२५६१ औँ बुद्ध जयन्ती जापानमा भव्य रुपमा मनाईयो

ENGLISH

NRN GLOBAL

२५६१ औँ बुद्ध जयन्ती जापानमा भव्य रुपमा मनाईयो

15 May, 2017 | Sandeep Bhattarai | 910 Views | comments

गौतम बुद्धको २५६१ औँ जन्मजयन्ती

शान्तिका अग्रदूत गौतम बुद्धको २५६१ औँ जन्मजयन्तीको अवसरमा टोकियोमा भव्य कार्यक्रमको आयोजना गरि मनाईएको छ।

नेवा अन्तराष्ट्रिय फोरम जापानको आयोजनामा टोकियो स्थित जिन्तोईन बुद्ध विहारमा आयोजित कार्यक्रममा बुद्धको संझनामा दीप प्रज्वलन सहित बुद्ध सन्देशका वारेमा चर्चा गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले भगवान बुद्धको जन्म नेपालमा भएको बारे जापानवासी र विदेशीहरुमा जनचेतना मुलक कार्यक्रम वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। भगवान बुद्ध सवैका साझा भएकाले नेपालीहरुले बुद्ध जन्मस्थलका वारेमा धेरैभन्दा धेरै कृयाकलापहरु आयोजना गरिनु आवश्यकता रहेको उहाँको भनाई थियो।

कार्यवाहक राजदूत अर्यालले आगामी वर्षबाट दूतावास कार्यालयले समेत बुद्ध जयन्ती समारोहलाई कार्यक्रम गरि मनाउने जानकारी दिनुभयो।यसैगरि कार्यक्रममा विशेष अतिथि नेपाल जापान सोसाईटिका अध्यक्ष मिचुआकी कोजिमाले बुद्ध जन्मभूमिबाट जापानमा आएका नेपालीहरुको हरेक कृयाकलापमा नजिक रहेको स्मरण गराउदै बुद्ध जन्मस्थल लम्विनीको प्रचारप्रसार अझ बढाउनु पर्नेमा जोड दिनुभयो। यस्तै बुद्ध जन्म तथा बुद्धको शान्ति सन्देशलाई विश्वभरि फैलाएर शान्ति स्थापनाका लागि एकजुट हुनु पर्ने बताउनु भयो।

गौतम बुद्धको २५६१ औँ जन्मजयन्ती

नेवा अन्तराष्ट्रिय फोरम जापानका महासचिव शिव तण्डुकारले संचालन गरेको कार्यक्रममा अध्यक्ष गंगा डंगोल लगायतका विभिन्न महानुभावहरुले बुद्ध ज्ञान र शान्ति सन्देशको महत्वका वारेमा भनाईहरु राख्नु भएको थियो।

मलेसियामा बुद्ध जयन्तीको अवसरमा शान्ति पद यात्रा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK