‘५ दिनसम्म ट्रान्जिटमै बसिरह्यौ’ ,दुबईबाट फर्किएकी पीडित युवतीको बयान

ENGLISH

NRN GLOBAL

‘५ दिनसम्म ट्रान्जिटमै बसिरह्यौ’ ,दुबईबाट फर्किएकी पीडित युवतीको बयान

5 May, 2017 | Bipin Acharya | 610 Views | comments

हामी अप्रिल १५ तारिख दिल्ली पुगेका थियौ‌ं । हामी जानुभन्दा अगाडि धेरै दिदीबहिनीहरुलाई दिल्लीको एक घरमा राखिएको थियो । नेपालबाट घरको काम गर्न प्रतिबन्ध भएको जानकारी दलालले बताएपछि दिल्लीबाट जान राजी भएका थियौै । दिल्लीमा भिसा कुरेर बसेका अन्य दिदीबहिनीहरु दुई महिनासम्म पर्खिबसेका थिए । जसमा धेरैजसो पहिला नै खाडीमा काम गरिसकेकाहरु थिए ।

मलाई दिल्ली–दुबई हुँदै केन्यासम्मको टिकट दिएर एयर इन्डियनबाट दुबई पठाइयो । त्यो समूहमा हामी ७ जना थियौं । तर दुबई पुगेपछि केन्या गएनौं । हामी कुवेत जान हिंडेका थियौं । कुवेतको भिसा र टिकट बिमानस्थलमै आउँछ भनिएको थियो । हामी दुबई बिमानस्थलको ट्रान्जिटमा बसिरहेका थियौं ।

कुवेतको भिसा र टिकट आएन । बिमानस्थलमा अरु नेपाली महिलाहरु देखिन थाले । खाडीमै बसिसकेकाहरु भएकाले उनीहरु अरबी भाषामा पनि कुरा गर्थे । सबै आआफ्ना समूहमा बाँडिएर बसेका थिए । एक अर्कासँग परिचय थिएन ।

बिमानस्थल निकै ठूलो थियो । १२ भन्दा बढी यात्रु कक्षहरु थिए । ठूलाठूला पसलहरु भित्रै थिए । मान्छेको ओहोरदोहोर निकै हुन्थे । हरेक यात्रु कक्षमा चार/पाँचसय हुन्थ्यो । उनीहरु छिनछिनमै बदलिइरहेका हुन्थे। ट्रान्जिटमा केटाहरु पनि धेरै हुन्थे । सबै आआफ्ना धुनमा हुन्थे । कसैलाई कसैको मतलब थिएन ।

पैसा हुने साथीहरुले बिमानस्थलकै पसलमा किनेर खान्थे । एकदमै महुंगो हुन्थ्यो । नहुनेहरु भोकै थिए । हामीले कतै फोन गर्न पाएनौ । केही नेपाली देखे पनि उनीहरुसँग कुरा भएन ।

तस्करीमा परेका ४४ महिला दुबई अध्यागमनद्वारा फिर्ता

धेरै दिन बितेपछि केही महिलाहरु चिनजान भयो । धेरै कुवेत नै जाने भन्थे । कोही कोही त इराक, साउदी र दुबई काम गर्न आएका भन्थे । तर हामी सबै घरकै काम गर्न आएका थियौं ।

कसैसँग कुनै देशकाे भिसा थिएन । कसैसँग भिसा थियो तर टिकट थिएन । धेरै समय एकैखालको महिला देखेपछि सेतो कपडा लगाएर आएका ब्यक्तिले सोधपुछ गर्न थाले । उनीहरु अध्यागमन कार्यलयमा काम गर्ने होलान् । ट्रान्जिटमा ८ घण्टा भन्दा बढी बस्न नपाउने नियम रहेछ । त्यसपछि बिमानस्थलमा अलपत्र भएकालाई एउटा प्रतिक्षालयमा ल्याएर राख्न थाले । हामी ४४ जना पुग्यौ । प्रहरीले सबै कागजात हेर्न थाल्यो । हामी अर्को देश जान नपाउने भयौ । जहाँबाट आएको हो त्यतै पठाइदिने भन्न थाले । दिल्लीबाट आएकोले दिल्ली नै पठाइदिए । दिल्लीले काठमाडौं पठाइदियो ।

दुवईमा पुगेपछि दलालहरुको सम्पर्क भएन वा के भएन हामी अरु ठाँउमा जान पाएनौं । हामी किन जान पाएनौ भन्ने पनि प्रष्ट थाहा भएन । अहिले सबै बुझ्दा हामी मानव तस्करहरुको शिकारमा परेछौं । नेपाल फर्किन पाएकोमा खुसी लागेको छ । काठमाडौंमा आइपुगेपछि अध्यागमन बिभागमा पनि सोधपुछ भइरहेको छ । प्रहरीबाट पनि सोधपुछ हुन थालेको छ । अहिले हामी बयान दिंदादिंदा थाकिसकेको छौ । सबैले हामीलाई त्यसरी पठाउने दलाललाई कारबाही गर्छौ भनेर भनेका छन् ।

(दुबई अध्यागमनले मंगलवार र बुधबार फिर्ता पठाइएको ४४ महिला कामदारमध्ये एक युवतीसँग अध्यागमन बिभागमा होम कार्कीले गरेको कुराकानीमा आधारीत । उनको आग्रहमा नाम राखिएको छैन ।)

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

सुदन थापा

थापाले एनआरएनए युवा संयोजकमा उम्मेदवारी दिने

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान अध्यक्ष सुदन थापाले...

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK