१२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग

ENGLISH

NRN GLOBAL

१२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि कुबेतबाट आर्थिक सहयोग

30 November, 2016 | Bipin Acharya | 1090 Views | comments

आर्थिक कठिनाईले उपचारमा समस्या भएका मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले उल्लेख्य सहयोग प्रदान गरेका छन् ।

16112954dsfsd

हालसम्म विदेशमा रहनेहरुबाट २ लाख ८८ हजार ३५ रुपैयाँ सहयोग संकलन भएको छ । पछिल्लो पटक कुवेतमा रहेका १५ जना नेपालीले ८९ हजार ७ सय ५० रुपैयाँ संकलन गरेर पठाएका छन् ।

जिरिखिम्ती घर भएका विमल राईको अगुवाईमा संकलित सो रकम राई घर आएको बखत आज राइकै हातबाट उत्सव धिमाल बचाउ अभियान समितिका संयोजक साजन धिमाल र उत्सवका बुवा छत्रबादुर धिमाललाई हस्तान्तरण भएको छ ।

यस अघि इजरायलमा रहेका पथरीशनिश्चरे ८ घई भएका मधु काङ्वाको नेतृत्वमा सहयोग संकलन गरी १ लाख १० हजार रुपैयाँ पठाएका छन् । कतारमा रहेका डिल्लीबहादुर रानामगरले ५ हजार ३ सय १५, अमेरिकामा रहेका जिरिखिम्तीका प्रदिप कटुवालले ३ हजार ७ सय ७० रुपैयाँ सहयोग पठाउनु भएको छ ।

स्थानीय एभरेष्ट माविमा कक्षा ६ मा अध्ययरत विपन्न परिवारका उत्सव ब्रेन ट्यूमरबाट क्यान्सर भएर बम्बईको टाटा मेमोरियल अस्पतालमा उपचाररत छन् । उत्सवको उपचारका लागि पथरीशनिश्चरे र बयरबनका गरी ११ वटा विद्यालय, त्यहाँका विद्यार्थी, शिक्षक र कर्मचारीबाट १ लाख ४२ हजार ३ सय ९५ रुपैयाँ संकलन भएको छ ।

देश र विदेशबाट गरी हालसम्म ५ लाख ३९ हजार २३ रुपैयाँ सहयोग संकलन भएको अभियान संयोजक साजन धिमालले बताउनु भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK