१८८ यात्रु सवार लायन एयरको विमान समुन्द्रमा खस्यो : यात्रुहरुको अवस्था अज्ञात

ENGLISH

WORLD

१८८ यात्रु सवार लायन एयरको विमान समुन्द्रमा खस्यो : यात्रुहरुको अवस्था अज्ञात

29 October, 2018 | Sandeep Bhattarai | 3545 Views | comments

१८८ यात्रु सवार लायन एयरको विमान समुन्द्रमा खस्यो : यात्रुहरुको अवस्था अज्ञात

इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएको छ । उक्त जहाजमा चालक दलका सदस्य सहित एक सय ८८ जना रहेको अधिकारीहरुले बताएका छन् ।

इन्डोनेसियाको राजधानी जकार्ताबाट उडेको १३ मिनेटभित्रै बिमानसँग राडारको सम्पर्क टुटेको थियो । उक्त जहाज समुद्रमा खसेको भेटिएको छ ।

भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको छ । उडान नं. जेटी–६१० को उक्त हवाईजहाजमा १७८ जना वयस्क, एकजना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।

यो बिमान राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो ।इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजी भइरहेको बताउनुभयो । उहाँले राडारसँगको सम्पर्क टुट्नुअघि बिमानले जकार्ता नै फर्कनका लागि अनुरोध गरेको समेत जानकारी दिनुभयो । तर जहाज फर्कन नपाउँदै जाभा समुद्रमा खसेको बताइएको छ ।

इन्डोनेसियाका हजारौं द्वीपसँगको सम्पर्कका लागि हवाईजहाज नै सबैभन्दा बढी प्रयोग गरिने यातायातको साधन हो, तर हवाई सुरक्षामा मामिलामा इन्डोनेसिया कमजोर मानिन्छ । हालैका वर्षहरुमा इन्डोनेसियामा हवाई दुर्घटनाको संख्या बढ्दै गएको छ ।गत अगष्टमा पूर्वी इन्डोनेसियामा भएको हवाई दुर्घटनामा आठ जना मारिएका थिए । त्यसबखत दुर्घटनामा एकजना १२ वर्षीय बालकमात्र बाँच्न सफल भएका थिए ।

अगष्ट २०१५ मा भएको अर्को दुर्घटनामा बिमानमा सवार सबै ५४ जनाको मृत्यु भएको थियो । त्यस्तै २०१४ मा एयर एसियाको बिमान दुर्घटनाग्रस्त हुँदा १६२ जनाको ज्यान गएको थियो ।इन्डोनेसियामा हाल सञ्चालनमा रहेको लायन एयर सस्तो बजेट एयरलाइन्स हो । यो बिमान कम्पनीका जहाजहरु पटकपटक दुर्घटनामा परेको पाइएको छ ।

सन् २०१६ को मे महिनामा दुईवटा लायन एयरका बिमानहरु जकार्ताको सुकार्नो–हाट्टा विमानस्थलमा एकअर्कासँग ठक्कर खाएका थिए । सन् २०१३ मा एउटा लायन एयर जेट बालीको समुद्रमा खसेर दुर्घटनाहुँदा बिमान नै दुईटुक्रा भएको थियो । यो दुर्घटनामा कसैको मृत्यु नभएपनि धेरै यात्रु घाइते भएका थिए ।

क्युबामा भएको विमान दुर्घटनामा सयजना भन्दा बढीको ज्यान गयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK