१० नेपालीद्वारा भारतीय सुरक्षाकर्मीले लुटेको भन्दै दूतावासमा उजूरी

ENGLISH

NRN GLOBAL

१० नेपालीद्वारा भारतीय सुरक्षाकर्मीले लुटेको भन्दै दूतावासमा उजूरी

19 June, 2016 | Sandeep Bhattarai | 870 Views | comments

lutpatभारतको कर्नाटकबाट नयाँदिल्ली आउने रेलमा भारतीय सुरक्षाकर्मीले दश जना नेपालीलाई लुटेको भन्दै नेपाली दूतावासमा उजूरी परेको छ ।लुटिने दश जना नेपालीले छानविन तथा दोषीलाई कारबाहीको माग गदै भारतस्थित नेपाली दूतावासमा निवेदन दिएका हुन् ।

यही बिहीबार बिहान चार बजे कर्नाटकबाट नयाँदिल्ली आउने बेला उत्तर प्रदेशको झाँसी रेलवे स्टेसनमा आफूहरु लुटिएको उनीहरुले दावी गरेका छन् । उनीहरुले दिएको निवेदनको आधारमा भारतीय दूतावासले यसबारे भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छ ।

पीडितहरुका अनुसार, रेलमा बसिरहेका नेपालीहरुलाई प्रहरीले परिचयपत्र देखाउन आग्रह गरेको र नेपाली नागरिकता देखाउँदा यस्तो परिचय पत्रले केही काम गर्दैन भन्दै दुव्र्यवहार गरी लुटेको पीडितहरुले बताएका छन् । एक जना सुरक्षाकर्मी पोशाकमै रहेको र अन्य सादा पोशाकमा रहेकोको पनि पीडितहरुले बताएका छन् । १० जना नेपालीबाट ४५ हजार रुपयाँ प्रहरीले लुटेको उनीहरुले निवदेनमा उल्लेख गरेका छन् ।

मुख्यत बझाङ, दैलेख, डडेल्धुरा लगायतका जिल्लाबाट कामको सिलसिलामा उनीहरु भारत गएका थिए ।पीडितले उजुरी गरेलगत्तै नेपाली दुतावासका काउन्सिलर यादव खनालले रेलवे स्टेसनका प्रमुखलाई फोन गरेर जानकारी लिएका थिए । सो स्टेसनका निरीक्षक रवी जोशीले लुटिएको बिषयमा अध्ययन गरी दोषी पाइएमा कारबाही गर्ने आश्वासन दिएका छन् ।

लुटिएका मध्ये बझाङ लामातोला गाउँ विकास समिति वडा नं ६ का डबलबहादुर सिंह स्थानीय जनकल्याण निम्न माध्यमिक विद्यालयका लागि सहयोग जुटाउन भारत पुगेका थिए ।स्कुलको आर्थिक अवस्था कमजोर भएको भन्दै विद्यालयले उनीलाई भारतमा रहेका नेपालीहरुबाट चन्दा उठाउन भारतमा पठाएको थियो । विद्यालयको लागि संकलन भएको २५ हजार रुपैयाँ भने यस अघि नै एक साथीमार्फत नेपाल पठाइसकिएकाले लुटिनबाट जोगिएको उनले बताएका छन् ।

लुटिएपछि घर फर्कने पैसा नभई राजदूतावासमा उनले सहयोगका लागि आग्रह गरेका थिए । तर दुतावासमा त्यसका लागि बजेट नभएको जानकारी दियो । दुतावासका एक कर्मचारीले व्यक्तिगत सहयोग भन्दै उनलाई बाटो खर्चको लागि २०० रुपैयाँ दिएका थिए । भारतमा कार्यरत नेपाली कृष्ण गैरेको पहलमा उनीहरुलाई महेन्द्रनगरसम्मको बसको व्यवस्था समेत गरिएको छ ।

पीडितहरुले १० जना लुटिए पनि भाडाको अभावमा आफूहरु दुई जनामात्र दुतावासमा निवदेन दिन गएको बताएका छन् ।त्यसैगरी भारतमा काम गर्दै छोरीलाई उपचारको लागि भारत लैजान हिंडेका धनीराम विष्टले आफू बिचल्लीमा परेको बताएका छन् ।

यो पनि हेर्नुस – भारतमा एक नेपाली बेपत्ता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK