६ बुँदे घोषणा सहित एएनए एटलांटा सम्मेलन सम्पन्न

ENGLISH

NRN GLOBAL

६ बुँदे घोषणा सहित एएनए एटलांटा सम्मेलन सम्पन्न

6 July, 2016 | Sandeep Bhattarai | 1430 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए)को एटलांटा सम्मेलन ६ बुँदे घोषणा सहित सम्पन्न भएको छ l गत जुलाई १ देखि ४ तारिख सम्म भएको एएनएको सम्मेलनको नेपाल फोरम नामक कार्यक्रमको लागि नेपाली कांग्रेसका युवा नेता गगन थापा ,नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी ,राजनैतिक समीक्षक ,पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल आएका थिए l

aan

कार्यक्रमको समुद्घाटन अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले गरेका थिए l तीन दिन सम्म चलेको उक्त सम्मेलनमा खेलकुद,सांस्कृतिक कार्यक्रम ,नेपाल फोरम ,बिबिध बिषयका संगोष्ठी ,भेषभुषा प्रदर्शन ,प्रतिभा प्रतियोगिताहरु रहेका थिए lअन्तिम दिन साधारण सभाले ६ बुँदे एएनए घोषणा गर्दै यस बर्षको एएनएन सम्मेलन सम्पन्न गरेको छ l

संस्थाको तर्फबाट नेपालबाट आएका बिशेष अतिथिहरुमा नेता सांसद गगन थापा ,नेकपा एमालेका सभासद रबिन्द्र प्रसाद अधिकारी , राजनैतिक समीक्षक ,पत्रकार जय निशान्त तथा संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भुषण दाहाल तथा राजदुत डा अर्जुन कुमार कार्कीलाई सहभागिता जनाएकोमा विशेष धन्यवाद दिएको छ l

aan1

दोश्रो, एएनएका सदस्य तथा रोजर अधिकारीको नेतृत्वमा रहेको वर्तमान कार्यकारी समितिले समस्यामा जकडिएको संस्थालाई पुनर्स्थानमा ल्याउन सकेकोमा धन्यबाद दिएको कुरा छापा बिज्ञप्तिमा उल्लेख गरिएको छ

तेश्रो ,एएनए भकुण्डो बिजेता टोलिलाई २०१७ मा नेपालमा हुने खेलकुदमा सहभागी गराइने भएको छ l चौथो ,अर्को बर्ष एएनए कार्यकारी समितिको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समितिको गठन गर्दै डा शैलेन्द्र शुक्ला सभापति ,नविन दत्त उप सभापति तथा अनिल पाठक सदस्य रहेको समिति को घोषणा गरेको छ l

पाँचौं ,२०१७ मा एएनए सम्मेलन म्यारिल्याण्डको बाल्टिमोरमा हुने घोषणा सहित वर्तमान समितिले स्थानीय संघ तथा संस्था सन् सहकार्य गर्ने बिषयमा काम गर्ने बताईएको छ l

aan2

छैठौं ,एएनए एटलांटा सम्मेलन सफलता पुर्वक सम्पन्न भएकोमा नासा ,आन्मा ,बाना ,आरएमएफएन ,अन्य संघ तथा संस्था तथा प्रतिनिधिलाई धन्यबाद दिएको छ l

यो पनि हेर्नुस – नेपाली अमेरिकन सम्मेलनमा आफ्नो प्रस्तुति दिन नायिका कार्की लस एन्जलसमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK