५० वर्षमा आमा बनिन् माइकल ज्याक्सनकी बहिनी जेनेट

ENGLISH

ENTERTAINMENT

५० वर्षमा आमा बनिन् माइकल ज्याक्सनकी बहिनी जेनेट

4 January, 2017 | Bhawana Pathak | 660 Views | comments

माइकल ज्याक्सनकी बहिनी एवं चर्चित गायिका जेनेट ज्याक्सन ५० वर्षमा पहिलो पटक मंगलबार आमा बनेकी छिन् ।

janet-jackson

उनको प्रेस समूहले एक बयान जारी गर्दै सो कुराको जानकारी दिएको छ । बयानका अनुसार जेनेट र उनका श्रीमान् विसम अल माना छोराको जन्मपश्चात् निकै खुसी भएका छन् । दम्पत्तीले छोराको नाम एइसा अल माना राखेका छन् । जेनेटका श्रीमान् कतारका एक व्यवसायी हुन् ।

जेनेटलाई प्रसवमा कुनै समस्या नभएको र उनी आमा बनेपछि आराम गरिरहेको बयानमा उल्लेख गरिएको छ ।जेनेटले पछिल्लो वर्ष अप्रिलमा आफ्नो चर्चित कन्सर्ट जेनेटले पछिल्लो वर्ष अप्रिलमा आफ्नो चर्चित कन्सर्ट ‘अनब्रेकेबल टूर’ लाई स्थगित गरेका थिए । त्यसपछि नै उनी गर्भवती भएको अनुमान गरिएको थियो ।

त्यतिबेला ट्वीटरमा एक भिडियो पोष्ट गर्दै आफ्नो प्रशंसकहरुलाई कन्सर्ट स्थगित गरेको जानकारी दिएकी थिइन् । उनले ट्वीटरमा लेखेकी थिइन्, ‘तपाईंले यसबारे पहिलो जानकारी पाउन आवश्यक छ । कृपया, यदि तपाईं बुझ्न कोसिस गर्नुहुन्छ भने मैले अहिले जे गरिरहेकी त्यो तपाईंले महत्वपूर्ण सोच्नुहुनेछ ।’

जेनेटले आफू श्रीमानसँग परिवार बढाउने सोच बनाइरहेको जानकारी दिएकी थिइन् । उनले सन् २०१२ मा विवाह गरेकी थिइन् ।पछिल्लो वर्ष उनले आफ्नो सन्तानका लागि आवश्यक सामग्रीको किनमेल गरिरहेको देखिएको थियो ।

आफ्नो पिताको ९ सन्तानमध्ये सबैभन्दा कान्छी जेनेट पपस्टार माइकल ज्याक्सनकी बहिनी हुन् । माइकल ज्याक्सनको ५० वर्षको उमेरमा सन् २००९ मा मृत्यु भएको थियो ।

सन् १९८२ मा जेनेटको पहिलो एल्बम रिलिज भएको थियो । उनका कूल ११ एल्बम छन् । उनको नयाँ एल्बम ‘अनब्रेकेबल’ सन् २०१५ मा रिलिज भएको थियो । उनले सातपटक ग्रामी अवार्ड जितिसकेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK