९ औं डी सिने अवार्ड सम्पन्न : बिपिन र प्रियंका उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित

ENGLISH

ENTERTAINMENT

९ औं डी सिने अवार्ड सम्पन्न : बिपिन र प्रियंका उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित

कुन्जर भट्टराई

7 July, 2017 | Sandeep Bhattarai | 685 Views | comments

छक्का पञ्जाले जित्यो ११ विधामा अवार्ड

डी सिने अवार्ड

बिहीवार हेटौडामा यस बर्षको ९ औं डी सिने अवार्ड सम्पन्न भएको छ । सो अवार्डमा बिपिन कार्की र प्रियंका कार्की उत्कृष्ट अभिनेता–अभिनेत्री घोषित भएका छन् ।

हेटौँडाको ओम्याक्स चलचित्र भवनमा आयोजित अवार्ड समारोहमा विपिनले चलचित्र ‘जात्रा’ बाट उत्कृष्ट अभिनेताको अवार्ड थापे भने प्रियंकाले ‘छक्का पन्जा’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी हुन् ।

गत वर्ष उत्कृष्ट व्यापार गर्न सफल चलचित्र ‘छक्का पञ्जा’ ले सार्वाधिक ११ विधाको अवार्ड आफ्नो पोल्टामा पार्यो । चलचित्रले अभिनेत्री सहित फिल्म, नव निर्देशक, हाँस्यकलाकार, खलपात्र लगायत बिधामा अवार्ड प्राप्त गर्दै आफनो वर्चस्व कायम गर्यो । गतबर्ष प्रदर्शनमा आएका चलचित्रहरुलाई ३२ बिधामा अवार्ड दिइएको थियो ।

पत्रकार लक्ष्मण सुवेदी छायाँछबि चलचित्र पत्रकारिता पुरस्कार’बाट सम्मान भए । साथै छायाँछबी चलचित्रकर्मी रजत सम्मान–२०७३’ बाट अभिनेता सरोज खनाल र अभिनेत्री रुपा राना सम्मानित भए । लामो समय चलचित्र संगीतमा बिताएका बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बासकोटा ‘लाईफटाईम लिजेन्ड्री अवार्ड–२०७४’ बाट सम्मानित भए ।

संगीतकार कालीप्रसाद बाँस्कोटालाई ‘ठमेल बजार’ गीतबाट ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गरियो । कार्यक्रममा चलचित्र ‘तीन घुम्ती’ले जुरी अवार्ड प्राप्त गर्यो ।

वर्ष २०७३ भित्र प्रदर्शन आएका ५५ चलचित्र समावेश अवार्ड चलचित्र र चलचित्रकर्मीे प्रोत्सानका लागि नियमित आयोजना हुँदै आएको आयोजक संस्थाका अध्यक्ष शान्ति प्रियले बताए । बिगत ९ बर्षदेखी ‘छायाँछबि क्रियशन’ले कार्यक्रमको आयोजना गर्दै आएको छ ।

अवार्ड कार्यक्रममा सरोज खनाल, आर्यन अधिकारी, केदार घिमिरे, जितु नेपाल, आकाश अधिकारी, नीता ढुंगाना, अशिष्मा नकर्मी, सारिका घिमिरे, दीपाश्री निरौला, झरना थापा, गौरी मल्ल, बसुन्धरा भुषाल, भुवन चन्द, असिस्मा नकर्मी लगायत दुई दर्जन बढी चलचित्रकर्मी र उल्लेख्य रंगपत्रकार काठमाडौंबाट हेटौडा पुगेका थिए ।

कुन विधामा कसलाई अवार्ड :

१) उत्कृष्ट एनिमेशन – मधुकर बलामी (द फेमश)

२) उत्कृष्ट ध्वनि मिश्रण – मनोजराज भण्डारी (जात्रा)

३) उत्कृष्ट पाश्र्व संगीत – शैलेश श्रेष्ठ (गाजलु)

४) उत्कृष्ट केमियो –निश्चल बस्नेत (लप्पन छप्पन)

५) उत्कृष्ट द्वन्द्व निर्देशक –हिमाल केसी (निर्भय)

६) उत्कृष्ट बाल–कलाकार –साइब्रत आचार्य (छायाँ)

७) उत्कृष्ट हाँस्यकलाकार –केदार घिमिरे (छक्का पञ्जा)

८) उत्कृष्ट खलपात्र –दीपकराज गिरी (छक्का पञ्जा)

९) उत्कृष्ट नृत्य निर्देशक –कविराज गहतराज (पूर्ब पश्चिम रेल‘–छक्का पञ्जा)

१०) उत्कृष्ट गीतकार –आकाश अधिकारी (पागल)‘(के म तिम्रो होईन र)

११) उत्कृष्ट गायिका –मिना निरौला (ठमेल बजार – लुट २)

१२) उत्कृष्ट गायक –कृष्ण काफ्ले (देखन चम्पा – छक्का पञ्जा)

१३) उत्कृष्ट संगीतकार –दीपक शर्मा (देखन चम्पा‘(छक्का पञ्जा)

१४) उत्कृष्ट संवाद दीपकराज गिरी ( छक्का पञ्जा)

१५) उत्कृष्ट पटकथा – हेमराज बिसी (गाजलु)

१६) उत्कृष्ट कथा – रामबाबु गुरुङ (पुरानो डुंगा)

१७) उत्कृष्ट नव–नायिका – श्रृष्टी श्रेष्ठ (गाजलु)

१८) उत्कृष्ट नव–नायक –आर्यन अधिकारी (के म तिम्रो हैन र)

१९) उत्कृष्ट नव–निर्देशक – दीपाश्री निरौला (छक्का पञ्जा)

२०) उत्कृष्ट चरित्र अभिनेत्री –गौरी मल्ल (के म तिम्रो हैन र)

२१) उत्कृष्ट चरित्र अभिनेता –शिशिर राणा (बीर बिक्रम)

२२) उत्कृष्ट सह–अभिनेत्री –सुस्मिता केसी (म त तिम्रै हुँ)

२३) उत्कृष्ट सह–अभिनेता –सुशान्त कार्की (तीन घुम्ती)

२४) उत्कृष्ट सम्पादक– बिपिन मल्ल (छक्का पञ्जा)

२५) उत्कृष्ट छायाँकार –पुरुषोत्तम प्रधान (छक्का पञ्जा)

२६) उत्कृष्ट अभिनेत्री –प्रियंका कार्की (छक्का पञ्जा)

२७) उत्कृष्ट अभिनेता – विपिन कार्की (जात्रा)

२८) उत्कृष्ट निर्देशक –हेमराज बिसी (गाजलु)

२९) उत्कृष्ट चलचित्र –छक्का पञ्जा – आमा सरस्वती गीतादेवी फिल्मस्

बेलायतमा ऐतिहासिक फिल्म फेयर अवार्डस सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK