५५ घण्टामा टुट्यो पहिलो विवाह,दोस्रो विवाह तीन बर्ष पनि टिकेन

ENGLISH

ENTERTAINMENT

५५ घण्टामा टुट्यो पहिलो विवाह,दोस्रो विवाह तीन बर्ष पनि टिकेन

2 January, 2017 | Bhawana Pathak | 635 Views | comments

हलिउड पप गायिका ब्रिटनी स्पेयर्सको निधनको खबरले केही दिन अघि निकै नै चर्चा पायो । ब्रिटनीको निधन भएको खबर ट्वीटरबाट भाईरल भएपनि उनका म्यानेजरले, ब्रिटनी स्वस्थ र तन्दुरुस्त भएको खबर दिए ।

britney_spears_controvers

ब्रिटनीको आवाज र उनको सुन्दरतामा फिदा हुनेहरु धेरै छन् । उनको व्यवसायिक जीवन निकै लोभ लाग्दो छ । तर उनको व्यक्तिगत जीवनको गाडी भने सधैँ डगमगाईरह्यो । व्यवसायिक जीवनमा सुख र खुशी पाएकी उनले वैवाहिक जीवनलाई सफल बनाउन सकिनन् । पहिलो विवाह गरेको ५५ घण्टामै उनी श्रीमान्सँग अलग भईन् । त्यस्तै उनको दोस्रो विवाह तीन बर्ष पनि टिकेन ।

सन् १९८१ म मिसिसिपिमा जन्मेकी ब्रिटनीको पहिलो विवाह प्रसंग निकै चाख लाग्दो छ । नयाँ बर्ष मनाउनको लागि लस वेगासमा पुगेकी ब्रिटनीले बाल्यकालका साथी जेसन अलेक्जेंडरलाइृ अचानक विवाहको प्रस्ताव राखेकी थिईन् । जेसनले उनको विवाह प्रस्ताव स्वीकारेपछि उनीहरुले विवाह गरे । तर जब ब्रिटनीको घरमा विवाहको कुरा थाहा भयो । उनीहरुको सम्बन्ध अघि बढ्न सकेन ।

विवाह गरेको ५५ घण्टामै उनीहरु एकअर्काबाट अलग भए । त्यस्तै उनले दोस्रो विवाह सन् २००४ को सेप्टेम्बरमा अमेरिकन डान्सर केविन फीडरलाईनसँग गरिन् । तर यो विवाह पनि तीन बर्ष नपुग्दै टुट्यो । सन् २००६ मा दुई छोरा जन्माएको दुई महिनापछि नै ब्रिटनीले केविनसँग डिभोर्स मागिन् । उनीहरु २००७ मा कानुनी रुपमा अलग भए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK