३९ साताको कठिन प्रशिक्षणपछि ग्य्राजुएट भए ब्रिटिस गोर्खा

ENGLISH

NRN GLOBAL

३९ साताको कठिन प्रशिक्षणपछि ग्य्राजुएट भए ब्रिटिस गोर्खा

18 November, 2017 | Kunjar Bhattarai | 2835 Views | comments

नवीन पोखरेल, लन्डनबेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टर बिहीबार गोर्खा सैनिक र तिनका परिवारले भरिभराउ थियो । बेलायती आर्मीमा भर्ती हुन नेपालबाट करिब पाँच हजार प्रतिस्पर्धीमध्येबाट छानिएर गत फेब्रुअरीमा बेलायत आएका २ सय ७० जना गोर्खाका लागि यो अर्को ऐतिहासिक क्षण हो ।

उनीहरु ३९ हप्ताको कठिन प्रशिक्षण पूरा गरी ‘ग्रयाजुएट’ भएका हुन् । हेल्स ब्यारेक परेड स्क्वायरमा उनीहरुको परेड निकै चाखलाग्दो थियो । नेपालको दुर्गम गाउँदेखि क्याट्रिक ग्यारिजनको यात्रा तय गरेका गोर्खाहरुले झन्डै एक वर्ष अवधिमा अंग्रेजी भाषासहित धेरै कुरा सिके । कतिपय त यसअघि जहाज पनि नचढेका थिए । उनीहरु जीवनको नयाँ खुडकिलो उक्लन सफल भएकामा दंग देखिन्थे ।

‘वास्तवमा गोर्खाहरुले नेपाल र नेपालीको नाम विश्वभर राखेका  छन्,’ परेडमा सहभागी बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले भने, ‘गोर्खा हामी सबैको गर्वका विषय हुन् । उनीहरुले बेलायत र नेपालको सम्बन्ध थप सुदृढ पारेका छन् ।’नेपाली राजदूतका साथ बेलायतको सशस्त्र फौजमन्त्री मार्क ल्यानक्यास्टर पनि निरीक्षणका लागि समारोहमा उपस्थित थिए । पूर्व क्विन्स गोर्खा इन्जिनियर ल्यानक्यास्टरले नै भूपू गोर्खाहरुको समान पेन्सनलगायत मुद्दा समाधानका लागि जारी वार्तामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

तालिम पूरा गरेपछिको परेडमा सहभागी गोर्खालाई ल्यानक्यास्टरले बधाई दिँदै सफलताको शुभकामना दिए । नयाँ पुस्ताले बेलायती सैनिकसँगको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिएकोमा उनले खुसी व्यक्त गरे । पहिलो दिनदेखि उनीहरुको तालिम नियालेका कमान्डिङ अफिसर प्रेम गुरुङले पास आउट समारोह गर्वको क्षणका भएको जनाए । ‘यहाँ देखिएका मध्ये कतिपयले तीन/चार पटकसम्म भर्ती हुन प्रयास गरेका थिए,’ गुरुङले भने, ‘सजिलै आजको दिन आएको होइन । उनीहरुलाई बेलायती सेनामा पुग्नका लागि सम्भवत: दुई तीन वर्ष लाग्यो ।’

उक्त अवसरमा गोर्खाहरुले तेक्वान्दो प्रदर्शन तथा खुकुरी नाच देखाएका थिए । इन्फेन्ट्री ट्रेनिङ सेन्टरले वर्षेनी २ हजार जनालाई प्रशिक्षण दिने गरेको छ । सेन्टरले आर्मी इन्फेन्ट्री ट्रेनिङ बटालियनबाट जिम्मेवारी लिइ गत १ मे १९९५ देखि तालिम दिन सुरु गरेको हो । बेलायती सेनामा सन् १८१५ देखि गोर्खाहरुको भर्ती सुरु भएको थियो ।

कान्तिपुरबाट

ब्रिटिस हाइ कमिसनले भिसा नदिएको गोर्खा अभियन्ताको गुनासो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र...

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK