२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

ENGLISH

२०७४/७५ का लागि बजेट आज संसदमा पेस हुने

29 May, 2017 | Bhawana Pathak | 600 Views | comments

सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले सोमबार बजेट पेस गर्न लागेको हो ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बजेटको अन्तिम तयारीबारे आइतबार जानकारी गराएका छन्, गोरखापत्रमा खबर छ ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र बजेट महाशाखाका प्रमुख मधु मरासिनी समेतले बजेटका अन्तर विषयमा जानकारी गराएका हुन् । अर्थमन्त्री महराले व्यवस्थापिका संसद्मा सोमबार ४ बजे सरकारको आगामी आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १२ खर्ब तीन अर्ब रुपियाँको सीमा तोकेको छ । यही सीमाभित्र रहेर सरकारले बजेट ल्याउने तयारी गरेको हो । यस पटकको बजेटमा नयाँ किसिमका कार्यक्रम नसमेटिए पनि स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उपप्रधानमन्त्री महराले यसअघि नै स्पष्ट पाएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK