३६ नक्कली डाक्टरविरुद्ध मुद्दा दायर

ENGLISH

३६ नक्कली डाक्टरविरुद्ध मुद्दा दायर

2 July, 2016 | Bhawana Pathak | 1100 Views | comments

नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ । नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो । जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार विभिन्न ११ जिल्लामा मुद्दा दायर गरेको छ । यसअघि पक्राउ परेका १७ जनाको लाइसेन्स भने रद्द भइसकेको छ ।

nakali-doctor-660x330

कारबाहीका लागि कानुन छैन
नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई कारबाही गर्ने प्रस्ट कानुन छैन । मेडिकल काउन्सिल ऐनमा पनि यससम्बन्धी स्पष्ट व्यवस्था छैन । ‘०२० सालमा ऐन बनेको हो, त्यतिवेला डाक्टरलाई भगवान्जस्तो मानिन्थ्यो, कसैको सर्टिफिकेट नक्कली होला भन्ने अनुमान नै गर्न सकिँदैन थियो,’ मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बा“स्कोटाले भने, ‘अब हामी ऐन संशोधनको प्रक्रियामा लागेका छौँ ।’

एमबिबिएसको छानबिनमा समस्या
हालसम्म पक्राउ परेका चिकित्सकहरूको आइएस्सीको शैक्षिक प्रमाणपत्र मात्र छानबिन भएको हो । उनीहरूको एमबिबिएस तथा बिडिएसको प्रमाणपत्र प्रहरीले छानबिन भएको छैन । छानबिनका लागि आर्थिक समस्या रहेको प्रहरी अधिकारीहरूले बताएका छन् । शैक्षिक प्रमाणपत्रको छानबिन सम्बन्धित देशमै गएर गर्नुपर्ने हुन्छ । पक्राउ परेकाहरूले चीन, रसिया, फिलिपिन्स, बंगलादेश, पाकिस्तान, काजकिस्तानलगायतका देशमा एमबिबिएस पढेको देखिन्छ । तर, त्यहाँ गएर छानबिन गर्न स्रोत–साधन नभएको सिआइबीका एसपी लम्सालले बताए ।

११ जिल्लामा मुद्दा
सिआइबीले पक्राउ गरेका ३६ जनालाई उनीहरू कार्यरत जिल्लामा नै मुद्दा दायर गरेको छ । पक्राउ परेकामध्ये १० जनालाई काठमाडौंमा तथा अन्य २६ जनालाई उपत्यकाबाहिरका जिल्लामा मुद्दा दायर गरिएको छ । सम्बन्धित जिल्लामै मुद्दा दायर गर्दा पीडितहरूलाई मुद्दा चलाउन सहज हुने भएकाले त्यसो गरिएको प्रहरीले जनाएको छ । ट्रमा अस्पताल विराटनगरका मोहम्मद अबुल कलाम, राम डाइग्नोस्टिक क्लिनिकका सञ्जयकुमार दास र विराटनगर आ“खा अस्पतालकी लिली राजवंशीविरुद्ध बिहीबार तथा अन्य ३३ जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको हो ।

काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा झरना फार्मेसी कपनकी पुनम कर्ण, कान्तिपुर डेन्टल अस्पताल सामाखुसीका बुद्धिमान श्रेष्ठ, ब्राइट स्माइल डेन्टलकी विनिता अधिकारी, सोसाइटी डेन्टल चाबहिलका रावेत रञ्जनकुमार ठाकुर, केयर डेन्टल पुरानो बानेश्वरका बोदित आचार्य छन् । यसगरी ट्रमा सेन्टरका सन्तोषकुमार साह, रेश्मा फर्मा चाबहिलकी विनिता मण्डल, आम्दा नेपाल तथा हेल्दी डेन्टल क्लिनिककी नीलिमा खड्का महत, जनहित डेन्टल अस्पताल त्रिपुरेश्वरका गणेश साह, हाम्रो सहयात्री अस्पताल जडिबुटीका श्रीराम घिमिरे छन् ।

त्यस्तै, किस्ट मेडिकल कलेजका दिपेश पौडेल र परिवार नियोजन संघ ललितपुरका गजानन्दप्रसाद भण्डारीलाई ललितपुरमा मुद्दा चलाइएको छ । युनिभर्सल मेडिकल कलेजका सञ्जय यादवलाई रूपन्देही, तनहुँ सेवा अस्पताल तनहुँका राहिल फराज अन्सारीलाई तनहुँमा ठगी मुद्दा दायर भएको छ । कुशराज गिरी, पन्नाला पटेल, निमेललाल स्मन, मोहम्मद श्रहुल्लाह, रन्धीर राजवंशी, इशादुल हक, सरोजकुमार सिंह, रामकुमार प्रधान, अरुण गुप्ता, दिनेशकुमार साहविरुद्ध जिल्ला अदालत पर्सामा, महेश्वर राय यादलाई पोखरा, सुनील आचार्य, राजन पुरी र रजनी अग्रवालविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ । रवीन्द्रकुमार पाण्डे र रामजी यादवविरुद्ध धनुषामा, रन्धीर राजवंशीविरुद्ध झापामा, विष्णुप्रसाद भुसाललाई दाङ, श्रीराम श्रीमलविरुद्ध लमजुङ, मनीष अर्यालविरुद्ध सुनसरीमा मुद्दा दायर भएको सिआइबीका एसपी तारिणी लम्सालले बताए ।

तेस्रो चरणको अनुसन्धान सुरु
नक्कली चिकित्सकविरुद्ध सिआइबीले तेस्रो चरणको अनुसन्धान पनि सुरु गरेको छ । पहिलो चरणमा लाइसेन्स परीक्षामा धेरैपटक फेल भएकालाई छानेर अनुसन्धान गरिएको थियो । जसमा डेढ सयको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो । तर, धेरै भागेकाले १७ जना मात्र पक्राउ परे । त्यस्तै, दोस्रो चरणमा बिहीबारबाट आइएस्सी पढेकामाथि छानबिन गरिएको थियो । करिब नौ सय चिकित्सकको सर्टिफिकेट बोकेर सिआइबी अधिकारीहरू छानबिनका लागि बिहार गएका थिए । जसमा करिब सयजनाको सर्टिफिकेट नक्कली भएको पुष्टि भएको थियो । जसमध्ये ३६ जना पक्राउ परे । कतिपय भाग्न सफल भएका छन् । अब तेस्रो, चरणमा भारतको युपीका कलेजहरूबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरेकामाथि अनुसन्धान गर्न लागिएको छ । त्रिविबाटै आइएस्सी उत्तीर्ण गरेको भनेर पनि केहीले नक्कली प्रमाणपत्र पेस गरेको पुष्टि भइसकेको छ । काउन्सिलमा १७ हजार चिकित्सक दर्ता रहेको र सबैको शैक्षिक प्रमाणपत्र छानबिन गरिने डा. धर्मकान्त बा“स्कोटाले बताए ।
-नया पत्रिका बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK