१२८औँ अन्तराष्ट्रिय मजदुर दिवस बेल्जियममा मनाईयो

ENGLISH

NRN GLOBAL

१२८औँ अन्तराष्ट्रिय मजदुर दिवस बेल्जियममा मनाईयो

5 May, 2017 | Sandeep Bhattarai | 540 Views | comments

मजदुर दिवस

आन्तोर्पेन । ‘विश्वका मजदुरहरु एक हौं’ भन्ने मुल नारामा मे १ तारिख जनप्रगतिशिशल मञ्च तथा प्रगतिशिल महिला मञ्च बेल्जियमको आयोजनामा १२८औं अन्तराष्ट्रिय मजदुर दिवस तथा नयाँ बर्ष २०७४ सालको शुभकामना आदान प्रदान कार्यक्रम भब्यता पूर्वक सम्पन्न गरेको छ ।

आन्तोर्पेनको नर्थ पार्कमा बेल्जियम स्थित सम्पुर्ण संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिको साथै बेल्जियमबासी नेपालीको उल्लेख्य उपस्थिति रहेको थियो ।

मजदुर आन्दोलनको क्रममा वा समाजवादी राज्य स्थापनाको निम्ति वलिदानी दिनु भएका महान शहिदरुप्रति एक मिनेट मौन धारण गरि कार्यक्रमलाई औपचारिक रुपमा मञ्चको महासचिव पवन सुबेदीले सञ्चालन गरेका थिए भने मजदुर दिवसको बारेमा मे दिवसको महत्व र गौरवको बारेमा प्रगतिशिल महिला मञ्चको अध्यक्ष शुष्मा भुसालले आफ्नो धारणा राखेकी थिइन् ।

उनले विश्वमा मजदुर दिवस, दिवसको रुपमा मान्यता पाएको अमेरिकाको सिकागोमा सन् १८८५ देखि भए पनि मजदुर आन्दोलनलाई समाजवादी राज्यको स्थापनासँगै जोडेर लैजानु पर्ने मत युरोपका समाजबादी कम्युनिष्ट पार्टीहरुले १९०४ मा सम्पन्न  दोश्रो अन्तराष्ट्रिय महासम्मेलनले विश्वका मजदुरलाई एक पार्दै मे महिनामा ठूल-ठूला निर्णायक आन्दोलनहरु गर्ने गरेकोले सिकागोको आन्दोलनलाई पनि सम्मान गर्दै मे १ लाई उल्लासको रुपमा मानाउने निर्णय गरेकोले अहिले सम्मामा विश्वका प्रगतिशिल बामपन्थिहरुले मे दिवसलाई उल्लासको रुपमा मनाउदैं आएको हो र यसको गौरबपूर्ण इतिहासलाई पक्रनु नै मे दिवस मनाउनुको अर्थ रहन्छ भन्दै सबैलाई मे दिवस र नयाँ बर्षको शुभकामना दिए ।

कार्यक्रममा संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष सुरेन्द्र भुषालले मजदुर हकहितको लागि र समाजवादी राज्य सत्ता स्थापनाको लागि बिगतमा भएका मजदुरहरुको वलिदानि र महान आन्दोलनलाई सम्झनु र जहिले सुकै मजदुर वर्गको अधिकारको लागि सजग रहनु नै मजदुर दिवसको मर्म हो भने । अहिले सम्म विश्वमा भएका महान परिवर्तनहरु मजदुर आन्दोलन बिना सम्भव नभएको र नेपालमा पनि महान दश बर्षे जनयुद्धमा धेरै मजदुरहरुले ज्यान गुमाएको स्मरण गराएका थिए ।

सोहि क्रममा प्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेल, एनआरएनए बेल्जियमका अध्यक्ष गंगा धर गौतम, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटा, नेपाली प्रबासि मञ्च बेल्जियमको महासचिव चन्द्र शर्मा, प्रवासि संघिय समाजबादी पार्टि बेल्जियमका महासचिव लोक राना मगरले शुभकामना मन्तब्य दिए। कार्यक्रममा राप्रपा प्रवासी युरोपको अध्यक्ष सुरेन्द्र अमात्य, एनआरएनए आईसिसि सचिव अर्जुन कुमार श्रेष्ठ, एनआरएनए आईसिसि सदस्य जानकी गुरुङ, चिज कुमार श्रेष्ठ, नेत्र मगर, युरोप संयोजक कुल आचार्य, युरोप उपसंयोजक प्रेम गुरुङ, महिला केन्द्रिय उपसंयोजक रजनि प्रधान कलाकार समाज बेल्जियमका अध्यक्ष पार्वती अधिकारी, शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, तमु समाज बेल्जियमका अध्यक्ष जिवन गुरुङ, ईन्द्र धनुष क्लब लुभेनको अध्यक्ष मिन गुरुङ, मिलन केन्द्र ब्रसेल्सको अध्यक्ष यज्ञ बहादुर गुरुङ, पर्वत समाजका अध्यक्ष झलक केसी, नेपाली मिलन केन्द्र युरोपका महासचिव मदन दवाडी, बागलुङ समाज बेल्जियमको अध्यक्ष गंगा शर्मा लगायत प्राय सबै संघ संस्थाहरुको प्रतिनिधि उपस्थित थिए ।

कार्यक्रमको अन्तमा जनप्रगतिशिल मञ्चको अध्यक्ष जित बहादुर लामाले संगठनको तर्फबाट सबैलाई अन्तराष्ट्रिय मजदुर दिवस तथा नयाँ बर्ष २०७४सालको शुभकामना ब्यक्त गर्दै मजदुर दिवसको कार्यक्रम भएकोले बार्ब क्यु साहायक मात्रै हो र यसमा मजदुर आन्दोलनको इतिहासलाई सम्मान गर्नु नै मजदुर दिवस मनाउनु हो भने। बेल्जियम स्थित सम्पूर्ण संघ संस्थाको प्रतिनिधिहरुलाई कुनै पनि संघ संस्थाको कार्यक्रममा बैचारिक आरोप प्रत्यारोप गर्नु भन्दा सम्बन्धित कार्यक्रमको महत्व माथि मात्रै बोल्दा संस्थागत तथा सामाजिक भावनात्मक एकतालाई बलियो बनाउने भएकोले बैचारिक मतभेदको बिषयहरु भए छुट्टै त्यसै प्रकारको कार्यक्रम आयोजना गरेर बाद बिबाद गर्दा राम्रो हुने बिचार राखे ।

सोहि कार्यक्रममा अध्यक्ष जित लामाले संस्थाको तर्फबाट अगामी अगस्थ महिना हुने एनआरएनए बेल्जियमको राष्ट्रिय सम्मन्वय समितिको निर्वाचनको लागि अध्यक्षमा वर्तमान एनआरएनए बेल्जियमको महासचिव लोक दाहाललाई प्रस्ताबित गरे भने अन्तराष्ट्रिय सम्मन्वय समितिको सदस्यको लागि चित्र सुबेदीलाई प्रस्ताब गरि उनीहरुको पक्षमा सर्वसम्मत गरी दिनु हुन र अन्य बाँकी पदहरुमा औपचारिक छलफल गरी टुङग्याउला आग्रह गरे।

बेल्जियमस्थित सम्पुर्ण संघ संस्था र स्वतन्त्र नागरिक समाजलाई लोक दहाल र चित्र सुबेदीलाई सहयोगको लागि अपिल गर्दै औपचारिक कार्यक्रम समापन गरे । यसले गर्दा एनआरएनए बेल्जियमको चुनावी चहल पहल पनि सुरु भएको छ । कार्यक्रममा नेपालबाट आएका वरिष्ठ संगीतकार एवं गायक चेतन सापकोटाले बिच बिचमा गीत गाउँदै वाताबरण संगीतमय बनाएका थिए ।

पवन सुबेदी
महासचिव
नेपाली जनप्रगतिशिल मञ्च , बेल्जियम

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बेल्जियममा संविधान दिवस मनाईयो

बेल्जियममा संविधान दिवस मनाईयो

नेपालको संविधान दिवसको उपलक्ष्यमा बेल्जियमस्थित नेपाली राजदूतावासले बुधबार साँझ...

‘दशैँ साँझ’मा डोनाल्ड ट्रम्प बन्दै हाँस्य कलाकार गजुरेल

   आगामी  सेप्टेम्बर २२ तारिख शुक्रबार हुने ‘दशैँ साँझ’का...

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन बिहीबार वैदिक विधिपूर्वक...

जापानमा भव्यताका साथ संविधान दिवस मनाईयो

जापान स्थित नेपाली दूतावासको आयोजनामा टोकियोमा दोश्रो संविधान दिवस...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK