१५ औं आहा रारा गोल्ड कपको उपाधी मनाङलाई

ENGLISH

SPORTS

१५ औं आहा रारा गोल्ड कपको उपाधी मनाङलाई

28 January, 2017 | Yadab Devkota | 870 Views | comments

Fimal

आयोजक सहारा क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले १५ औं आहा रारा गोल्ड कपको उपाधी जितेको छ ।

शनिबार पोखरा रंगशालामा फाइनल खेलमा मनाङले आयोजक साहारालाइ १-० गोलले पराजित गर्दै नगद रु पाँच लाख पचास हजार सहित उपाधी हात पारेको हो । आयोजक साहारा क्लब उपबिजेता बन्न सफल भएको छ । उसले नगद रु दुई लाख पच्पन्न हजार प्राप्त गर्यो ।

प्रतियोगिताको दोश्रो हाफको ७० औं मिनेटमा मनाङ् मर्स्याङ्दीकातर्फबाट जर्सी न ४ का कमल श्रेष्ठले गोल गर्दै उपाधी सुरक्षित बनाएका हुन । शनिबार सम्पन्न फाइनल खेलको म्यान अफ द म्याचपनि उनै भए ।

त्यस्तै प्रतीयोगितामा साहाराका सुजित गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदै रु एक लाख असी हजार बराबरको एक थान स्कुटर प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलकिपरको उपाधी पनि सुजित गुरुङ्ले नै हात पारे ।

उत्कृष्ट मिड फिल्डर मनाङका सुजल श्रेष्ठ, सर्वाधिक गोलकर्ता झापा ११ का कर्ण लिम्बू । उत्कृष्ट प्रशिक्षक साहाराका किरण श्रेस्ठ घोषित भए ।

बिजेता र उप बिजेता टिम तथा उत्कृस्ट खेलाडीहरुलाइ महिला तथा बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्का, व्यवस्थापिका संसद विकास समितिका सभापती रवीन्द्र अधिकारी, क्षेत्रीय प्रशाशक खगराज बराल, क्षेत्रीय खेलकुद बिकाश समितिका अध्यक्ष खगराज पौडेल,खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK