट्रेस गर्न सुरु गर्यो तर आरोपीले मोवाइल अफ गरे । ३ दिनपछि उनले मोवाइल अन गर्नासाथ उनको लोकेसन ट्रेस भयो र प्रहरीले उनलाई पक्राउ गर्यो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK