२८ औँ जन्मदिन मनाउँदै मलिना, अनुपसँग जोडिएको थियो नाम

ENGLISH

ENTERTAINMENT

२८ औँ जन्मदिन मनाउँदै मलिना, अनुपसँग जोडिएको थियो नाम

28 January, 2017 | Bhawana Pathak | 695 Views | comments

अभिनेत्री मलिना जोशी आज आफ्नो २८ औँ जन्मदिन मनाउँदैछिन् । १९८९ जनवरी २७ मा धरानमा जन्मेकी मलिना २०११ की मिस नेपाल हुन् । मिस नेपालको ताज पहिरिएको केही वर्षपछि उनले सिनेमामा ब्रेक लिएकी हुन् । उनको पहिलो सिनेमा ऋतु (२०१४) हो । ऋतु पछि उनले ‘द वीनर’ र ‘झुम्की’मा काम गरिसकेकी छिन् ।

malina

मिस वल्र्डमा पनि भाग लिईन्
मलिनाले मिस नेपाल २०११ को उपाधि जितेकी हुन् । मिस नेपाल भन्दा पहिले २०१० मा उनले मिस एन्जलमा पनि सहभागीता जनाएकी थिईन् तर त्यसमा उनी उत्कृष्ट पाँचमा मात्रै परिन् उपाधि भने जित्न सकिनन् । मिस नेपाल जितेपछि उनले मिस वल्र्डमा पनि नेपालको प्रतिनिधित्व गरेकी थिईन् । उनी त्यसमा उत्कृष्ट १५ मा पर्न सफल भईन् । त्यस्तै उनले २०१३ मा मिस एशिया प्यासिफिक वल्र्डमा पनि सहभागीता जनाईन् जसमा पनि उत्कृष्ट १५ मै परिन् ।

अनुपसँग जोडियो नाम
सिने क्षेत्रमा आएपछि मलिना जोशीको नाम अभिनेता अनुप विक्रम शाहीसँग जोडियो । अनुप र मलिना एकताका एकअर्काको प्रेममा खुलरै रमाए । तर २०७२ मा मेलिना अमेरिका गएपछि यी दुईको सम्बन्धमा दरार आएको थियो । मेलिना अमेरिकाबाट आएपछि पनि यी दुईको सम्बन्धमा सुधार आएन । केही समय अघि मात्रै मेलिनाले मिडियाले ब्रेकअपको बारेमा सोधेको प्रश्नको जवाफ दिँदै मैले कहिले नै प्रेम परेको कुरा गरेको थिएँ र ब्रेकअपका बारेमा कुरा गर्नु भनेकी थिईन् ।

तर अनुपले भने मिडियासँगको कुराकानीमा ब्रेकअपका बारेमा बोल्दै कृपया बारम्बार घाउ नकोट्याउनुहोस् भनेका थिए । जे होस् ब्रेकअप पछि पनि उनीहरुको मित्रता भने कायमै छ । अनुप र मलिना ब्रेकअप पछि पनि दयाराम दाहालको निर्देशनमा बन्न लागेको सिनेमामा एकसाथ काम गर्दैछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK