४१ वर्ष पुगिन शिल्पा सफल : यस्ता छन् सर्जरी पछि सुन्दर बनेकी शिल्पाका कामहरु

ENGLISH

ENTERTAINMENT

४१ वर्ष पुगिन शिल्पा सफल : यस्ता छन् सर्जरी पछि सुन्दर बनेकी शिल्पाका कामहरु

8 June, 2016 | Anjana Bhandari | 460 Views | comments

मोडल को रुपमा करियरको सुरुवात गरेर एक सफल अभिनेत्री बनेकी बलिउड अभिनेत्री शिल्पा शेट्टी ८ जुन देखि ४१ बर्ष पुगेकी छिन् । उनको जन्म सन् १९७५ जुन ८ मा भएको थियो । १६ बर्षमा करियरको सुरुवात गरेकी शिल्पाले पहिलो पटक सन् १९९९ मा लिम्का ब्राण्डको लागि मोडलिङ गरेकी थिईन् । आज उनी एक सफल अभिनेत्रीका साथसाथै सफल ब्यापारीका रुपमा पनि परिचित छिन् ।

shetty

४० फिल्ममा काम :

शिल्पाले बलिउड तेलुगु, र कन्नड फिल्ममा काम गरेकी छिन् । लगभग ४० जती फिल्ममा काम गरेकी उनका दर्जनौ फिल्महरु सफल भए । उनले बलिउडमा फिल्म बाजीगर (१९९३) बाट डेब्यु गरेकी थिईन् । बाजीगरमा शाहरुख खान , काजोल शिल्पा लगायतको अभिनय थियो ।

शिल्पालाई बाजीगरले राम्रै साथ दियो । त्यसपछि उनले लिड रोलमा पहिलो पटक फिल्म आगमा देखा परेकी थिईन् । त्यसपछि उनले धड्कन( २०००), रिश्ते (२००२), फिर मिलेंगे (२००४) बाट सफलता र तारिफ पाएकी थिईन् ।

सफल व्यापारीसँग विवाह :

शिल्पाले २००९ मा बिजनेस म्यान राज कुन्द्रसँग विवाह गरेकी हुन् । त्यस बखत राज कुन्द्रको पहिलो विवाह टुटेको थियो । उनी पहिलो पत्नी कवितालाई डिभोर्स दिएर बसेका थिए ।

shilpa

पहिलो पत्नी कविताबाट राजकी डेलिना नामकी एक छोरी छिन् । त्यस्तै शिल्पा र राजका एक छोरा छन् विवान । शिल्पालाई विवाह गर्ने समयमा राज सफल ब्यापारी बनिसकेका थिए ।

सर्जरीपछि सुन्दर बनेकी शिल्पा:

शिल्पा आज एक सुन्दर र सफल अभिनेत्रीका रुपमा परिचि छन् । उनले सुन्दर हुनको लागि कस्मेटिक सर्जरीको सहारा लिएकी थिईन् । ९० को दशका तस्वीर २००० पछिका तस्वीरमा शिल्पा निकै फरक देखिन्छीन् ।

फिल्ममा सफल हुनको लागि उनले आफ्नो अनुहारको सर्जरी गराएको जानकारी अहिले पनि इन्टरनेटमा पाईन्छ । त्यो पनि एक पटक हैन दुई पटक शिल्पाले अनुहारको सर्जरी गराएकी थिईन् । तर शिल्पाले यो कुरालाई गलत बताएकी छिन् । पलास्टीक सर्जरी गरेपछि शिल्पा राम्री त भईन् नै यसका साथै उनको करियर पनि उँभो लागेको खबरहरु पटक पटक आउने गरेका छन् ।

पूर्णरुपमा ब्यापारमा केन्द्रीत शिल्पा:

हाल शिल्पा फिल्ममा नभएर ब्यापारमा नै व्यस्त छिन् । उनी पूर्णरुपमा ब्यापारमा केन्द्रीत छिन् । शिल्पा एक आई पिएल टिमकी मालिक हुन् । यसका साथै उनी लण्डनमा राजसँग पार्टनर सिपमा फूड चैन चलाईरहेकी छिन् ।

त्यस्तै उनले मुम्बईमा एक स्पा खोलेकी छिन् । यति मात्रै नभएर उनले बहिनी शमीतासँग मिलेर एक फिल्म प्रोडक्शन कम्पनी पनि खोलेकी छिन् । केहि समय अघि मात्रै उनले बान्द्रामा एक नाईट क्लब पनि खोलेकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK