१० के र फन रन सम्पन्न : १६ सय भन्दा बढीको सहभागिता

ENGLISH

NRN GLOBAL

१० के र फन रन सम्पन्न : १६ सय भन्दा बढीको सहभागिता

अल्डरसट

17 October, 2018 | Sandeep Bhattarai | 5025 Views | comments

१० किलोमिटर र फन रनग्रेटर रशमोर नेपाली कम्युनिटी, रशमोर ब्रो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा गत आइतबार १० के र फन रन भब्यताको साथ सम्पन्न भएको छ।

अल्डरशट स्थित कुइन्स एभिन्युमा सम्पन्न उक्त रनमा ब्रिटिश, नेपाली र अन्य समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो भने १० के अनि फन रन दुबैमा नेपाली प्रतियोगीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

ग्रेटर रशमोरको इतिहासमा प्रथम पल्ट यस कार्यक्रमको उद्घाटन टर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष जिब बेलबासेद्वारा गरिएको उक्त रनको संयोजन जीआरएनसी सल्लाहकार मेजर खिम गौचन र सह संयोजन सदस्य बिरबलालले गरेका थिए।

स्थानीय एमपी समेत सहभागी भएको रनको उद्घाटन गर्ने अवसर जीआरएनसी अध्यक्ष जीव बेलबासेलार्इ दिइनुले स्थानीय स्तरमा नेपालीको प्रतिष्ठा बढेको मात्र प्रमाणित नभई अरु समुदायसंगको आपसी सकारात्मक तालमेलमा जीआरएनसी अब्बल रहेको र यसबाट सबै नेपालीहरुको गौरब बढेको कुरा बरिष्ठ उपाध्यक्ष राम धनराईले बताए।

हरेक वर्ष अक्टुवर महिनामा ग्रेटर रशमोर नेपाली कम्युनिटी, रशमोर ब्रो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त आयोजनामा हुने १० के र फन रन कार्यक्रमले नेपाली रब्रिटिस समुदाय बीच सुमधुर सम्बन्ध विस्तार गर्नमा ठुलो सहयोग पुगेको कुरा एम पी लियो डोकतिले बताए।

फन रन तर्फको सम्पूर्ण जिम्मा उपाध्यक्ष नेम थापाले लिएका थिए भने कोषाध्यक्ष टोप पल्लिले उनलाई सहसंयोजन गरेका थिए। सबै कार्यसमिति एवं सल्लाहकारहरुको सक्रिय सहयोग एवं सहभागिता रहेको उक्त रनको कन्ट्रोल रुमको उपाध्यक्ष रन्जिता मल्ल, प्रवक्ता प्रमिला रार्इ, सल्लाहकार क्याप्टेन ग्यारी घले, क्याप्टेन बिर थापा समेतले जिम्मा लिएका थिएभने महासचिव मान गुरुंगले रेस पूर्व र पश्चात सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए।

मार्शलतर्फ सल्लाहकार क्याप्टेन बिष्णु थापालगायत मदत समूहले सबै जिम्मा लिएको उक्त रनपछि क्याप्टेन बिर थापाले सास्कृतिक प्रस्तुति दिएका थिए।

१० किलोमिटर र फन रन

यस कार्यक्रम को अन्तमा अध्यक्ष जीव बेलबासेले कार्यक्रमको सफलताको लागि प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्नुहुने निबर्तमान अध्यक्ष, सल्लाहाकारहरु, कार्यसमितिका समस्तसदस्यहरु, जी आर एन सीका आजीवन सदस्यहरु, समस्त नेपाली तथा स्थानिय समूदायमा हार्दिक धन्यवाद दिनुका साथै संयोजक सल्लाहाकार मेजर खिम गौचन र उनको टिमलाइ बिशेष धन्यवाद दिएका थिए।

प्रमिला लाबुंग राई
प्रवक्ता
जीआरएनसी

ग्रेटर रशमूर नेपाली कम्युनिटीको १० किलोमिटर र फन रनको पूर्व तयरी पूरा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK