२४ वर्षपछि भारतीय जेलबाट फर्किए गणेश

ENGLISH

NRN GLOBAL

२४ वर्षपछि भारतीय जेलबाट फर्किए गणेश

– राजेन्द्र पनेरु, रासस

5 June, 2018 | Sandeep Bhattarai | 3120 Views | comments

जेल

युवा अवस्थामै कमाउनका लागि भारत पुग्नुभएका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताउनुभएको थिएन । कमाउनका लागि भारततर्फ जाने बेला रु चार हजार मूल्यबराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्कनु भएका उहाँलाई त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य बनायो ।

पञ्जाव प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा उहाँलाईजालन्धरको कपुरथला सेन्टर कारागारमा पु¥याइयो र उहाँले पूरै युवा उमेर सोही कारागारमा बिताउनुभयो । कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नु परेको ऐरले बताउनुभयो ।

कारागारमा रहँदा दुई छाक खानबाहेक अन्य सुविधा दिइएको थिएन उहाँले भन्नुभयो, “ कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर अन्य कैदीसरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन ।” कमाउने पूरै उमेर कारागारमा बिताएपछि छ महिनाअघि उहाँलाई रिहाइ गरिएको हो । रिहाइ भएपछि काठ बोक्ने ट्र्याक्टरमा काम गर्न थालेँ । सोही क्रममा नेपालीसँग भेट भयो । मैले तपार्इंहरु नेपाली हो भनेर सोधेँ उहाँले भन्नुभयो, “उनीहरुले नेपाली भएको बताएपछि आफ्नो सबै कथा व्यथा सुनाएँ ।

उनीहरुले फेसबुकमा मेरो फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए । छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याए ।” सोमबारमात्रै उहाँ घरमा पुग्नुभएको हो । जेठो छोरा आठ वर्ष र कान्छो छोरा डेढ वर्षको छँदा उहाँ भारततर्फ लाग्नुभएको थियो । श्रीमतीले छोराले फेसबुकमा देखाइएका बुबा नै भएको बताएपछि उनीहरु चार दिनका लागि भारत जाँदै छौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले भन्नुभयो, “धेरै ठाउँमा खोजतलास गर्दासमेत भेटाउन सकेका थिएनौँ ।”

“यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पु¥याएछन् । पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौँ”, उहाँले बताउनुभयो । भारतका धेरै ठाउँमा खोजतलास गर्दासमेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै थियो भतिजा रमेशबहादुर ऐरले भन्नुभयो, “भेटिएपछि खुसीको सीमा नै रहेन ।”

वर्षौंअघि हराउनुभएका उहाँ भेटिएपछि गाउँका सबै बासिन्दामा खुशियाली छाएको छ । गाउँका सबैजना भेट्न उहाँको घरमा जम्मा हुन थालेका छन् । कारागार पर्नुअघि र परेपछिको कुरा भेट्न आउने सबैलाई गणेशले बिनाहिचकिचाहट सुनाउने गर्नुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK