“२६००-तमू च्या ल्होसार २०१६” अमेरिकाको आइअोवामा मनाइदै

ENGLISH

NRN GLOBAL

“२६००-तमू च्या ल्होसार २०१६” अमेरिकाको आइअोवामा मनाइदै

25 December, 2016 | Bipin Acharya | 1090 Views | comments

अमेरिकाको आइअोवा राज्यमा रहेका बुद्ध धर्मावालम्बीहरूको अगुवाईमा यस वर्षको ल्होसर भव्यरूपमा मनाइने तयारी रहेको अाइअोवा स्थित भूटानी अमेरिकी बुद्धिष्ट समाजले जनाएको छ ।

16122306am2

“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ अनि संस्कृति हराए जाति हराउँछ” सन्देश सहित अमेरिकाको आइओवा राज्यको सुन्दर नगरी डिमोहिन सहरमा यही अागामी ३१ डिसेम्बर २०१६ का दिन गुरूड(तमू) जातिहरूको महान पर्व “२६००-तमू च्या ल्होसार भव्यरूपमा मनाइने भएको छ,मूल आयोजक समितिका अध्यक्ष भिम गुरूङले जानकारी दिनु भयो ।

भूटानी अमेरिकी बुद्धिष्ट समाजले आयोजन गरेको यस “२६००-तमू च्या ल्होसार -२०१६” मा अमेरिकाको अन्य राज्यमा रहेका बुद्धिस्ट समाजहरूको पनि उपस्थित हुने भएकाछन् । बिभिन्न सांस्कृतिक झाँकी लगायत अन्य प्रस्तुतिका साथ यस वर्षको ल्होसर भव्यताका साथ मनाइने लक्ष रहेको मुल आयोजक समितिका महासचिव तिलक बाहादुर गुरूङले बताउनु भयो ।

स्थानीय र अागन्तुक कलाकारहरूले विभिन्न साँस्कृतिक र धार्मिक प्रस्तुति दिने तयारी रहेको छ भने तमू च्या ल्होसारका सामाजिक, धार्मिक तथा अाध्यात्मिक पक्षहरूका विषयमा पनि जानकारी अादानप्रदान गरिने बताइएको छ । डिसेम्बर ३१, २०१६ का दिन बिहान ठीक १० बजेदेखि साँझ पाँच बजेसम्म सञ्चालन गरिने उक्त कार्यक्रममा गुरूङ जातिका साँस्कृतिक धरोहरहरूको प्रस्तुति समेत गरिने भएको छ ।

उक्त एकदिने कार्यक्रमलाई मिडिया पार्टनारका रूपमा कार्यक्रम अायोजनामा सक्रिय रहेको भूटानी ढुक्ढुकीले प्रत्येक्ष प्रसारण गर्ने पनि जानकारीदिइएको छ । नेपाली भाषी भूटानीहरूको कला गला र साहित्यमा विगत पाँच वर्षदेखि अनवरत रूपमा सक्रियरहेको कार्यक्रम भूटानी ढुक्ढुकीका निर्देशक राकेश काफ्लेले नेपाली भाषी भूटानीहरूका कला, गला र धर्मसंस्कृतिहरूको विकाश र प्रवर्धनमा भूटानी ढुक्ढुकीले सुचना र सन्देश प्रवाह गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

विभिन्न अवस्था र स्थितिका कारण ढाडिएका समधर्मी र समविचार भएका मानिसहरू एकै ठाउँमा भेला भएर यी र यस्ता कार्यक्रमहरू गर्नु एकतामा विश्वास जाग्नु हो । फुटेर होइन जुटेर हामी सँगै अगाडि जान सक्छाैं भन्ने सन्देश पनि यस कार्यक्रमले दिने विश्वासहरू जानकारहरू बताउँछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK