७ महिना पहिले बिहे गरेकी लिजा हेडनले दिइन् छोरालाई जन्म

ENGLISH

ENTERTAINMENT

७ महिना पहिले बिहे गरेकी लिजा हेडनले दिइन् छोरालाई जन्म

22 May, 2017 | Bhawana Pathak | 660 Views | comments

लिजा हेडनले छोरालाई जन्म दिएकी छिन् । उनले इन्स्टाग्राममा श्रीमान् डिनो ललवानीसँग छोरालाई बोकेर एक फोटो सेयर गर्दै सो कुराको जानकारी दिएकी हुन् । लिजाले छोराको नाम ज्याक लालवानी राखेकी छिन् । लिजाले फोटोमा क्याप्सन लेख्दै उनले १७ मे मा छोरालाई जन्म दिएको बताएकी छिन् ।

लिजाले सन् २०१६ को अक्टोबर २९ तारिखमा प्रेमी डिनो लालवानीसँग विवाह गरेकी थिइन् । लिजा र डिनो पछिल्लो डेढ वर्षदेखि डेटिङ गरिरहेका थिए । उनीहरुको विवाह थाइल्याण्डको फुकेटस्थित अमनपुरी बीच रिसोर्टमा भएको थियो ।

विवाहको फोटो लिजाले आफ्नो इन्स्टाग्राममा पनि सार्वजनिक गरेकी थिइन् । लिजाका श्रीमान् डिनो पाकिस्तानी मूलका बेलायती व्यवसायी गुल्लु लालवानीका छोरा हुन् ।

लिजाले आफू गर्भवती भएको खुलासा लगभग पाँच महिना पहिले दिएकी थिइन् । उनले आफ्नो इन्स्टाग्राममा एक बिकिनी फोटो सेयर गर्दै आफू गर्भवती भएको जानकारी सबैलाई दिएकी थिइन् ।

लिजालाई अन्तिम पटक ‘ए दिल हे मुश्किल’ (२०१६) मा देखिएको थियो । यसका साथै, लिजाले बलिउडमा ‘आयशा, ‘रास्कल’, ‘क्विन’, ‘द शकिन्स’, ‘सन्ता बंन्ता प्राइभेट लिमिटेड’, ‘हाउसफूल –थ्री’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK