८ औ बिश्व किर्तिमानको तयारीमा तिमिल्सिना

ENGLISH

NRN GLOBAL

८ औ बिश्व किर्तिमानको तयारीमा तिमिल्सिना

3 September, 2015 | Sandeep Bhattarai | 690 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – ७ पटक विश्व किर्तिमान गरेका विश्व किर्तिमानधारी रोहित तिमिल्सिना ८ औ पटक विश्व किर्तिमान गर्ने तयारीमा छन् l र त्यसको लागि गृह कार्य गर्दै गरेको बताए l

wishw

के मा ईतिहास रच्ने हो भन्ने जिज्ञासामा अहिले नै बेला नभएकोले सहि समयमा जानकारी गराउने उनले बताए l न्युयोर्कमा बसोबास गर्ने तिमिल्सिना कामको अतिरिक्त नेपालको गैर मुनाफा सामाजिक सस्था मदर जोय फाउन्डेसन(एनजीओ )मा संलग्न छन् l

उनले अगाडी भने आफुले पहिले देखि नै विश्व किर्तिमान कायम गर्ने तर्फ लागे पनि सामाजिक सेवामा पनि उत्तिकै संलग्न छु तिमिल्सनाले भने l

मदर जोय फाउन्डेसन(एनजीओ)को तर्फ बाट न्युयोर्कको सयुक्त राष्ट्र संघको कार्यलयले आयोजना गरेको ३ दिने बैठकमा विश्वका ३ सय जना प्रतिनिधिहरुको सहभागीता रहेको उक्त कार्यक्रममा संस्थाको तर्फबाट आफुले प्रतिनिधित्व गरि सहभागी हुन् पाउदा ज्यादै गौरान्वित भएको बताए l

उक्त बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशेष व्यक्तित्वहरु ,प्रतिष्ठान तथा गैर मुनाफा संस्थाका प्रतिनिधि संग नेपालमा ध्वस्त भएका बिद्यालयका बारेमा निर्माण गरि दिन आग्रह गरेको र संस्थाको तर्फबाट लिखित प्रस्ताब पेस गरेको बताए l

नेपालको बिद्यालय बनाउन अन्य संग कुराकानी भै रहेको र आफु सकारात्मक भएको तिमिल्सिनाले बताए l उनले भने मेरो काम किर्तिमान तोड्ने संगै समाज सेवा गर्ने भएकोले नेपालमा भूकम्पले धवस्त बनाएको बिद्यालय बनाउने पहल गरि रहेको बताए l

मदर जोय फाउन्डेसनले भूकम्प पिडित बिद्यालयमा शैक्षिक सामाग्री तथा अन्य स्थानमा भूकम्प पिडितलाई खाधन्य पनि बाडेको बताए l

बिश्व कीर्तिमानी तिमिल्सिना भन्छन नेपालका गैर मुनाफा संस्था ,अमेरिकाका गैर मुनाफा संस्था ,न्युजील्याण्डको गैर मुनाफा संस्था , पशुपतिनाथमा खाना तथा काठमाडौँको क्लबलाई पनि सहयोग गरेको बताए l

र उनले भने आफुलाई अन्य अभिभावकहरुले नेपालमा पढाएको चर्चा गर्दै यसरि अमेरिका आएको खुलाशा गरे l आफुले यसरि शिक्षा पाएकोले समाज सेवामा पनि शिक्षा कै तर्फ आफु लागेको बताए l

नेपालको पहिचान गराउन आफुले बिभिन्न विश्व किर्तिमान बिगतमा तोडेको बताए l र ८ औ बिश्व किर्तिमान तोड्न आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् l

उनले यस अगाडी पहिलो ,२००८ मा टेनिस बल २१ वटा एक हातमा राखी १४:३२ सेकन्ड राखेका थिए ,दोश्रो ,बिश्वको सबै भन्दा लामो हस्त मिलाप (ह्यान्ड सेक )३३ घण्टा ३ मिनेट थियो भने त्यो उनि र उनका भाइ सन्तोष तिमिल्सिनाले किर्तिमान कायम गरेका थिए l तेश्रो २४ वटा गल्फ बल २०११ मा १० सेकन्ड सम्म एक हातमा राखेर बिश्व किर्तिमान कायम गरेका थिए l यसरी ७ पटक उनले विश्व किर्तिमान कायम गरि सकेका छन् भने अब निकट भबिष्यमा ८ औ किर्तिमान कायम गर्ने भएका छन् l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

Malaysia

जेठ २ सम्म भिसा लागेकालाई मलेसिया पठाइने

सरकारले जेठ २ गतेसम्म मलेसिया जान भिसा लागेका नेपाली...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपी मनाइँदै

आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको...

‘ब्ल्याक’ को रोमान्टिक गीत “तिम्रो लागि” सार्वजनिक

दिप श्रेष्ठ निर्देशित फिल्म ब्ल्याक को रोमान्टिक गीत “तिम्रो...

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK