२५६१ औं बुद्ध जयन्ती पोर्चुगलमा भब्य रुपमा सम्पन्न

ENGLISH

NRN GLOBAL

२५६१ औं बुद्ध जयन्ती पोर्चुगलमा भब्य रुपमा सम्पन्न

सुनिल संगम, लिस्बन

12 May, 2017 | Bipin Acharya | 755 Views | comments

पोर्चुगलको राजधानी लिस्बनमा २५६१ औं बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न भएको छ। बुद्धम शरणम गच्छामी, धन्धम शरणम गच्छामी” भन्दै शान्ति शोभा यात्राले राजधानी लिस्वनको मुख्य पर्यटकीय स्थलहरुको परिक्रमा गरेको थियो।

पोर्चुगलमा सक्रिय रहेका बिभिन्न संघ-सस्थाका प्रतिनिधिहरुका साथै नेपाली तथा विदेसी समुदायहरुको बाक्लो उपस्थिती रहेको उक्त यात्रामा पोर्चुगल स्थित नेपाली तथा पोर्चुगाली बौद्ध लामा गुरुहरुद्वारा विशेष शान्ति पूजा सहित बुद्धकाे मुर्ती र बिभिन्न प्लेकार्ड, ब्यानर र झन्डाहरु बोकी शान्ति शोभा यात्रामा सहभागी भएका थिए ।

नेपाली बाणिज्यदुतको कार्यालय लिस्वनको आयोजना तथा पोर्चुगलका लागि नव नियुक्त पर्यटन दुत रमेश कुमार गुरुङको ब्यबस्थापन संयाेजकत्व रहेको उक्त कार्यक्रममा गैह्र-आवासिय नेपाली संघ पोर्चुगल, आदिवासी जनजाती महासंघ पोर्चुगल, नेपाली नारी समाज पोर्चुगल, अनेसास पोर्चुगल, तमु समाज पोर्चुगल, शेर्पा संघ पोर्चुगल, तामाङ समाज पोर्चुगल, मोना पोर्चुगल, मगर समाज पोर्चुगल, नेवा पुच: पोर्चुगल लगायतका संघ-सस्थाका प्रतीनिधिहरुले आ-आफ्नो संस्थाका ब्यानर सहित गौरबका साथ उत्साह पूर्वक सहभागिता
जनाएका थिए।

शान्ति शोभा यात्राको अन्त्यमा आयोजक नेपाली अवैतनिक बाणिज्य दुत मकर बहादुर हमालद्वारा कार्यक्रममा सहभागी सम्पूर्ण संघ-सस्थाका प्रतिनिधिहरु तथा अन्य नेपाली तथा बिदेसीहरुलाई धन्यवाद दिएका थिए भने प्रत्यक्ष सहयोग गर्ने बिभिन्न संघ-सस्थाहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरिएको थियो साथै उक्त कार्यक्रमलाई गैह्र-आबासिय नेपालि संघ पोर्चुगलका अध्य्क्ष भीम केसी कमल, आदिवासी जनजाती महासंघका अध्यक्ष नर भुपाल राई र पर्यटन दुत तथा गैह्र-आबासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य रमेश कुमार गुरुङले सम्बोधन गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK