२४ वर्षपछि इजिप्ट विश्वकपमा छनोट

ENGLISH

SPORTS

२४ वर्षपछि इजिप्ट विश्वकपमा छनोट

घाना बाहिरियो, पोल्यान्ड पनि विश्वकपमा

9 October, 2017 | Sandeep Bhattarai | 750 Views | comments

२४ वर्षपछि इजिप्ट विश्वकपमा छनोट

आगामी वर्ष रसियामा हुने विश्वकप छनोटको अन्तिम चरण जारी रहेको छ । यस्तोमा अफ्रिकाबाट इजिप्ट २४ वर्षपछि विश्व कप छनोटको कोशेढुंगा पार लगाएको छ । इजिप्ट छनोट हुँदा घाना भने अभागि सावित हुँदै बाहिरिएको छ ।

विश्वकप यात्रामा छनोट हुन दुई दशक कुर्नु परेपनि इजिप्टले रुस विश्वकपका लागि भने धेरै तनाव लिनु परेन उसले एक खेल अगावै विश्वकप टिकट तय गर्यो । यद्धपि कठिन समूहका रुपमा हेरिएको समुह ’ई’ मा उसले घाना, युगान्डा जस्ता टिमलाई पाखा लगायो ।

एक खेल अगावै छनोट हुने खेलमा भने उसले कंगोलाई २–१ ले हरायो । इजिप्टको जितमा मोहमद सलाहले ६३ र दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा गोल गरे। त्यसअघि ८८ औं मिनेटमा कंगोका अर्नोल्ड बाउकाले बराबरी गोल फर्काउँदै इजिप्टलाई संकटमा पार्ने प्रयास गरेका थिए ।

त्यस्तै विश्वकप छनोट अंतर्गर नै युरोपियन छनोट तर्फ पोल्यान्डले बाजी मार्यो । युरोपीयन छनोटमा समुह ’ई’ मा रहेर प्रतिष्पर्धा गरिरहेको पोल्यान्डले तुलनात्मक रुपमा सहज समूहमा रहेको थियो । उसको समूहमा बलियो प्रतिद्धन्दिका रुपमा डेनमार्कलाई हेरिएको थियो । शिर्ष स्थानमा रहेर छनोट भएको पोल्यान्डले १० खेलबाट २५ अंक जोड्यो । समान खेलबाट २० अंक जोडेको डेनमार्क प्लेअफका लागि छनोट हुन सफल रह्यो ।

पोल्यान्डले समूहको अन्तिम खेलमा मोन्टेनेग्रोलाई ४–२ गोलअन्तरले पराजित गर्न सफल भयो । प्लेअफका लागि छनोट हुन सफल भएपनि डेनमार्क अन्तिम खेलमा रोमानियासँग १–१ गोलको बराबरीमा रोकियो ।

त्यस्तै युरोपियन छनोटमा समूह ’सी’ मा उत्तरी आयरल्यान्डले प्ले अफमा स्थान बनाउँदा नर्वे जितका बाबजुत बाहिरियो । आयरल्यान्ड अन्तिम खेलमा नर्वेसँग १–० ले पराजित भएपनि प्लेअफमा स्थान बनाउन सफल भयो । यो समुहबाट चेक रिपब्लीक पनि बाहिरियो । समूह ’सी’ बाट जर्मनीले यसअघि नै विश्वकपमा स्थान पक्का गरिसकेको छ । जर्मनीले अन्तिम खेलमा अजरबैजानलाई ५–० को रवाफ कायम राख्न सफल भयो ।

२४ वर्षपछि इजिप्ट विश्वकपमा छनोट

समूह ’एफ’ मा स्लोभाकियाले प्ले अफमा स्थान बनाउँदा स्कटल्यान्ड समूहमा तेस्रो हुँदै बाहिरियो। अन्तिम खेलमा स्लोभाकियाले माल्टालाई ३–० ले हराएर स्कटल्यान्डलाई गोलअन्तरमा पछि पार्दै प्लेअफमा छनोट भयो । स्कटल्यान्ड भने स्लोभेनियासँग २–२ को बराबरीमा रोकिन पुगेको थियो । यो सहबाट इंगल्यान्ड सोझै छनोट भइसकेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK